बेलायत । किराँत याक्थुङ चुम्लुङ बेल्जियमद्वारा २७ जुलाई २०२६ सोमवार आयोजित युरोपस्तरीय प्राज्ञिक बहस तथा दोस्रो सम्मेलन बेल्जियमको लोभेन (Leuven) शहरमा सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त सम्मेलनमा बेल्जियम, माल्टा, जर्मनी, पोर्चुगल लगायत युरोपका विभिन्न देशहरूबाट अध्यक्षहरू सहित प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मेलनमा बेल्जियमका लागि नेपालका महामहिम राजदूत सेवा लम्साल तथा नेपाल आदिवासी जनजाति महासङ्घ (NEFIN) बेल्जियम को अध्यक्ष प्रविणा गुरुङ जातीय तथा सामाजिक संस्थाका प्रतिनिधिहरू, एनआरएनए बेल्जियमका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो ।
कार्यक्रममा किराँत याक्थुङ समुदायको भाषा, धर्म, संस्कृति, पहिचान, संगठनको सुदृढीकरण, युरोपभरिका संस्थाहरूबीच दीर्घकालीन सहकार्य तथा साझा योजनाका विषयमा गहन छलफल गरिएको थियो। साथै, संगठनको भावी कार्यदिशा, आपसी एकता र समुदायको हितमा साझा अवधारणासहित अघि बढ्ने विषयमा महत्वपूर्ण निर्णयहरू समेत गरिएको थियो ।
सम्मेलनमा प्रेमचन्द्र निङलेखुले तङसिङ मुन्धुममा चोत्लुङको यात्रा बिषयमा कार्यपत्र प्रस्तुत गर्दै मुन्धुम याक्थुङहरुको प्राण भएको हुनाले यस्ले जीवन र जगतका बारृेमा कला र उर्जा प्रदान गर्ने बताए ।
अर्का मुख्य वक्ता विश्वासदीप तिगेलाले नेपालको राजनीतिमा लिम्बुहरुको सहभागिता बिषयमा कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो ३१ बर्षमा नेपालमा लिम्बुहरुको जनसंख्या घट्दो रहेको चिन्ता व्यक्त गर्दै यसले राजनीतिक क्षेत्रमा पनि असर पारेको बताए । उनले पछिल्लो राजनीतिक तथ्याङ्क प्रस्तुत गर्दै राजनीतिमा लिम्बुहरुको सहभागीता घट्नुमा सरकारले लिम्बुहरुको सघन बसोबास क्षेत्रहरुमा निर्वाचन क्षेत्र घटाउनु मुख्य कारण रहेको जिकिर गरे ! य
सै अवसरमा किराँत याक्थुङ चुम्लुङ बेल्जियमको आयोजनामा याक्थुङहरूको महान् सांस्कृतिक पर्व येले तङ्बे ५०८६ को सिसेक्पा तङ्नाम अर्थात् साउने सङ्क्रान्ति पनि बेल्जियमको एन्टवर्प शहरमा भव्य र सभ्य रूपमा मनाइएको थियो। कार्यक्रममा परम्परागत नृत्य, केलाङ साम्लो गीत–संगीत, सांस्कृतिक प्रस्तुति तथा विविध गतिविधिमार्फत याक्थुङ समुदायको मौलिक भाषा, कला, संस्कृति र पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो।
यस ऐतिहासिक सम्मेलन तथा सांस्कृतिक पर्वले युरोपमा रहेका किराँत याक्थुङ समुदायबीच आपसी एकता, सहकार्य र भाइचारालाई अझ सुदृढ बनाउँदै भाषा, संस्कृति र पहिचान संरक्षणका लागि साझा प्रतिबद्धतालाई थप मजबुत बनाएको विश्वास लिइएको छ।
यस कार्यक्रमको संयोजन तथा नेतृत्व किराँत याक्थुङ चुम्लुङ बेल्जियमका अध्यक्ष बदेन येङ्याङज्यूले गरेका थिए । उनले कार्यक्रमलाई सफल, भव्य र सभ्य रूपमा सम्पन्न बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र योगदान पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
यस कार्यक्रमको संयोजन तथा नेतृत्व किराँत याक्थुङ चुम्लुङ बेल्जियमका अध्यक्ष बदेन येङ्याङज्यूले गरेका थिए । उनले कार्यक्रमलाई सफल, भव्य र सभ्य रूपमा सम्पन्न बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र योगदान पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।

