बेलायत । बेलायतको दक्षिण पश्चिम क्षेत्र रेडिङ शहरमा बसोबास गर्ने गुरुङ जातिहरूको साझा संस्था रेडिङ तमु समाजले बर्षेनि आयोजना गर्ने समर भेला गत शनिबार 11 July 2026 को दिनमा भब्यताका साथ सम्पन्न भएको छ।
आजिवन सदस्यहरूका परिवारका सदस्यहरू बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम बिभिन्न चरणमा सम्पन्न भएको थियो। पहिलो चरण खेल प्रेमि युवा तथा भेटेरनहरूको लागि आयोजना गरिएको BasketBall shoot प्रतियोगिता थप आकर्षण र मनोरन्जनात्मक थियो जस्मा मनोरन्जनका साथै स्वास्थ्यलाभ थप युवाहरूको सहभागिता रहको थियो। जस्मा सहभागी २५ जनामध्ये कृष्ण श्रेष्ठ प्रथम भएका थिए भने द्वितिय नेपालबाट आएकी लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ (सरू) भएकी थिईन् । विजयी खेलाडीहरुलाई खेलकुद संयोजक तथा संस्थापक अध्यक्ष प्रेम गुरुङले नगद पुरस्कारको साथमा खादा र फुल गुच्छाले सम्मान गरेका थिए । बिबिक्यु र मिठो परिकारका भोजन को साथमा सुपथ मुल्यमा उपलब्ध गराईएको थियो । बिबिक्युको संयोजन आजिवन तथा कार्य समितिका सदस्य खेम राज गुरुङ र पर्ण बहादुर गुरुङ र उनको टिमले गरेका थिए भने पेय पदार्थको संयोजन आजिवन तथा कार्य समितिका सदस्य गजेन्द्र गुरुङ र कविन गुरुङले गरेका थिए । मिठो टिपन टापन र अचारको ब्यबस्था आमा समुहले गरेको थियो । साँझ मासु दाल भात तरकारीको ब्यबस्था आजिवन तथा कार्य समिति सदस्य पुर्ण गुरुङ र उनको टिमले गरेको थियो ।
महासचिव याम गुरूङले सन्चालन गरेको तेस्रो चरणको ओैपचारिक कार्यक्रम अध्यक्ष देव बहादुर गुरुङ, आमा समुहकी अध्यक्ष आशा गुरूङ र संस्थापक अध्यक्ष प्रेम गुरुङले सामुहिक रूपमा पानसमा बत्ति बालेर सुरु भएको थियो । त्यसपछि नया आजिवन सदस्यहरूलाई स्वागत सम्मान तथा ब्याज बितरण गरिएको थियो। साथै नेपालबाट आएकी अतिथि कलाकारहरू कौडा किङ गायक तथा संगितकार दुर्गा गुरुङ, मौलिक ठाडो भाका तथा लोक दोहोरी गायिका मन्जु वि क र लोक तथा दोहोरी गायिका शर्मिला (सरू ) गुरुङलाई परम्परा अनुसार पगरी, पछ्यौरी, फुलगच्छा र प्रमाण पत्रले सम्मान गरिएको थियो । साथैमा उक्त दिन लमजुङ्गे मौलिक ठाडो भाका गाउने स्थायी घर लमजुङ सुन्दर बजार भई हाल बेलायत क्याम्बर्लीमा बस्नु हुने गायक तथा समाजसेवी ८३ बर्षिया WO2 Dhan Bahadur Gurung लाई पनि सम्मान गरिएको थियो ।
सोहि दिन समाजको तर्फ बाट समाजलाई सधै भरि दिलो ज्यान दिएर निस्वार्थ भावनाले आर्थिक भौतिक तथा नैतिक रूपमा सहयोग गर्नु हुने समाजको व्यक्ति पहिचाहन गरि सम्मान गर्ने क्रममा यस बर्ष झुम प्रसाद गुरुङ र सल्लाहकार सन माया गुरूड़लाई RTS Commendation Award 2024 द्वारा बिषेश सम्मान गरिएको थियो ।
यस बर्षको समर बिबिक्यु पार्टीमा महानुभावहरूलाई थप मनोरन्जन र कार्यक्रमलाई अझै आकर्षण बनाउन आमा समुह कै सकृयतामा भाग्योदय चिठ्ठा Raffle Draw पनि राखिएको थियो र जस्को पहिलो पुरस्कार सुन सहित नगद पुरस्कारहरू राखिएको थियो जस्तो प्रायोजन रेडिङ तमु समाज आमा समुहले गरेका थिए र अन्य आकर्षक पुरस्कारहरू अन्य सदस्यहरूले प्रायोजन गरेका थिए ।
चौथो तथा अन्तिम चरणमा नेपाली मौलिक ठाडो भाका गाएर सुरु गरिएको थियो साथमा प्रतिभावान स्थानिय करलाकार बाबु नानिहरूको नृत्य प्रस्तुत गरिएको थियो भने रेडिङ तमु समाजको निमन्त्रणमा रेडिङ निमन्त्रणालाई स्विकारेर आएका चर्चित कलाकारहरू दुर्गा गुरुङ, शर्मिला गुरुङ ( सरू) र मन्जू विक ले ले सबैलाई भर पुर मनोरज्जन दिलाएका थिए ।
उक्त कार्यक्रमको पुरा संयोजक समाजका बरिष्ठ उपाध्यक्ष हिरा प्रसाद गुरुङले गरेका थिए । सबै कार्य समितिका पदाधिकारीहरू भुतपुर्व अध्यक्षहरू सल्लाकारहरू, आमा समुहका सबै पदाधिकारीहरू लगायत सबै आजिवन तथा साधारण सदस्यहरूले आर्थिक, भौतिक तथा सरसल्लाहा दिएर ठुलो सहयोग गरेका थिए भने समाजका बिभिन्न मनकारि सदस्यहरू राफलको लागि र बिभिन्न थरि सौजन्य प्राप्त भएको थियो ।
