बेलायत । याङ्जाकोट परिवार यूकेद्वारा आयोजित १८औँ वार्षिक भेटघाट कार्यक्रम Cranford Community College Hall, Hounslow मा भव्य एवं उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।
परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव दलबहादुर गुरुङले Health and Safety Briefing सहित गरेका थिए भने वरिष्ठ उपाध्यक्ष लेखबहादुर गुरुङ ज्यूले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि काउन्सिलर तथा पूर्व मेयर जीत रानाभाट तथा याङ्जाकोट परिवार यूकेका अध्यक्ष वर्तमान गुरुङद्वारा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो।
यस अवसरमा हालै सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा निर्वाचित, गण्डकी प्रदेश, कास्की जिल्ला, मादी गाउँपालिकाका स्थायी बासिन्दा चार जना काउन्सिलरमध्ये प्रमुख अतिथि जीत रानाभाट तथा उनकी धर्मपत्नी गौमाया गुरुङ साथै उत्तरबहादुर गुरुङ काउन्सिलर र उनकी धर्मपत्नी बत्ती गुरुङको विशेष उपस्थिति रहेको थियो । अर्का काउन्सिलर लक्ष्यबहादुर गुरुङ भने विशेष कारणवश कार्यक्रममा उपस्थित भएका थिएनन्।
त्यसैगरी, विशेष अतिथीहरुमा तमु धी युकेका अध्यक्ष जुमकाजी गुरुङ , तमु धी युके आमा समुहका अध्यक्ष कमला देवी गुरुङ गोरखा मिडियाका प्रबन्ध निर्देशक मिलन गुरुङ तमु प्ये ल्हु संघ युकेका महासचिव भेगलाल गुरुङ ताङ्तिङ समाज युके अध्यक्ष तर्क जङ गुरुङ, नादा तमु समाजका अध्यक्ष मेजर राज पति गुरुङ सिक्लेस पार्चे समाजका उपाध्यक्ष शेरबहादुर गुरुङ र उनकी धर्मपत्नी उमा गुरुङको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालबाट आएकी याङ्जाकोट गाउँकै चेली गायिका प्रिया गुरुङले आफ्ना सुमधुर गीत तथा आकर्षक नृत्य प्रस्तुत गरी उपस्थित दर्शकहरूको मन जितेकी थिइन् । साथै, बालबालिकाहरूले पनि विविध सांस्कृतिक नृत्य प्रस्तुत साथै Raffle Draw गरी कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए।
यसै अवसरमा उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूलाई बधाईसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। साथै, नवविवाहित दम्पती, नयाँ सदस्यता ग्रहण गरेकाक सदस्यहरू तथा बेलायत भ्रमणमा आएका याङ्जाकोटे दाजुभाइ, दिदीबहिनीहरूलाई खादा तथा पछ्यौरी ओढाई सम्मानपूर्वक स्वागत गरिएको थियो।
गायिका प्रिया गुरुङ गत वर्ष तमु धीं युकेको निमन्त्रणामा बेलायत आएकी थिइन् भने यसपटक गोरखा मिडियाका प्रबन्ध निर्देशक मिलन गुरुङको विशेष पहलमा दोस्रोपटक बेलायत आएकी हुन् । यस विशेष पहलका लागि तमु धीं युके, मिलन गुरुङ तथा यसमा सहयोग पुर्याउने सम्पूर्ण प्रति याङ्जाकोट परिवार यूकेले धन्यवाद तथा आभार व्यक्त गरेको थियो ।
कार्यक्रममा सहभागीहरूका लागि स्वादिष्ट भोजनको व्यवस्था गोरखा kitchen रेस्टुरेन्टका सञ्चालक भिम गुरुङले गरेका थिए । अन्त्यमा, अध्यक्ष वर्तमान गुरुङले सबै प्रायोजक, अतिथि र स्वयंसेवकहरूलाई धन्यवाद दिँदै आगामी वर्ष फेरि भेट्ने बाचाका साथ कार्यक्रम समापन गरेका थिए ।




