लन्डन । नेपालको लमजुङ जिल्लास्थित क्व्होलासोथार गाउँपालिका-७ निवासी क्यान्सरपीडित आइतकुमारी गुरुङको उपचारका लागि यूकेबाट ६ लाख २३ हजार ४०५ रुपैयाँ सहयोग भएको छ ।
उक्त वडाका अध्यक्ष लक्ष्मण गुरुङको अनुरोधमा तमु धीं यूके र लमजुङ समाज यूकेले सो रकम संकलन गरेर प्रदान गरेका हुन् । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र लमजुङ समाज युकेका अध्यक्ष पूर्णराज गुरुङको सल्लाह र सहमतिअनुसार तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङको संयोजकत्वमा अभियान नै चलाइएको थियो ।
संकलन भएको रकम पोखरामा एक कार्यक्रमबिच बिरामी आइत कुमारीलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, वडा नं ७ का अध्यक्ष लक्ष्मण गुरुङ, पसगाउ पोखरा समाजका अध्यक्ष नासु खर्कबहादुर गुरुङ, कुम्लुङ रोम्ले देबी समाज पोखराका अध्यक्ष मिना गुरुङ, म्होन्हे म्हिल्दु भोजे समाजका अध्यक्ष सुबेदार हर्कबहादुर गुरुङ उपस्थित थिए ।
यसैगरी, मातृभूमि तमु समाज तल्लो चरागाउँका अध्यक्ष हरिकाशी गुरुङ, सात कञा देवी तमु समाज उपल्लो चरागाउ पोखराका अध्यक्ष रतनमान गुरुङ, सोही समाजका वरिष्ठ सल्लाहकार अ सुबेदार मेजर नौ बहादुर गुरुङ सल्लाहकार गमप्रसाद गुरुङ, सल्लाहकार दूधकुमारी गुरुङ, कोषाध्यक्ष मणिप्रसाद गुरुङ, सहसचिव सुबेदार कमल बहादुर गुरुङसमेत उपस्थित थिए ।