लन्डन । तमु समाज युकेले लन्डनको वेम्बली बरहाम पार्क स्थित नेपलिज कम्युनिटि सेन्टरमागत शनिबार ४ फेब्रुअरि २०२३ को दिन पाकिस्तानी बाढी पीडितहरुका लागि राहत सहयोग रकम हस्तान्तरण गरेको छ।
तमु समाज युकेले पाकिस्तानी बाढी पीडितहरुको सहयोगार्थ गत बर्ष २०२२ को अक्टोबर महिनामा आफ्ना सदस्यहरु तथ शुभचिन्तकहरुबाट संकलन गरेको उक्त राहत सहयोग रकम पाकिस्तानी बाढी पीडितहरुको लागि लन्डन ब्रेन्टमा राहत संकलन कार्यको संयोजन गरिरहेका लन्डन बरो अफ ब्रेन्ट काउन्सिलका CouncillorIshmaMoeen मार्फत Indus Hospital Charity UK लाई हस्तान्तरण गरेको हो ।
उक्त सहयोग रकम Indus Hospital Charity UK द्वारा पाकिस्तानी बाढी पीडितहरुका लागि आवश्यक औषधी तथा औषधी उपचारका सामग्री खरिद गर्न प्रयोग गरिने बताएका छन्। सहयोग रकम हस्तान्तरण गर्नुका लागि लन्डन बरो अफ ब्रेन्ट काउन्सिलका CouncillorSaqib Butt ले विशेष समन्वयकारी भूमिका निर्बाह गरेका थिए । राहत हस्तान्तरण कार्यक्रममा ब्रेन्ट काउन्सिलका पाँचजना काउन्सिलरहरु Cllr Saqib Butt, Cllr IshmaMoeen, Cllr TeoBenea, Cllr IhteshamAfzal र Cllr AjmalAkram, उपस्थित थिए भने तमु समाज युके बाट समाजका अध्यक्ष शिबकुमार गुरुङ, उपाध्यक्ष हर्कबहादुर गुरुङ, महासचिब धरम बल गुरुङ, सल्लाहकारहरु सुबसिङ गुरुङ बिईएम, यामबहादुर गुरुङ, कन्याप्रसाद गुरुङ, केदारबहादुर गुरुङ, कार्यसमितिका सदस्यहरु हारिमान गुरुङ र गंगा बहादुर गुरुङ उपस्थित रहेका थिए।
सहयोग हस्तान्तरण कार्यक्रमका संचालक तथा समाजका महासचिब धरम बल गुरुङले तमु समाज युकेले बिगतमा गरेका परोपकारी कार्यहरु बारे संक्षेपमा सबैलाई जानकरि दिएका थिए भने समाजका अध्यक्ष शिबकुमार गुरुङले उपस्थित सबै काउन्सिलरहरु र समाजका पदाधिकारिहरुलाई कार्यक्रममा हार्दिक स्वागत गर्दै गरिमामय उपस्थितिका लागि धन्यवाद सहित आभार ब्यक्त गरेका थिए । त्यस पश्चात् तमु समाज युकेका अध्यक्ष शिबकुमार गुरुङले राहत रकम पाकिस्तानी बाढी पीडितहरुको सहयोगका लागि Indus Hospital Charity UK को नाममा २१२५९ (दुई हजार एकसय पच्चिस) पाउन्डको चेक संयुक्त रुपमा Cllr IshmaMoeen र Cllr Saqib Butt लाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा Cllr Saqib Butt ले तमु समाज युकेद्वारा गरेका परोपकारी कार्यहरुको प्रशंसा गर्दै पाकिस्तानी बाढी पीडितहरुको लागि राहत संकलन गरिदिएकोमा आभार सहित हार्दिक धन्यवाद ब्यक्त गरेका थिए । यसै गरि ब्रेन्ट काउन्सिल तथा लन्डनबाट पाकिस्तानी बाढी पीडितहरुको लागि रहत संकलन कार्यको संयोजन गरिरहेका Cllr IshmaMoeen ले पनि तमु समाज युकेको सदस्यहरु, शुभचिन्तकहरु र सिङ्गो समुदाय प्रति उदारभावको उच्च सराहना गर्दै धन्यवाद ब्यक्त गरेका थिए। यो सहयोग रकमले Indus Hospital Charity UK द्वारा पाकिस्तानी बाढी पीडितहरुका परिवार, महिला तथा बाल बालिकाहरुका लागी ठूलो राहत पुग्ने बताए ।
कार्यक्रमको अन्तमा समाजका महासचिब धरम बल गरुङले राहत संकलन कार्यमा सहभागि बनि आर्थिक सहयोग गर्ने सबै दानबिर सदस्य महानुभावहरु, कार्यक्रममा उपस्थित सबै काउन्सिलरहरु तथा समाजका पदाधिकारीहरुलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।