लण्डन । स्याङ्जा समाज यूकेको समर भेटघाट (गत २० जुन) कार्यक्रमको समीक्षा बैठक, समाजकी अध्यक्ष दुर्गा (रूपा) गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। उपाध्यक्ष भीम गुरुङको स्वागत मंतव्य राख्नु भएको थियो। बैठकको सञ्चालन महासचिव यमबहादुर गुरुङले गरेका थिए ।
बैठकले समर भेटघाट कार्यक्रमको समग्र समीक्षा गर्दै कार्यक्रम भव्य सफल भएकोमा बधाई दिदै केही त्रुटीमा अझ परिमार्जन गर्दै लानु पर्नेमा संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्व ट्रस्टी र सल्हाकारहरूले आ आफ़नो सकारात्मक धारणा, सल्लाह सुझाव दिएका छन। सस्थाका कोषाध्यक्ष लाल बहादुर (एल बी) गुरुंगले आर्थिक आय ब्यय पारदर्शी रूपमा प्रस्तुत गरेका थिए थियो भने आमा समूहकी सक्रिय संयोजक पार्वती गुरूंगले सस्थामा धेरै सदस्यहरू बनेकोमा ख़ुशी व्यक्त गर्दै, अझ आगामी दिनमा सदस्य बनि दिनुहुन विनम्र अनुरोध गरेका छन् ।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सदस्य, स्वयंसेवक, सहयोगी तथा शुभेच्छुकहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ।
त्यसैगरी, आगामी तिहारको अवसरमा भर्चुअल देउसी–भैलो कार्यक्रम आयोजना गर्ने तथा अगस्ट ३० गते हुने नेपाली मेलामा स्याङ्जा समाज यूकेको सक्रिय सहभागिता जनाउने निर्णय सर्वसम्मत रूपमा गरिएको बैठकले जनाएको छ।
बैठकमा उपाध्यक्ष भीम गुरुङ, भक्त दर्जी संस्थापक अधक्ष शारदा गुरुङ, निवर्तमान अध्यक्ष भरत गुरुङ, पूर्व ट्रस्टी दिपक गुरुङ (डेभिड), आमा समूहकी निवर्तमान संयोजक हुम कुमारी गुरुङ, थर्क सेन, राज गुरुङ, बिजय बहादुर गुरुङ, होम राना, गिर गुरुङ, गङ्गा बहादुर गुरुङ, जुमप्रसाद गुरुङ, सह–कोषाध्यक्ष अमृत गुरुङ, सञ्जीव गुरुङ, कमला गुरुङ, सिर्जना गुरुङ, गोमा राना, धनकाजी गुरुङ र राजबहादुर गुरुङ लगायत पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकको अबसरमा नेपालबाट आउनु भएको राष्ट्रिय बहु चर्चित कलाकार राजु (धर्म राज) गुरुङलाई स्वागत गरिएको थियो। सस्थाका कोषाध्यक्ष एल बी गुरुंग जी.के.आर. कराते वर्ल्ड चैम्पियन २०२६ को विजेतालाई अध्यक्षले खादाले बधाई ज्ञापन गरेका थिए।
सस्थाकी अध्यक्षले बैठकमा आगामी कार्यक्रमहरूलाई अझ व्यवस्थित, प्रभावकारी र सहभागितामूलक बनाउँदै संस्थालाई थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरि, समर भेटघाट कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सदस्य, स्वयंसेवक, सहयोगी तथा शुभेच्छुकहरूप्रति र बैठकमा उपस्थित सबैलाई हार्दिक आभार व्यक्त गरिन् । अन्त्यमा कलाकार राजु गुरुङको नया गीतमा सबैलाई नचाएर मनोरञ्जन दिएका थिए ।


