फार्नबोरो । बेलायतवासी नेपालीको बाक्लो बसोबास रहेको फार्नबोरोमा सन् २०१३ देखि ग्राहकको मन जितिरहेको छ, सनलिट हेयर एन्ड ब्युटी सैलुनले ।
उद्यमी दिदीबहिनी लक्ष्मी तुम्बाहाम्फे र अर्चना तुम्बाहाम्फेको लगानीमा सञ्चालनमा रहेको पसलमा आकर्षक सुविधाहरू रहेका छन् । सैलुनमा सञ्चालकद्वय लक्ष्मी र अर्चनासहित शोभा थापा, विनीता महर्जन र विन्दु आलेमगरले सेवा दिन्छन् ।
उनीहरूले करिब एक दशकको अवधिमा आफ्नो व्यवसायलाई स्थापित गरेका छन् । नेपाली तथा स्थानीय बेलायती ग्राहकहरूको रोजाइमा सनलिट रहेको बताउँछिन् सञ्चालक अर्चना । २००६ देखि नै ब्युटिसीयन पेसामा रहेकी अर्चनाले यस क्षेत्रमा लामो अनुभव बटुलिसकेकी छन् ।
सैलुनमा महिला सेवाग्राही मात्र नभएर पुरुषहरू पनि उत्तिकै आउने गरेका छन् । सैलुन हप्ताको एक दिन बुधबार बन्द हुन्छ । स्थानीय बेलायती नागरिक, नेपाली, इन्डियन, फिलिपिन्सदेखि विभिन्न देशका ग्राहक आउने गरेका छन् । पछिल्लो समय नेल आर्ट र नेलसम्बन्धी विभिन्न सेवामा ग्राहकको रुचि देखिएकोले यो सेवा पनि सुरु गरिएको अर्चनाले बताइन् ।
तालिम प्राप्त र लामो समयको अनुभव संगालेका ब्युटिसीयनहरुका कारण सैलुनले हजारौँ ग्राहकलाई सन्तुष्ट बनाउन सकेको छ । नेल आर्ट, हेयर टिर्ट्मेन्ट, हेयर मसाज, बाइडल मेकअप, पार्टी मेकअपदेखि लिएर लेडिज र जेन्स दुवैको हेयर कट, फेसियल, हाइलाइट, हेयर कलर तथा आइलाइसिसको सुविधा रहेको छ ।
सैलुनका अर्का सञ्चालक एवं ब्युटिसीयन लक्ष्मी तुम्बाहाम्फेका अनुसार पसल बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुला रहन्छ । ग्राहकलाई सहज होस् भनेर घरबाटै बुकिङ गर्ने सुविधा ल्याएको उनले बताइन् ।