बेलायत । म्याग्दी जिल्लाको बेनी नगरपालिकामा जन्मिएकी सरिष्मा मगर (रामजाली) नेपाली नृत्य र मोडलिङ क्षेत्रमा एक स्थापित नाम बनेकी छन् ।
विगत एक दशकदेखि अर्थात् २०७१ देखि कलाकारितामा निरन्तर सक्रिय सरिष्माले नेपाली सांस्कृतिक नृत्य र बेली डान्समा आफ्नो विशिष्ट पहिचान बनाएकी छन् । उनले परम्परागत नेपाली लोक शैलीका नृत्यसँगै आधुनिक र फ्युजन शैलीलाई समेत कुशलतापूर्वक प्रस्तुत गर्दै आएकी छन् ।
सरिष्माको कला यात्रा नेपालको भूगोलमा मात्रै सीमित छैन । उनले मलेसिया, भारत, दुबई, जापान, हङकङ, रोमानिया, मकाउ र चीन जस्ता देशहरूमा आयोजना भएका विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो बेजोड प्रस्तुति दिइसकेकी छन् । विशेषगरी फ्रेन्डसिप धमाका मलेसिया २०१६ु, मगर समाज हङकङ इभेन्ट्स २०१९ र इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२३ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा उनले नेपाली कला र संस्कृतिलाई सफलतापूर्वक पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।
नृत्यका साथै मोडलिङ र अभिनयमा समेत सक्रिय सरिष्माका चान्चराु, चरी कहाँ छु, थामी देऊ हात जस्ता म्युजिक भिडियोहरू डिजिटल प्लेटफर्ममा निकै लोकप्रिय छन्। उनको यो निरन्तरको साधनाले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू समेत दिलाएको छ। उनले सन् २०२१ मा मनास्लु इन्टरनेसनल आइकन अवार्ड र सन् २०२५ मा नेसनल ओप्सना म्युजिक अवार्डप्राप्त गरेकी छन्।
यस्तै, रोमानिया र मकाउमा आयोजित विभिन्न कार्यक्रमहरूमा समेत उनी सम्मानित भइसकेकी छन्। आफ्नो कलालाई प्रविधिमार्फत दर्शकमाझ पुर्याउन उनले सामाजिक सञ्जालको पनि उत्तिकै प्रभावकारी प्रयोग गरेकी छन्। कलाकारितासँगै उनले नृत्य प्रशिक्षकको रूपमा नयाँ पुस्तालाई सिकाउने र कोरियोग्राफी गर्ने काम समेत गर्दै आएकी छन्। कलाप्रतिको समर्पण र निरन्तरको मेहनतले नै आफूलाई यो स्थानसम्म ल्याएको र आगामी दिनमा पनि नेपाली मौलिक कलालाई विश्वव्यापी बनाउन लागिपर्ने सरिष्माले बताईन्।
उनै सरिष्माले बेलायतमा गोर्खा मिडियासँग फोटोसुट गराएकी छिन् ।
हेरौं गोर्खा मिडियासँग फोटोसुटका फोटोहरु













