लन्डन । चारभन्ज्याङ तमु समाज यूके (CBTSUK) को ग्रीष्मकालीन भेटघाट कार्यक्रम २०२६ सम्पन्न भएको छ ।
अल्डरसटस्थित रनवे आउटडोर सेन्टरमा २५ जुलाईका दिन भव्य रूपमा कार्यक्रम भएको हो । समाजका अध्यक्ष दुर्गाबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि ज्येष्ठ नागरिक वीरबहादुर गुरुङ रहेका थिए ।
तमु कलाकार संघका संस्थापक अध्यक्ष तथा तमु ह्युले छोज धी (गुरुङ राष्ट्रिय परिषद्, उपत्यका प्रमुख) एवं कलाकार राजु गुरुङ, समाजकी चेली तिर्सुब्बा गुरुङ र उनका श्रीमान् जसबहादुर गुरुङ, तमु धीं लन्डनकी आमाप्रमुख कमला गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई अध्यक्ष र आमा अध्यक्षले सम्मान गरेका थिए । वरिष्ठ नागरिकमध्ये इन्द्रप्रसाद गुरुङ र जगतकुमारी गुरुङलाई पनि अध्यक्ष र प्रमुख अतिथिले खादा र walking stick सहित सम्मान गरेका थिए ।
यससँगै, नवदम्पती तथा विभिन्न उपलब्धि हासिल गरेका महानुभावलाई पनि सम्मान गरियो । सम्मानित नवदम्पतीमा मदनप्रसाद गुरुङ (CBTSUK का पूर्वअध्यक्ष) र श्रीमती विमला गुरुङ, इञ्जिनियर विनोद गुरुङ र गुनु सारा गुरुङ (सीबीटीएसयूकेका पूर्वअध्यक्ष बेनकुमार गुरुङका छोराबुहारी), सुष्मिता गुरुङ र सार्जेंट मिलन लिम्बु ( प्रकाश गुरुङ र जयन्ती गुरुङकी छोरी), सोफिया गुरुङ र जेसन सीतल (आईसीसीका निवर्तमान अध्यक्ष ह.ले. (रि.) चन्द्र गुरुङ र पूर्व आमाअध्यक्ष बिमला गुरुङका छोरी–ज्वाइँ) रहेका छन् ।
सो अवसरमा कार्यक्षेत्रमा पदोन्नति भएका व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । जसमा मेजर विकास गुरुङ र सुनिता गुरुङ ( गुमान गुरुङ र राधा गुरुङका ज्वाइँ र छोरी) रहेका छन् । समाजका नयाँ सदस्य युवराज गुरुङ, पुष्प गुरुङ, सिंथिया गुरुङ, सुष्मिता गुरुङ र रोबिन कम्चा मगर, रिता गुरुङ र काशी गुरुङ पनि सम्मानित भए ।
नेपालबाट बेलायत भ्रमणको सिलसिलामा आएका सिंगापुर एस.पी. रमेश गुरुङ र श्रीमती करुणा गुरुङ, कुसंग गुरुङ र श्रीमती शान्ति गुरुङ तथा छोरी सुस्मि गुरुङलाई पनि सम्मान गरिएको थियो ।
यसका साथै, तमु धीं यूकेले आयोजना गरेको गोर्खा कपमा समाजका स्वयमंसेवहरूले इन्ट्री गेट र सारी सेलमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई पनि खादा ओछ्याएर सम्मान गरिएको थियो ।
इन्ट्री टिकट टिम: श्री सुनिल गुरुङ, श्री कमल गुरुङ, श्री चन्द्र गुरुङ (अल्डशट), श्री बुद्ध गुरुङ, श्री रमेश गुरुङ, श्री इन्द्र गुरुङ, श्री अभियान गुरुङ र उहाँका साथी, श्री कृष्ण गुरुङ, श्री बेनकुमार गुरुङ, मेजर कृष्ण गुरुङ, श्री श्याम गुरुङ, श्रीमती उमा गुरुङ, श्री लालकाजी गुरुङ, श्रीमती विमला गुरुङ र अनिल गुरुङ ।
सारी सेल टिम: श्रीमती सुजु गुरुङ, श्रीमती माया गुरुङ (सोपाल चेली), श्रीमती अमृता गुरुङ, श्रीमती प्रतिमा गुरुङ, श्रीमती उषा गुरुङ, श्रीमती राधा गुरुङ, श्रीमती विमला गुरुङ (गिल्डफोर्ड), मिस प्रनिषा गुरुङ, श्रीमती जयन्ती गुरुङ, श्रीमती तारा गुरुङ, श्रीमती मिना गुरुङ, श्रीमती उमा गुरुङ, श्रीमती जयन्ती गुरुङ, श्रीमती विमला गुरुङ र श्रीमती बिनु घले।
सोफिया गुरुङ र उनका श्रीमान् जेसन सीतल टेलमेडिसिन क्लिनिकको ट्रष्टी सदस्य भएकोमा बधाई ज्ञापन गरिएको थियो । सोही अवसरमा समाजको कोषमा उनीहरूले नगद ३०० पाउन्ड सहयोगसमेत गरेका थिए । यस्तै, मेजर विकास गुरुङ र उनकी श्रीमती सुनिता गुरुङले पनि संस्थाको कोषका लागि ५०५ पाउन्ड सहयोग गरेका थिए ।
कार्यक्रममा टिकट तथा सदस्यता शुल्कसम्बन्धी जिम्मेवारी र व्यवस्थापन कोषाध्यक्ष विमला गुरुङ र सह-कोषाध्यक्ष लालकाजी गुरुङले निर्वाह गरेका थिए ।
उपाध्यक्ष अमर गुरुङले स्वागत मन्तव्य र समाजका संस्थापक अध्यक्ष लेफ्टिनेन्ट नारायणप्रसाद गुरुङ बीईएमले धन्यवाद मन्तव्य राखेका थिए ।
साना बालबालिकाका लागि Bouncy Castle को व्यवस्था गरिएको थियो । ठूला बच्चाहरूले फुटबल र Rounders खेलेर मनोरञ्जन लिएका थिए । उपाध्यक्ष अमर गुरुङ र खेलकुद सचिव हितमान घलेले Bingo आयोजना गरेका थिए ।
कौडा किङ उपमा पाएका गायक दुर्गा गुरुङ, गायिका कुमारी चेपाङ र भूमिका शाहले सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । सांस्कृतिक कार्यक्रम र खाना व्यवस्थापनको जिम्मा प्रकाश गुरुङले लिएका थिए । केही सदस्यहरूले pod मा overnight stay गरेर भरपुर मनोरञ्जन लिएका थिए ।
मञ्च व्यवस्थापनमा लिडिया गुरुङ र कोमल गुरुङ तथा ककटेलमा सुजु गुरुङ र पवन गुरुङले सहयोग गरेका थिए । अन्त्यमा समाजका अध्यक्ष दुर्गाबहादुर गुरुङले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।