जयराम तामाङ
यूके । नेपाली समाज वेल्शायरको आयोजना बेलायतको स्वीन्डनमा नेपाली सांस्कृतिक कार्यक्रम २०२६ भव्यताका साथ सम्पन्न भएको छ ।
२ अगस्ट, २०२६ आइतबार बुखर्हस्ट कम्युनिटी सेन्टरको चौरमा नेपाली समाज वेल्टशायरका अध्यक्ष रञ्जन मल्लको अध्यक्षता र स्वीन्डन बरो काउन्सिलका मेयर निल हप्किन्सको प्रमुख आतिथ्यतामा नेपाली सांस्कृतिक कार्यक्रम भएको हो । कार्यक्रम संयोजन नेपाली समाज वेल्टशायरका पूर्वअध्यक्ष ज्ञानप्रसाद गुरुङले गरेका थिए ।
यमुना आले मगरले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा राई , लिम्बू,गुरुङ, तामाङ, शेर्पा, ठकुरी,नेवार,मगर,बाहुन र क्षेत्रीले आ-आफ्नो परम्परा भेषभूषालाई प्रदर्शन गरेका थिए । कार्यक्रमलाई थप रौनक अनि मनोरन्जन गराउन स्थानीय कलाकारहरुले आ-आफ्नो प्रस्तुति दिएका थिए।
विभिन्न संघ संस्था र व्यवसायीहरुले कार्यक्रमलाई प्रायोजन गरेका थिए । थरि थरिका खानेकुराहरु, लत्ताकपडाहरु, गरगहनाहरुको दोकानहरुमा नेपालीहरुको भीड लागेको थियो । कार्यक्रममा एन हेच एस ले निशुल्क रुपमा ब्लड प्रेसर हरु पनि जाँच गरेका थिए।
कार्यक्रमको अन्तमा सबै प्रायोजक तथा समाजसेवीहरु सबैलाई अध्यक्ष रन्जन मल्लले सम्मान स्वरुप प्रशंसापत्र दिएका थिए ।
