बेलायत । लोकप्रिय गायिका प्रिया गुरुङ आफ्नो सांगीतिक यात्राका सिलसिलामा दोस्रो पटक बेलायत (यूके) पुगेकी छिन् । गोर्खा मिडियाको सहयोगमा दोस्रो पटक यूके पुगेकी गायिका गुरुङलाङलाई शुक्रबार बिहान लण्डनस्थित हेथ्रो विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
गायिका गुरुङलाई स्वागत गर्न विमानस्थलमा तमु धिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, याङ्जाकोट समाज यूकेका अध्यक्ष बर्तमान गुरुङ र गोर्खा मिडियाका निर्देशक मिलन तमु पुगेका थिए। त्यसैगरी, याङ्जाकोट समाजका कोषाध्यक्ष अनिल गुरुङ, चलचित्र पेन्सन पट्टाका निर्माता तथा तमु धिं यूकेका सदस्य भोज बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो । उनीहरूले गायिका गुरुङलाई खादा र फूलको गुच्छा अर्पण गर्दै न्यानो स्वागत गरेका थिए।
सो अवसरमा उनीहरूले गायिका प्रिया गुरुङको बेलायतको सांगीतिक यात्रा भव्य रूपमा सफल होस् भन्दै शुभकामना व्यक्त गरे। दोस्रो पटक बेलायत आउन पाएकोमा खुसी व्यक्त गर्दै गायिका गुरुङले आफूलाई स्वागत गर्न आउने सम्पूर्ण व्यक्तित्वहरू र यो अवसर जुराउने गोर्खा मिडियाप्रति धन्यवाद् दिएकी थिइन् । साथै यो अवसरका लागि याङ्जाकोट समाज यूकेका अध्यक्ष बर्तमान गुरुङ र याङ्जाकोट समाज यूके परिवारलाई पनि धन्यवाद् दिएकी थिइन् ।
उनले बेलायत आउन सहयोग गर्ने गोर्खा मिडियाका निर्देशक मिलन तमु, सहसम्पादक प्रकाश गुरुङ, सल्लाकार एकेन्द्र गुरुङ, तमु धिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु धिं यूकेका उपाध्यक्ष कमल गुरुङ, संस्थापक अध्यक्ष मीन प्रसाद गुरुङ, दिलराज गुरुङ र सूर्य गुरुङ लगायत सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिएकी थिइन् ।
गायिका गुरुङले सबैलाई धन्यवाद् दिदैं आगामी दिनमा बेलायतका विभिन्न सांगीतिक कार्यक्रमहरू भेट्ने बताइन् ।

