लन्डन । नेपालको बिनासकारी बाडी पिडीत सहयोगार्थ स्वरूप ट्रेलवाल्क १०० किमी हिडेको तमु धीं युकेको ट्रेल वाल्क टिमले कोहि पनि घाईते नभई सफलतापूर्वक १०० किमी २२ घन्टा५४ मिनेटमा पुरा गरेका छन्। तमु धीं युकेको ट्रेल वाल्कका टिममा, यस ट्रेलवाल्कका लिडर सान्ता कुमार गुरुङ, क्याप्टेन लक्ष्य गुरुङ, तर्कजंग गुरुङ, शारदा गुरुङ र उपाध्क्ष कमल गुरुङ थिए भने सपोर्ट क्रुमा प्रकाश गुरुङ, उमा गुरुङ, रोशनी गुरुङ, रोशन गुरुङ थिए र अन्तिम चेक पोईन्ट ८ देखी ब्राईटन रेश कोर्स फिनिस लाईन सम्म सुर्य गुरुङले विशेष सहयोग दिएका थिए ।
ट्रेल वाल्कको सुरूवातमा शनिवार बिहान सुरूवाती स्थलमा पुग्नुभएका अध्धक्ष जुमकाजी गुरुङ, चेक पोईन्ट २ सम्म र चेक पोईन्ट ८ देखि फिनिस लाईनसम्म सपोर्ट क्रुको भुमिका निभाएका थिए ।हरेक धावकलाई हौसला दिदैं सपोर्ट क्रु सकृय रूपमा खाना पानीको व्यवस्था गरेका थिए ।सपोर्ट क्रुसँग चेक पोईन्ट ५मा जोडिएका महासचिव डा. बिशाल गुरुङ, आफ्नो पिपल ग्रुपसँग रिले सकाएर र तमु धीं युकेको टिमलाई हौशला दिन र सपोर्ट गर्न चेक पोईन्ट ९ देखी फिनिस लाईनसम्म टिमसँगै थिए ।
नेपाली मेलामा बचत भएको रकममा सहयोगी बिभन्न संघ संस्था आफ्नो ईकाईहरू र सदस्यहरूको दान सहित नेपाल सरकारलाई रू १ करोड १ हजार दिने निर्णय भए लगतै ट्रेल वाल्कमा पनि बाडी पिडीत सहयोगार्थ उठाउन just giving मार्फत £५,००० भन्दा बढी उठिसकेको र अझै पनि सो क्याम्पेन सेप्टेम्वर १५, २०२६ सम्म रहने जानकारी उपाध्क्ष कमल गुरुङले दिए।
आईतबार बिहान करिब ५ः२०मा ट्रेल वाल्क सकाएको सम्पुर्ण टिम र सपोर्ट क्रुलाई अध्धक्ष जुमकाजी गुरुङले धन्यवाद सहित खादा लगाई सम्मान र बधाई दिदैं सम्पुर्ण आयोजक टिमलाई तमुधीं युकेको तर्फबाट धन्यवाद दिए ।


फोटोः प्रकाश गुरूङ र डा. बिशाल गुरूङ