केन्ट, बेलायत । बेलायतको केन्टमा बसोबास गर्ने तमुहरूको साझा संस्था गुरुङ समाज केन्टको समर बीबीक्यू तथा भेटघाट भव्य रूपमा सम्पन्न भएको छ ।
हरेक वर्षको समरमा योजना गरिने उक्त भेटघाट तथा बीबीक्यूको उद्घाटन समाजकी ज्येष्ठ अभिभावक ८५ वर्षीय जगमाया गुरुङ र समाजका अध्यक्ष गोलमान गुरुङले पानसमा दीप प्रज्वलन गरी गरेका थिए ।
बेलायतको केन्ट वरपर बसोबास गर्ने गुरुङहरूमा आपसी सद्भाव, भाइचारा र सहयोग आदान प्रदान तथा सुख दुख साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रममा छेलो प्रतियोगिता गरिएको थियो ।
जसमा ५० वर्ष उमेर भन्दा माथिका भेटेरानतर्फ स्याङ्जा कोल्मा बाहाकोट काउले निवासी हाल बेलायतको केन्टमा बसोबास गर्दै आएका भगवान गुरुङ र सोभन्दा तलका उमेर समुहका युवातर्फ ओखलढुङ्गा रुम्जाटार हाल बेलायतको केन्टमा बसोबास गर्दै आएका गुरुङ समाज केन्टका पूर्वअध्यक्ष शोभराज गुरुङका छोरा सोलभ गुरुङ विजेता बनेका थिए ।
विजेतालाई समाजका अध्यक्ष गोलमान गुरुङले फेटा लगाएर अबिरजात्रा सहित मायाको चिनोस्वरुप उपहार प्रदान गरेका थिए । विशेष पुरस्कारको प्रायोजन सुधा गुरुङले गरेकी थिइन् ।
महिला दिदीबहिनीहरूलाई मनोरञ्जनका रूपमा बल पास खेल प्रतियोगिता पनि आयोजना गरिएको थियो । जसमा तमु समाज बेलायतकी अध्यक्ष विन्दु गुरुङ घले गुरुङ प्रथम भएकी थिइन् ।
दोस्रो चरणको मनोरञ्जनात्मक सांगीतिक कार्यक्रममा युवा गायक किरण गुरुङले भरपुर मनोरञ्जन प्रदान गरेका थिए । मिस निग्चेन गुरुङ र मिस अस्मिता गुरुङले परम्परागत गुरुङ संस्कृति झल्कने नृत्य गरेका थिए । राफल ड्रका विजेता तोरण गुरुङले १०० पाउन्ड प्राप्त गरेका थिए ।
प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र प्रथम महिला अध्यक्ष कमला गुरुङ, विशेष अतिथि तमु समाज यूकेकी अध्यक्ष विन्दु गुरुङ घले र सुरेश घले र तमु फोरम यूकेका सह-निर्देशक एवं तमु धीं यूकेका पूर्वअध्यक्ष हरि गुरुङलगायत विशिष्ट व्यक्तित्वको समेत उपस्थिति थियो ।
समाजकी वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक ममता गुरुङले स्वागत मन्तव्य तथा कार्यक्रम सञ्चालन समाजकी महासचिव पवित्रा गुरुङले गरेकी थिइन् । कार्यक्रमसम्बन्धी बैठक व्यवस्थापन समाजका द्वितीय उपाध्यक्ष तोरण गुरुङ, कार्यक्रम सञ्चालन तथा व्यवस्थापन महासचिव पवित्रा गुरुङ र कोषाध्यक्ष मान गुरुङ, छेसो प्रतियोगिता कार्यक्रम सञ्चालन सुभ गुरुङ र तोरण गुरुङ, महिला बल पास प्रतियोगिताको सञ्चालन युवा संयोजक मिस प्रेरणा गुरुङ रहेका थिए ।
यस्तै, राफल ड्र सञ्चालन, हिरा घले, सांस्कृतिक कार्यक्रम सञ्चालन, उमादेवी गुरुङ, निर्मला गुरुङ, साउन्ड सिस्टम व्यवस्थापन, गंगाराज राई, फोटोग्राफी, सन्तोष कोन्मे, खाना व्यवस्थापन, नरेन्द्र गुरुङ, पेय पदार्थ व्यवस्थापन, गणेश गुरुङ, खाना गोर्खा भिल्ला रेस्टुरेन्ट, अशफोर्ड केन्टले गरेका थिए ।
गायकका लागी विशेष पुरस्कारको प्रायोजन समाजकी पूर्वअध्यक्ष राजदेवी गुरुङले गरेकी थिइन् । चिया तथा कफीको प्रायोजन पूर्वअध्यक्ष डोलबहादुर गुरुङले गरेका थिए ।
यसै अवसरमा गुरुङ कौरा चुडका श्रव्यदृश्य नृत्य निर्देशक एवं कोरियोग्राफर रोशन गुरुङले आगामी जुलाई २५ र २६ तारिख हुने कौरा चुड्का श्रव्यदृश्य छायाङ्कन (सुटिङ) सम्बन्धमा जानकारी तथा मन्तव्य प्रस्तुत गरेका थिए ।
अन्त्यमा समाजका अध्यक्ष गोलमान गुरुङले उपस्थित पाहुना, समाजका पूर्वअध्यक्ष, सल्लाहकार, कार्यसमितिका सदस्य र आजीवन सदस्य तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
-वाईबी गुरुङ