लन्डन । बेलायतमा रहेका भूतपूर्व तथा सेवारत गोर्खा सैनिक र उनीहरूका सन्ततिको नेपाली नागरिकतालाई वंशजका आधारमा निरन्तरता दिनुपर्ने माग राख्दै आएको संस्था CNCBG ले नयाँ रणनीति तय गर्न विशेष बैठक आह्वान गरेको छ । गोर्खा भर्तीका कारण विदेशमा बस्न बाध्य नेपाली र उनीहरूका भावी पुस्ताले समेत बिना रोकतोक नेपाल आउन–जान पाउनुपर्ने र उनीहरूको नागरिक अधिकार कटौती हुन नहुने माग यो संस्थाले लामो समयदेखि उठाउँदै आएको छ ।
आफ्नो उद्देश्य प्राप्तिका लागि बेलायतमै दर्ता भएर सक्रिय रहेको यस अभियानले आगामी १२ जुलाई २०२६, आइतबारका दिन एक वृहत जुम बैठक आयोजना गर्ने तय गरेको आयोजकले बताए । बेलायती समय अनुसार मध्यान्ह १२:३० देखि १५:०० बजेसम्म चल्ने उक्त बैठकमा विभिन्न गोर्खाजन्य संघसंस्थाका अध्यक्ष, प्रतिनिधि तथा बुद्धिजीवीहरूलाई सहभागी गराइने भएको छ ।
बैठकको मुख्य उद्देश्य हालै CNCBG ले संविधान संशोधनका लागि नेपाल सरकारलाई पठाएको सुझाव र नेपाली नागरिकता ऐन २०६३ मा गरिनुपर्ने परिमार्जनका विषयमा छलफल गर्नु रहेको छ । विशेष अपवाद कानूनमार्फत गोर्खाहरूका माग सम्बोधन गराउनका लागि सरकारसँग वार्ता गर्न एउटा प्रतिनिधि मण्डल समेत सोही बैठकबाट गठन गरिने बताइएको छ ।
गठित प्रतिनिधि मण्डलले नेपालमै पुगेर दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ । गोर्खा अधिकारका पक्षमा उभिएका अभियन्ता, समर्थक र शुभचिन्तकहरूलाई यस अभियानमा साथ दिन र जुम बैठकमा जोडिन समेत आयोजकले आग्रह गरेका छन् । गोर्खाहरूको साख जोगाउन र नागरिकताको विषयलाई कानुनी रूपमै टुंगो लगाउन यो बैठक निर्णायक हुने विश्वास लिइएको छ ।

CNCBG ले जारी गरेको सूचना यस्तो छ :
गोर्खा भर्तिका कारण बेलायतमा रहन परेका हजारौं सेवारत तथा भू पु गोर्खा सैनिक र उनिहरुका सन्तती र फ्युचर जेनेरेशन्ले समेत नेपालको आफ्नो नागरिकता बंसजको अधारमा अबिछिन्न राख्न र बिना रोकतोक स्वईचछ्यामा उता एता गर्न पाउन पर्छ, उनिहरुका कुनैपनि नागरिक अधिकारको कटौती गर्न पांईदैन भनेर ससक्त अभियान मा बर्षौं देखी बेलायतमै दर्ता भएर लागि परेको अभियान संस्था,CNCBGले-यही आउँइदो १२ जुलाई २०२६, आइतबारको दिन ठिक १२.३० - १५.०० बजेसम्म, बेलायतमा रहेका विभिन्न गोर्खाजन्य संघ संस्थाका अध्यक्षज्यूहरू, प्रतिनिधिज्यूहरू र वुद्धिजीविज्यूहरू समेतको बृहत जुम मिटिङ्ग गर्ने भएको छ। मिटिङ्गको उदेश्य, हालै CNCBG ले “संविधन संशोधनको लागि पठाएको सुझाव”, आजसम्म यसले माग गर्दै आएको “नेपाली नागरिकता ऐन २०६३ को संशोधन” र त्यस संबन्धी उपयुक्त कानून तथा ऐन नियमहरू (विशेष अपवाद कानून)मार्फत संवोधन गराउनको लागि नेपाल सरकारसँग वार्ता गर्न गोर्खाहरूको एक प्रतिनिधि मण्डल गठन गरि उक्त प्रतिनिधि मण्डलले नेपालमा दवाब मुलक वृहत कार्यक्रमहरू गर्ने रहेको छ। तसर्थ, हामी सम्पूर्ण गोर्खाजन्य संध संस्थामा हुनुभएका अभियन्ताज्यूहरू लगाएत यो अभियानप्रती अस्थावान समर्थक र सुभचिन्तक संपूर्णमा उक्त जुम मिटिङ्गमा जोडिन हार्दिक अनुरोध गर्दछौं ।
Zoom Meeting Details.
=================
Date: Sunday, 12/07/2026
Time: Start: 1230 hrs
Finish: 1500 hrs.
Join Zoom Meeting https://us06web.zoom.us/j/86782183213?pwd=alh7FlEG5L5c8vCXuMeQ6pnnfOyLn2.
Meeting ID: 867 8218 3213
Passcode: Nepal
भवदीय,
CNCBG (Central Committee)
संम्पर्क: Gen Sec: 07846776502
Chairman: 07859884822
DCM-Dal: 07449844291
