बेलायत । बेलायतको अल्डरशटस्थित ठमेल दोहोरी एण्ड ढिँडो घरमा ब्रिगेड अफ गोर्खाजको २/७२ इन्टेकको वार्षिक भेटघाट कार्यक्रम ११ जुलाई २०२६ शनिबारका दिन भब्यताका साथ सम्पन्न भएको छ।
बिहान ११ बजेदेखि शुरु भएको यस भेटघाट कार्यक्रममा बेलायत र नेपालमा बसोवास गर्नु हुने २/७२ ईनटेकका नमवरीहरु र वहाँहरूको परिवारको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सञ्चालन पूर्व काउन्सिलर तथा भूतपूर्व मेजर चित्र रानाले गरेका थिए भने भूतपूर्व कर्नेल विजय रावत प्रमुख अतिथि थिए । प्रमुख अतिथि बाट द्वीप पर्ज्वलन र संयोजक बाट स्वागत मन्तव्य पश्चात स्वर्गीय नम्बरी हरू को दिवंगत आत्मा लाई चीर शान्तिको कामना गर्दै सबै नम्बरीहरू र वहाका परिवार हरुले एक मिनेट मौनधारण गरेको थिए।
यस भेटघाट कार्यक्रममा नेपालबाट आउनु भएका मगर सङ्घ कास्कीका वरिष्ठ उपाधक्ष, वरिष्ठ समाजसेबी तधा फिल्म डाइरेक्टर भूतपूर्व मेजर प्रेम थापा मगर , बिर्टिश क्याम्प पोखराका पूर्व ए आर ओ भूतपूर्व मेजर भोजराज गुरुङ र वहाका धर्म पत्नि लाई प्रमुख अतिथि र संयोजक का धर्म पत्नि मतिसरा राना मगरले खाता र फुलले स्वागत गरेका थिए ।
कार्यक्रमका अन्य अतिथिहरूमा भूतपूर्व क्पाटेन टेक लिम्बु र नेपालबाट सास्क्रितीक कार्यक्रम मा बेलायतमा रहनु भएका चर्चित तथा सबैले मन पर्ने कलाकारहरू ललिता पुन मगर, अस्मिता राना र सरिष्मा मगर लगायत नेपाल लोक तथा दोहरी गीत प्रस्तिस्थान नेपाल यूके शाखाका अध्यक्ष तथा गायक अनि मोडल मनसुदन थापा मगर लाई स्वागत गरिएको थियो।
प्रमुख अतिथि बोल्ने क्रममा नम्बरीहरूको वार्षिक भेटघाटको महत्व, आवश्यकता र उद्देश्य मा प्रकाश पार्दै सबै नम्बरी र उनीहरुका धर्मपत्नीहरू लाई भेटघाटमा स्वागत गरिएको थियो । उत्कृष्ट गायन तथा नृत्य प्रस्तुतिहरू मार्फत सहभागीहरूलाई भरपुर मनोरञ्जन दिलाएका थिए।
यसैगरी कर्णेल विजय रावतसँगको सामूहिक तस्विर लिने क्रम, मनसुदन थापा मगर र ललिता पुन मगर को उत्कृष्ट दोहोरी गीत साथै डान्सर अनि मोडल द्वय अस्मिता राना र सरिस्मा मगर को उत्कृष्ट निर्त्प प्रदर्शनले हलको तापक्रम बढेको , हल तातेको अनि कार्यक्रममा थप रौनक बढाएको थियो। सहभागीहरूका लागि खानपिनको व्यवस्थापन अनिल मल्ल र उनको टोलीले सम्हालेको थियो, जहाँ तीन चरणको स्वादिष्ट भोजनका साथै विशेष 'ह्याप्पी आवर' मा पेय पदार्थको समेत व्यवस्था गरिएको थियो।
कार्यक्रमको अन्त्यमा मुख्य संयोजक पूर्व काउन्सिलर भूतपूर्व मेजर चित्र रानाले उपस्थित सम्पूर्ण कलाकार, सहयोगी हातहरू र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै सुरक्षित यात्राको कामनाका साथ अर्को साल भेट हुने प्रतिवद्धता जनाउदै बेलुकीको ८ बजे कार्यक्रम समापन भएको घोषणा गरे। यस्ता कार्यक्रमले पुराना दिनहरूको सम्झना ताजा गराउनुका साथै भाइचारा र एकतालाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका थिए ।

