लन्डन । नादा समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ११ जुलाई शनिबारका दिन जेबोन कम्युनिटी सेन्टर, फ्लिटमा भव्य रूपमा कार्यक्रम भएको हो ।
समाजका अध्यक्ष मेजर राजपति गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव कल्याण गुरुङले सञ्चालन गरेका थिए । उद्घाटन काउन्सिलर उत्तर बहादुर गुरुङ र अध्यक्षले संयुक्त रूपमा गरेका थिए । स्वागत मन्तव्य अध्यक्षले नै राखेका थिए ।
समाजका संस्थापक अध्यक्षसमेत रहेका नवनिर्वाचित काउन्सिलर गुरुङले मन्तव्य राखेका थिए । सो अवसरमा विभिन्न व्यक्तित्वलाई अभिनन्दन गरिएको थियो ।
पदोन्नतितर्फ काउन्सिलर उत्तरबहादुर गुरुङ, ले. क. ललित गुरुङ, सार्जेण्ट सुन्दर गुरुङ, कोर्पोरल अनिल गुरुङलाई अभिनन्दन गरिएको थियो ।
द गोरखा क्याफे विनचेष्टरका हरिप्रसाद गुरुङ, LG-FEST-UK 2026 का कोअर्डिनेटर मास्टर राजेन्द्र गुरुङलाई व्यवसायिक सफलताको शुभकामना साथै नव दम्पतीतर्फ भाचोकका मनिषा र वरदान गुरुङ, चाहना र ओशिष गुरुङ, आकृति र सुवाष गुरुङ तथा सोनाम र विजय गुरुङलाई अभिनन्दन गरिएको थियो ।
यसैगरी, जेष्ट सदस्यतर्फ ढुल्स्यो गुरुङलाई अभिनन्द र पूर्वअध्यक्ष मेजर दुधप्रसाद गुरुङको जेष्ठ सुपुत्र अर्विन गुरुङलाई नया सदस्यको रूपमा स्वागत गरियो । यूके भ्रमणमा रहेका शुभेच्छुकहरू वार्चोकका धनराज गुरुङ, पियारी (बुज्यु) गुरुङ तथा भाचझोकका इन्जिनियर नवराज सुवेदीलाई पनि स्वागत गरिएको थियो ।
काउन्सिलर उत्तरबहादुर गुरुङ दम्पतीको नृत्यले कार्यक्रममा रौनक थपेको थियो । लोक गुरुङको रचना र नाच तथा कवियत्री रत्न गुरुङको रचना प्रस्तुतिले पनि सबैको मन जितेको थियो ।
विभिन्न कलाकारहरूले सामूहिक नाच प्रस्तुत गरेका थिए । राफल-ड्र विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।
अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।