लन्डन । फस्ट इन्टेक १९७२ को ५४औँ वार्षिक भेटघाट तथा नम्बरी गेट टुगेदर पार्टी सम्पन्न भएको छ । कार्यक्रम २ अगस्ट २०२६ का दिन फेल्थम एसेम्बली हलमा भएको हो ।
कार्यक्रम संयोजक तथा कार्यवाहक महासचिव विजय गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै कार्यक्रम सञ्चालन गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष ले. बजिन्द्र मल्लले गरेका थिए ।
अध्यक्ष ले. नारायणप्रसाद गुरुङ BEM र प्रमुख सल्लाहकार मे. कुलबहादुर थापाले दीप प्रज्वलन गरेका थिए । त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय गान गुन्जिएको थियो । लगत्तै स्वर्गीय भान्जा करुण राई ( २११६०२८७ श्री नवीन राईको छोरा ) र स्वर्गीय नम्बरीहरूको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो ।
स्वर्गीय भान्जा करुण राई तथा स्वर्गीय नम्बरी हरूको असामयिक निधनको सम्झनामा सबैजना भावुक बनेका थिए । अपराह्नपछि Entertainment मेम्बर टोम थापाले लेडिज गेम खेलाई मनोरञ्जन दिलाएका थिए । Tambola खेल र राफल ड्र खेलाएपछि नम्बरी झपट सुनुवार र भूपाल राईले गीत गाएर मनोरञ्जन दिलाएका थिए । कवियत्री माया गुरुङले जिन्दगीको यात्रा, पपी फूलहरूको सन्देश शीर्षकका कविता र केही मुक्तक वाचन गरेकी थिइन् ।
सानो नानी साथै बेम नम्बरी र राम कुमारीले सामूहिक नाच प्रस्तुत गरेका थिए । नम्बरी भक्त थापाले बजाएको बाँसुरीमा धुनले सबै मन्त्रमुग्ध भएका थिए । प्रमुख सल्लाहकार मे. कुलबहादुर थापाले नम्बरीलाई मनोबल उच्च बनाउने हौसलासहित धन्यवाद दिए । साथै नयाँ सदस्यलाई खादा ओढाएर सम्मान गरे ।
अध्यक्ष ले. नारायणप्रसाद गुरुङ BEM ले उपस्थित सबै नम्बरी परिवारलाई धन्यवाद दिँदै भर्ती भएको दिनदेखि हालसम्मको उन्नतिलाई कदर गरी सबैमा सुख शान्ति सुस्वास्थ्यको कामना गरे ।
स्वादिष्ट भोजनपछि नेपालबाट आएका गायक, नायक तथा नेपाल गुरुङ कलाकार संघका संस्थापक अध्यक्ष राजु गुरुङले रमाइला गीत गाएर सबैलाई नचाएका थिए ।
अन्त्यमा खानपिन, हल बुकिङलगायत अन्य कार्यमा निरन्तर लागि पर्ने पूर्वअध्यक्ष खरबहादुर गुरुङले vote of thanks कार्य समिति, टोम थापा, डिजे सञ्चालक सुशील, विजय गुरुङ, कोषाध्यक्ष यामनाथ राई, अभियान गुरुङ, गायक, अमृत गुरुङ, विन्दु गुरुङ, Gurkha Darbar restaurant सहभागी सबैलाई धन्यवाद दिए ।
नम्बरीहरूबीच आपसमा दुःखसुख साटासाटका साथै नाचगान बेलुका ८ बजेसम्म नै चलेको थियो । उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी वर्ष अझ धेरै नम्बरीहरूको सहभागिताको अपेक्षा राख्दै सबैले बिदा लिएका थिए ।