बेलायत। गोरखाली समाज युकेको ग्रिस्मकालिन भेटघाट कार्यक्रम ०२ अगस्ट २०२६ आईतवारका दिन अल्डर्सट स्थित एम्पाएर हलमा भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा समाजका सचिब धन दर्लामिले हेल्थ & सेफ्टिका बारेमा जानकारी गराएका थिए । समाजका प्रमुख संरक्षक डा राधब धिताल ,अध्यक्ष टकमाया गुरुङ र ट्रस्टी प्रमुख बिष्णु तामाङ्ले संयुक्त दिप प्रज्वलन गरी नेपाली र अंग्रेजी राष्ट्रिय गीत बजाएर कार्यक्रमको सुरुवात भएको थियो |
अधक्ष टकमाया गुरुङले दोसल्ला ओढाएर प्रमुख संरक्षक डा राघब धिताललाई सम्मान गरेकी थिइन् । समाजका उपाध्यक्ष हिमाला गुरुङले सबैलाई धन्यबाद ज्ञापन गरेकी थिईन् । कार्यक्रममा समाजका प्रमुख संरक्षक राधब धितालले मन्तब्य दिएका थिए |
समाजका अध्यक्ष टकमाया गुरुङले बिभिन्न संघसंस्थाबाट कार्यक्रममा उपस्थित अतिथीगण र समाजका सबै सदस्यहरुलाई बिशेष धन्यबाद दिएकी थिईन् |
कार्यक्रममा समाजका प्रमुख संरक्षक राघब धितालसहित चान्सलर धन बहादुर सार्की, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु प्हे ल्हु संघ यूकेका अध्यक्ष रि. क्या. डेम बहादुर गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ, तनहुँ समाज यूकेका अध्यक्ष सन्त गुरुङ, I llam pokhari samaj Parshuram gurung, पाचोक समाज यूकेका अध्यक्ष हर्क बहादुर गुरुङ, उपाध्यक्ष सिंह गोले, जिआरएनसीकी अध्यक्ष लिला सेलिङ माबो, गोर्खा गुरुङ समाज यूेकका टेकमान गुरुङ, गोरखा मगर समाज यूकेका लाल बहादुर थापा, थालाजुङ समाज यूकेका अध्यक्ष मिन कुमार गुरुङ, बारपाक समाज यूकेका जीत घले, लिगलिग समाज यूकेका उपाध्यक्ष बोम बहादुर आलेलगायतको उपस्थिती रहेको थियो ।
सोही कार्यक्रममा पाकिस्तानको ब्रोड पिक चड्ने क्रममा हिउ पहिरोमा परी दिबङ्गत भएका गोरखाका पुर बहादुर गुरुङ र निर्मल पुर्जा (निम्स दाई) तथा अन्य दिबङ्गत सदस्यहरुप्रति एक मिनेट मौन धारणा गरिएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा बरिस्ठ बासुरी बादक धन बहादुर गुरुङ र चेली रफी श्रेष्ठले बासुरिको धुन बजाएका मनोरञ्जन दिलाएका थिए । मादलमा डिएमटी ब्यान्डका मादल बादक मिन गुरुङले साथ दिएका थिए । यस्तै रास्ट्रिय कलाकार मन्जु बिकले लोपुन्मुख लमजुङे ठाडो भाका गाएर सबैलाई मन्त्रमुग्ध बनाएकी थिईन् । रेजिना परीयार ,बबिता बानिया जेरी र कौडा किङ्ग दुर्गा गुरुङले आ आफ्ना चर्चित गितहरु गाएर सबैलाई नचाएका थिए । स्थानिय कलाकार चुना गुरुङले उत्कृष्ट नृत्य प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रममा समाजका सल्लाहकार राजकुमार गुरुङ्ले overall coordinator गरेका थिए । सदस्य मनिराज गुरुङले फोटो भिडियो खिचेका थिए । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले मिडिया कभरेज गरेका थिए ।
कार्यक्रमको अन्त्यमा राफल ड्र प्रमुख ट्रस्टी बिष्णु तमाङले खेलाएका थिए | समाजका सांस्कृतिक समयोजक तथा सल्लाहकार दिनेश गुरुङले डिजे बजाएका थिए ।



