जीवन आफैमा निरन्तर यात्रा हो। यात्रा भनेको केवल एक ठाउँबाट अर्को ठाउँमा पुग्नु मात्र होइन, नयाँ कुरा सिक्नु, नयाँ अनुभव बटुल्नु र जीवनलाई फराकिलो दृष्टिकोणबाट हेर्नु पनि हो। मलाई सधैँ नयाँ ठाउँ घुम्ने, त्यहाँको इतिहास र संस्कृतिबारे जान्ने रुचि छ।
यही सोचका साथ ६ जुन २०२६ मा तमु धीं यूके लन्डन ब्रान्चको अगुवाइमा अविस्मरणीय भ्रमण आयोजना गर्यौँ । भ्रमणको मुख्य उद्देश्य स्थानीय ज्येष्ठ नागरिकलाई ऐतिहासिक स्थानको अवलोकन गराउनु, संस्थाका सदस्यबीच आपसी सम्बन्ध अझ बलियो बनाउनु र सामाजिक सेवाप्रतिको भावना थप सुदृढ गर्नु थियो । बेलायतको व्यस्त जीवनबाट केही समय निकालेर सबैजना एकसाथ रमाउँदै, अनुभव साट्दै र नयाँ ऊर्जा लिएर यात्रा सुरु गरियो ।
नन्द दाइको कारमा, डिलमाया दिदी र रामकुमारी दिदी आउँदै गर्दा उहाँहरूले मलाई देखिसक्नु भएको रहेछ । मैले पनि दाइ दिदीको कार टाढैबाट चिनेँ । कारले बायाँ सिंग्नल दिएको देखेपछि पक्कै पनि मलाई लिफ्ट दिन होला भन्ने लागेर कार रोकिएको तिर पाइला बढाएँ । गुड मर्निङ नमस्ते !
जय बुद्धको अभिवादनसहित धन्यवाद दिँदै उहाँहरुको कारमा हामीले अग्रिम बुक गरिसकेको ६२ सिटरहित कोच (बस) बेलायतको राजधानी लन्डन सहरदेखि उत्तर पश्चिम क्षेत्रमा १४.४ माइल दूरीमा अवस्थित North Holt Leisure Centre मा आइपुग्यो । संस्थाको जनवरी २०२६ मा बसेको बैठकले ग्रीष्म ऋतुको भ्रमणको संयोजक संस्थाको महासचिव, सह-संयोजक मिडिया सचिव सुशील जीलाई चयन गर्दै भ्रमण गर्ने ठाउँ स्थान यातायातको जिम्मा पनि हामी दुई जनालाई सुम्पिएको थियो ।
त्यसपछि तय गरिएका सबै अपडेट हामीले तमु धीं लन्डन इकाईका पदाधिकारी तथा सदस्यलाई जानकारी गराई नै रहेका थियौँ । हामी आबद्ध र हामीले नेतृत्व गरिरहेको संस्था तमु धीं यूके लन्डन इकाईको लोगो पनि निलो आकाशसँग मिल्दो भएर नै होला हामीलाई लिन आएको बसको रङ पनि शान्ति र सन्तुलनको निलो रङको थियो ।
भक्ति र धर्म परायणताको रूपमा लिइने पहेँलो रङले New Bharat लेखिएको बस हाम्रो छेउमै रोकियो । त्यस दिनको लागि बेलायतको मौसम विभागले जनाएअनुसार मध्यान्नसम्म ५० प्रतिशत पानी पर्ने देखाएर नै होला सिमसिमे पानीले हामीलाई जिस्काई रहेको थियो । चालकसॅंग परिचय गर्दै ओ हो, अध्यक्ष दाइले आफ्नो नाममा कम्पनी खोल्नुभएछ भन्दै सदा झैँ टुच्च मजाक गरिहालेँ ।
पिउने पानीको बोतल १०० वटा र सबै सफ्ट ड्रिंग्स बसको तलपट्टि स्टोरमा मिलाउँदै गर्दा भ्रमणमा जोडिने अरू बाबाआमा दिदीबहिनी दाजुभाइ पनि कसैले चिया,कफी,आमा समूह दिदीबहिनी सबैले अ-आफ्नो जिम्मेवारीमा पाएका, खाजा,लन्च अनि आमा अध्यक्ष देवकला दिदीले ल्याएको दुई बक्स सेलरोटी, कप्तानी रत्न फूपु र कप्तानी कृष्णा फुपूले ल्याउनु भएको सेल मनतातो नै थियो ।
त्यसैले पनि म सेलरोटीको भोगी, मेरो नजर सेलरोटीले भरिएको ठूलो ठूला बक्सहरू तिरै थियो । बिनु दिदी, कमला दिदी, गण्डकी प्रदेश सभासद् सरस्वती दिज्यूको शब्द सापटी लिँदै (बुढी सोल्टिनी) शर्मिला दिदी, उहाँहरूले बनाउनु भएको पुलाउको वासनाले कतिवेला खाउँजस्तो भइरहेको थियो । आमा अध्यक्ष देवकला दिदी, पहिलो महिला सिर्जना दिदी, धनमाया दिदी, चारघरे दिदीहरु गुड्डु, तुल्सी र लक्ष्मी दिदीहरुले थर्मसभरी अदुवा र ल्वाङ लगाएको इलामको चिया र साथमा घानाको कफी ल्याउनु भएको रहेछ ।
चिसो मौसमको बाबजुद यात्रामा सहभागी सबैलाई उहाँहरूले दुःख गरी ल्याउनु भएको चिया कफी सुन बराबरकै महत्त्वपूर्ण हुने भयो । धन्यवाद दिदीहरु भन्दै प्रेम राज दाइ, पल्टन घरको धेरै अनुभवी नन्द गुरुङ दाइ, ईश्वर दाइ, अध्यक्ष भरत गुरुङ दाइ ललितमान काका (६२ गुरुजी) लगायत अरू दाजु भाइहरूले चिया कफीले भरिएको थर्मसलाई बसमा नछल्कने गरी व्यवस्था गरिदिनुभयो ।

मेरो नजर सेलरोटीले भरिएको खैरो बक्सबाट आईरहेको मिठो वासनातिर थियो । तर मन थामेर दुई घण्ट पर्खिने धैर्य गरेँ । अध्यक्ष भरत दाइ, वरिष्ठ उपाध्यक्ष ईश्वर दाइ पनि आमा समूह दिदी बहिनीहरूले बनाउनु भएको लन्च, खाजा बोक्न मद्दत दिँदै आउँदै गरेको परबाटै देखिन्थ्यो ।
रातभरी पानी परेकाले बिहान हल्का चिसो थियो । तर विशेष सल्लाकार गिलुङ समाज यूकेका अध्यक्ष नन्द गुरुङ दाइ भूतपूर्व ब्रिटिस गोर्खा सैनिक भएर पनि होला PTI झैँ देखिने गरी हाल्फसर्टमा देख्दा साइनोले साली भएर होला, बिनु दिदीले जिस्काउँदै ‘हैन भेना, आजको मौसम थाह थिएन कि के हो, समर गेडअप त खतरा छ नि’ भन्नुभयो । म हाँस्न नजान्ने परेँ । जसो तसो हाँसो थामियो ।
विकेन्डको बिहान भएर नै होला, सडकमा गुड्ने कारहरू कमै थिए, रुखहरूमा चिरचिर गर्दै चराहरू पनि बिहानीको गीतको आवाज हल्का सुनिन्थ्यो । हामीले तोकिदिएको समयमा सबै आइसक्नु भएको थियो । हामी भेला भएको ठाउँबाट हिमाला काकीको घर झन्डै तीन मिनेटको दुरीमा भएर पनि होला काकी हतार गरी पुनः घरतिर छिटो छिटो पाइला चालेको देखेँ । मैले सोधिहालेँ, ‘काकी मोबाइल बिर्सिनु भयो?’ उहाँले भन्नुभयो, ‘हैन छोरा, तिम्रो काका र काकी थोरै समय मिल्नसाथ माला जप्ने गर्छु, विशेष यात्राहरुमा माला नभए यात्रा नै अधुरो भए जस्तो लाग्छ। हतारमा माला भुलेर आएछु, तिम्रो भाइले लिएर आउँदै छ।’
बिहानीको Morning Walk मा हिडे जस्तै फिट युवा भाइ, रोडपारी आउँदै गरेको देखेर ढुक्क भइयो ।
हामी तुरुन्तै बस रहेको तिर फर्कियौँ । मेरो मोबाइलमा कसैले फोन गरिरहेको थाह पाएँ । सधैँ सुनिरहेकै आवाजमा ‘भानिज हामी मामा र फुपूलगायत चारजना Heathrow बाट आउने सडक निर हल्का जाम भए पनि ५ मिनेटभित्र पुग्नेछौं ।’ भनी वरिष्ठ समाजसेवी सल्लाहकार भोज मामाले फोन गर्नु भएको रहेछ ।
मैले नआत्तिनुहोला मामा समय छ भन्दै धैर्यताको संकेत दिएँ । यस वर्षको हाम्रो भ्रमण यसर्थमा अझै थप विशेष थियो । किनकि, हामीसँग यात्रामा दुईजना बुद्ध धर्म गुरुहरू रहनुहुने जानकारी हाम्रा ट्रष्टीज तथा तमु धीं यूकेका प्रथम महिला वर्तमान उपाध्यक्ष डिलमाया दिदी र ले.रि.नारायण साहेबले फोनमै जानकारी दिनुभएको थियो । त्यसैले सम्मानजनक तवरले श्रद्धेय खेन्पो क्यालजंग थिन्ले गुरु, लोपेन कोन्यचोकको लागि अगाडीको सिट सुरक्षित राखेका थियौँ ।
तर पनि उहाँहरूको स्वेच्छा बुद्ध मार्गीकै अनुसरण हो भनी लेख्न सकिन, तर बसको मध्यम भागतिर रोज्नु भयो ! जुन यात्रामा रहनुभएका सबैका रमाइलो कुराहरू सजिलै सुन्न सकियोस्। म संयोजकको भएर पनि होला सायद अलि बढी नै ऐक्टिभ हुँदै बसमा आसीन सबैलाई नम्रपूर्वक बिहानीको नमस्कारको साथ अभिवादन गरी म लगायत ६२ जना बसमा रहेको पक्का गरियो ।
सारांशमा स्वास्थ्य सुरक्षा सम्बन्धी जानकारी गराउँदै, २ घण्टा ७ मिनेटको यात्रा हुनेथियो । एक घण्टाको सवारपश्चात् आउन सर्भिसेसमा रिफ्रेसको लागि रोकिने जानकारी गराएँ । पानी परिरहेको, बादल अनि हावाको वेग पनि त्यति नै चलिरहेको थियो ।
आन्तरिक ऊर्जा, ज्ञान विवेकको शक्ति गुरुहरूले हामीलाई धर्म,कर्म र सत्यको मार्ग प्रदर्शन गरेर शक्तिपात अनि विशेष प्रवचनको माध्यमबाट हामीलाई दिव्य ऊर्जाको सञ्चार गर्नुहुनेछ । उहाँहरूको गुरुमन्त्र अनि साधनाले मानसिक एकाग्रता बढ्दछ, हामी सबैको आत्मबल पनि बलियो हुन्छ । सबैभन्दा ठूलो आत्म बल नै हो। आत्मबलले जित्यो भने असम्भव केही पनि छैन भन्दै बढो दार्शनिक कुरो जस्तै त्यही आत्मबलले जितेर परिरहेको पानी रोकिने छ भन्दै ठट्यौली पारामा विश्वस्त हुन अनुरोध गरेको थिएँ। सबै जनालाई मेरो भनाइ मजाक जस्तो लागेर होला मज्जाले हाँस्नुभयो ।
हातको माइक्रोफोन मिडिया सचिव शुसीलजीलाई दिँदै डोबर समुन्द्रीय किनारा, white Cliffs र त्यहाँको क्यासलको इतिहासबारे छोटकरीमा उल्लेख गरिदिन अनुरोध गरेँ । शुसीलजी आफैमा शैक्षिक योग्यताले पनि एक इन्जिनियर । त्यसको अलावा धेरै विधाहरूको ज्ञान उहाँले तमु धीं लन्डन इकाईको हरेक सामाजिक गतिविधि र कार्यक्रमहरूमा महत्त्वपूर्ण भूमिका रहँदै छ । गरु खेन्पो केल्साडं थिन्लेबाट यात्रा मोलम मुक्त कण्ठले हृदयदेखि वाचन प्रार्थना गर्नुभयो ।
यात्रामा हामी सबै बुद्धमार्गी दुई हात जोडी केही क्षण शान्त रहदै गुरुको दिव्यलाई अन्तर हृदयदेखि मनन गर्यौँ । पुन माइक शुसीलजीको हातमा पर्न साथ उक्त दिन बाहिरको दृश्य पानी र बादल हावाको झोकहरूलाई ईकिंत गरी ढुक्क हुनुहोला हाम्रो यात्रा निरन्तरता रमाइलोको साथ चलिरहने छ!बिहानै भएर होला सबैजना शान्त रहेको देखेर मलाई लग्यो एउटा चुट्किला उडाउनु पर्यो।
जानी नजानी चुट्किला त भनियो,तर त्यति घत नलागे पनि सुरु भयो Motorway A312 तिर भर्खे बाछिटोहरुले पिँढीको डिल, कमेरोले छ्यापेको ढुंगे घरको भित्ताहरू रुझे जस्तै आकाशबाट परिरहेको पानीको बाक्लो छर्राहरूले हाम्रो कोचको झ्याल छिचोल्दै जोड जोडले भित्र आउन खोजे झैँ देखिन्थ्यो ।
तर कोच पानीको केही प्रभाह नगरी आफ्नै रफ्तारमा M4,M25 को फराकिलो सडकमा गुडिरहेको थियो। कोचभित्र सबैजना मनोरञ्जनको लागि कोही गाउने कोही नाच्ने र सॅंगै हाँस्ने हसाउने गर्दै विशेष आमा समूह दिदीबहिनीहरु एकै लयमा, कहिले कौडा, त्यसपछि लोक दोहोरी अनि कहिले, गुरुङ गीतहरूमा रम्दै गाउँदै नाच्दै माहोललाई उत्साह भर्दै रम्दै थिए ।
तमु धीं लण्डन इकाईको आमा समुह दिदिबहिनी, संस्था र हाम्रो समुदायको लागि चम्किला ताराहरु, बलिरहने दियो नै हुन्, उहाँको ऊत्साह रमाईलो गराऊने शैली, औपचारिक कार्यक्रम तथा अनौपचारिक कार्यक्रममा समस्त अथितिहरु, बाबा आमा दिदिबहिनी दाजुभाईहरु प्रतिको संस्कार सहितको स्वागत अथित्य सम्मान सर्वोऊत्कृ्ष्ठ छ । त्यसैमा प्रेमराज दाईको निन्द्रा Costa Coffee ले भगाऊन नसकेता पनि हाम्रो नाचगानसॅंगै बरिष्ठ समाजसेवी भोज गुरुङ मामा र त्यो दिनको PTI झैं देखिने गिलुडं समाज यूकेका अध्यक्ष नन्द गुरुङ (दाई), लाल कोला तमुको रमाईलो नृत्यले पनि माहोल झनै रमाईलो भईरहेको थियो । M20 Maidstone को Services मा हाम्रो कोच २० मिनेटको लागि रोकियो । सिमसिम पानी परि नै रहेको थियो । चिया कफी हामी सॅंगै हुनाले धेरैजनाले हामी सॅंगै भएको कफी चिया लिए ।
यात्रामा सहभागी सबैजना चिसो फ्रेस हावा लिँदै केही कदम खुट्टालाई काम दिईयो र पूनः कोचमा चढ्यौं ।
NRNA ICC सदस्य एवं सोंपाल समाज यूकेका निबर्तमान अध्यक्ष हाम्रो बिशेष सल्लाहकार समाजसेवी श्रीप्रसाद गुरुङ मामा र सोंपाल समाज यूकेको आमा अध्यक्ष मनदेवी फूपूले ल्याऊनु भएको जेरी, पहिलो महिला सिर्जना दिज्यूले ठूलो खुल्ला बक्समा जेरी सबैलाई मुख मिठा गर्न अनुरोध गर्दै हुनुहुन्थ्यो । जेरी मन नपर्ने को होला र ? अध्यक्ष दाई र मैलै पनि मुख मिठ्याऊदै दिज्यूको मन राखीदियौँ । नजिकै अग्लो white Cliffs, मरिनको फेदहरुमा समुन्द्रको छालहरुले पिङ खेले जस्तै पर क्षितिझमा हल्का बादल अनि तुवाँलो लागेर क्षितिज पारी देख्न सकिने फ्रान्स औल्याउन सकिएन ।
बिश्राममा बसिरहेको ठूलो फेरि तिर औल्याऊॅंदै हजारौं पर्यटक फ्रान्सबाट यहाँ आऊने र दिनभर लण्डन शहर घुमेर सोही दिनमा फर्किने र यताबाट फ्रान्स पुगेर सजिलै यूके फर्कन सकिने जानकारी शुसीलजीले जानकारी गराउनुभयो ।
हामी शकुसल यात्राको गन्तब्यमा पुगियो । १३ पाउन्डमा दिनभरि नै बस पार्क गर्न पाईने रहेछ । चालकले हाम्रो रोजाईको ठाऊॅंमा बस पार्क गरे ।
संयोजक भएकै हुनाले म नै पहिला Hi vis vest लगाएर ऊत्रिएर, सबैजनाको Safety ख्याल गरि सबैलाई समय लिएर ऊत्रिन आग्राह गरें । हामी बसबाट ओर्लने साथ सडक र किनारा छेऊमा सायद पर्यटकहरुको लागि होला प्रतिक्षलय जस्तो घाम पानी छेक्ने छहरीको ओतमा गएर सबै जम्म भईयो । हावाको झोक निकै तेजीलो थियो ।
अध्यक्ष दाई र आमा अध्यक्ष दिदी, गुडु दिदी, सिर्जना दिदीलगायत अरु दिदीबहिनी चिया खाजालाई कसरी डिस्प्ले भनि छलफल गरिरहनु भएको थियो । बांकी हामी सबैले चिया कफीको थर्मस ऊचल्दै सेलरोटी र चना तरकारी, स्वादिलो तिख्खर अचार बोक्न पनि मद्दत गरियो । तुवाँलोले छोपिएको डोभरको सेरोफेरो, खुल्ला आकाश, हामी पुगेको केही क्षणमा बादलले छोपिएको आकाश स्वतन्त्र रुपमा खुलिदै नीलो आकाशको छाहरीमा, उज्यालो न्यानो घामले हामीलाई स्वागत गर्यो । माथीबाट परिरहेको पानी पनि ठप्प रोकियो ।
करिब ३२ किलोमिटर पर पर्ने फ्रान्स हेर्न सबैजना ऊत्सुक थियौंँ । हामी रहेको ठाउँबाट ३५० फिट ऊचाई रहेको White Cliffs ऐतिहासिक ल्याण्डमार्कले हामीलाई हांसेर स्वागत गरिरिहेको महशुष गर्यौं। गत बर्षको हाम्रो भ्रमणमा पनि वेलायतको ऐतिहासिक हजारौं पर्यटकहरु घुम्न जाने ठाऊॅं Seven Sisters पनि ऐतिहासिक Cliffs पनि स्वेत नै थियो ।
दृष्यमा नजिकै तर हिॅडाईको दुरीले तीस मिनेट ऊकाली हिंडेर पुग्ने ऐतिहासिक डोबर क्यासल जुन ११औं शत्ताब्दीमा पत्ता लगाएको वेलायतको सबैभन्दा बृहत क्यासलको रुपमा चिनिन्छ । भ्रमणको दिनमा ऊकालो हिॅड्न सक्ने जतिलाई क्यासलको पनि भ्रमण गरिने योजना थियो । तर वेलायतको ऊक्त दिनको मौसम कतिवेला थाहै नपाई परिवर्तन हुने गर्दछ हामी अनुमान गर्नै सकिदैनथ्यो।त्यसैले क्यासल घुम्न असर्मथ भयौं । यात्रा संस्करणमा क्यासलको बारे पढाऊन खोजियो भने पडंतीकारले गलत ब्यख्या गर्न पनि सक्छ त्यसैले पूनःयात्रमा जोड्न चाहें ।
समुन्द्रिय प्रसडंलाई जोड्दै NRNA ICC सदस्य श्रीप्रसाद मामाले यस्तो समुन्द्रले हाम्रो देश नेपाललाई पनि छोईदिएको भए अन्तराष्ट्रिय ब्यापरको आर्यत निर्यातले नेपालको आर्थिक बिकास मजबुद ऊन्नति कति माथी पुग्थ्यो होला हैन G.S.भान्जा? भन्दै नेपाल आर्थिक पाटोमा पछी पर्नु समुन्द्रले नछोएर पनि हो भन्ने बिचार दर्शऊनु भयो ।
सबैजना एक आपसमा रमाईलो कुराकानीमा रम्दै खाजा खाई सकेर अव सामुहिक फोटो लिने भन्दै हाम्रो अधिकारीक फोटोग्राफर जोन घोथाने दाई र भोज मामा सबैलाई एक ठाऊॅंमा नजिक अनुरोधको साथ निर्देशन दिंदै हामी सबैको सम्झानाको लागि धेरै 427 सुन्दर फोटोहरु खिच्नु भयो । अध्यक्ष दाईले खुलेको आकाश क्षणीक घमाईलोको मौका छोप्दै रमाईलोको लागि आमा समुह दिदिबहिनीहरुलाई दुई समुहमा बांडेर खेल खेल्न अनुरोध गर्नु भयो खेल बडो रमाईलो थियो । हामी ताली र हुटिडंले साथ दिॅंयौ ।
यता तमुधीं यूकेका उापाध्यक्ष लण्डन इकाईका पूर्व आमा समुह अध्यक्ष एवं ट्रष्टी डिलमाया दिदिले,सदा झैं मलाई बाबु भाई,धर्म गुरुज्यूहरु पहिलो पटक समुन्द्र भ्रमणमा भएको हुनाले अति ऊत्सुकका साथ वरिपरि घुम्ने रहर गर्नुभयो । ऊहांहरुलाई यसो गाईड गर्छु । यहां दिदिबहिनीहरुको रमाईलो पलमा मलाई नदेखेर सानो मन नगर ल ? म, बिशेष दिदिबहिनीहरुको कुरालाई हु्न्न र हुंदैन भन्दिन । झनै डिलमाया दिदिको यति राम्रो बिचारलाई ईन्कार गर्ने सोंच्न पनि सक्दिन ! दिद्ज्यूको personality प्रति म लगयात हाम्रो संस्था र समुदयकै ऊच्च सम्मान छ । हाम्रा दिदिबहिनीहरुको रमाईलो ऊत्साहले डोबर समुन्द्र किनारा ढपक्कै छाएको थियो ।
लगत्तै अर्को चरणमा सबै दिदिबहिनीहरु गोलबन्दी भएर सबैले बिनु दिदिको सदा सुन्दर नृत्य पछ्याऊॅंदै एकै सुर,एऊटै लय र तालमा यति सुन्दर नेपाली लोक नृत्य गरिदिनु भयो । वरपरा डुलीरहेको स्थानिय अनि पर्यटकहरुले क्यामरा र मोबाईले खिच्दै बढो महत्वको साथ हेरिरहेको देखेर हामी पनि हाम्रो संस्कार संस्कृति प्रति गर्व गरियो ।
केही क्षणमा आकसमा कालो बादल मडारिंदै हावाले आफ्नो गति तिब्र रुपमा बढाएको हामीलाई भान भयोकोही दाजुभाई दिदिबहिनीहरु मरिन पियरमा घुम्दै थिए । कोही समुह white Cliffs को फेद हेरेर आऊने चाहनमा बिस्तारै हिंड्दै प्राकृतीक मनमोह दृश्यहरुको आनन्द लिंदै गफमा रम्दै थिए । मौसमले हमीलाई सिमित समयको लागि मात्रै निलो आकाश,घामको न्यानोपन दिएको भान भयो । फेरि पानी पर्न शुरु भयो । अब पानी रोकीदैन होला भन्ने अनुमानले ओत खोज्दै पार्क गरिरहेको हाम्रै कोच तिर हामी फर्कीन थाल्यौं । समय झण्डै दिऊॅंसोको तीन बजेको थियो । वरापराको हार्वर अनि मरिन पियर, डोबर समुन्द्र हेर्ने धोको पुगेको सजिलै अनुमान लगाऊन सकिन्थ्यो । घर फर्कनलाई अझ तीन घण्टा बांकी थियो । हामीसॅंग भएको स्वादिष्ठ भोजन लन्च यतिकै बांकी थियो ।
-1782668149.jpeg)
हाम्रा ट्रष्टिज ले.रि. नारायण साहेव अनि आमा समुह दिदिबहिनीहरुले तुरुन्तै योजना बनाई हाल्नु भएछ । महासचिव भान्जा,पानी रोकिएला जस्तो छैन । रमाईलो छाडेर यति छिठै पनि घर फर्किन मन कसैलाई छैन । ओत पनि हुने Ashford Designer Outlet (आसफोर्ड डिजाएनर आऊटलेटमा) यसो हेर्न जाऊॅं हुन्छ ? भईहाल्छ नि मामा, एक पटक अनौपचारिक भए पनि अध्यक्ष दाईलाई सोधौं हुन्छ ? अध्यक्ष दाईलाई सबै बताएँ,ओ हो कति राम्रो आईडिया, तर एक घण्टको सिमित समय लन्चको लागि पनि छुट्याऊॅंनुस्, ढिला नगरि लागि हालौं ।
सबैजना कोचमा आई पुगे या पुगेनन् राम्ररी चेक गर्नुहोला । अध्यक्ष दाईको अनुमति लिदै चालकलाई पनि अनुरोध गरियो र डोबर समुन्द्र किनाराबाट मात्रै 25 मिनटको Drive दुरिमा पर्ने Ashford Designer outlet लाई क्षणीक गनतब्य बनाऊॅंदै हामी त्यता लाग्यौं ।
हिंडने घुम्दै सपिडं मन नपर्ने को होला र ? त्यसैमा बाहिरबाट यसो देख्दा छाता अनि तम्बुहरु जस्तो, पसलको आगन घुमाऊरो सेलरोटी आकरमा 26 बर्ष पहिला बनेको Designer outlet मा 120 वटा ब्राण्डका पसलहरु देख्द अ-आफ्नै तबरले हेर्दै,कोही फोटो लिन ब्यस्ता कोही किनमेलमा ब्यस्त सबै खुशी हुंद हामीलाई परिरहेको पानीले त्यती झन्जट नगरेको महशुष गर्यौं । यता धर्म गरुज्यूहरुलाई ट्रष्टिज ले.रि.नारायण मामाले क्याफेमा कफीको लागि लैजानु भएको पनि जानकारी पायौं ।
समयले पांच बज्न लागेको संकेत गरेको थियो । हामी बिस्तारै बस पार्क गरि पर्खी रहेको कोच तिर लम्किदै लन्चको लागि आमा समुह दिदिबहिनीहरुलाई अनुरोध गर्यौं । एक दुईजना बाहेक प्राय सबैको हातमा थरि थरिका ब्राण्डहरुको Shopping Bag देखिन्थ्यो । सायद मनपरेको सामन किन्न पाएर होला सबै जनै खुशी देखिन्थ्ये । धेरैजना पहिलो पटक यस Designer out let मा पुगेको सबैले मन पराएको कुराहरु एक आपसमा सेयर पनि गर्नु भयो ।
बिहान देखी हामीलाई पर्खी रहेको स्वादिष्ट परिकारलाई दिदिबहिनीहरुले हामी सबैलाई पस्कीदिनु भयो यति मिठो लन्च भन्दै धन्यवादको लहरनै चल्न थाल्यो । भ्रमणमा प्राय जसो सिनियर अग्रज ज्यूहरु भूतपूर्व ब्रिटिस गोर्खा सैनिक ऊच्च श्रेणीका अफिसरहरु हुनुहुन्थ्यो । फोटोग्राफर जोन घोथाने दाई र क्या.रि.प्रेम मामाले 1987 तीर वेलायतको पल्टन घरमा हुंदा बिभिन्न तालीम साथै अन्य अनुभव बांड्दै यो ऐरिया सबै झाडी नै झाडी थियो ।
त्यतीवेला यस्तो Designer outlet महल थिएन।प्रसंगमा ले.रि.नारायण मामाले पनि 2017 साल ९ बर्ष पहिला आऊॅंद यति ठूलो थिएन । आहिले झनै राम्रो बृहत अनि भब्य राम्रो अनि सुबिधा जनक बनाएको रहेछ । राम्रो लाग्यो । यो ठाऊॅंमा फेरि आऊनु पर्छ होला । मैले पनि थोरै टपअप गरिहालेँ। शुरुवतीमा बनाएको भन्दा 2013 साल तीर दोब्बर बनाऊने योजना अनुमति प्राप्त भएर झण्डै थप £90 मिलियन पाऊण्डको लागतमा 2018 मा आहिले जे देख्यौं त्यसरी बनाएको रहेछ ।
आधुनिक समयको माग अरुको देशमा बिकासका योजनाहरु यति छिठो लागु हुन्छन अनि सुविधा र प्रयोग पनि आपेक्षा भन्द बढी हुन्छ देशको आर्थतन्त्र मजबुद हुन्छ । रोजगारहरुको सृजना हुन्छ । हाम्रो देशमा ? भो कुरै नगरौं । हामी सबैजना कोचको छेऊमा लन्च खांदै सबैले अ-आफ्नो भ्रमण अनुभवहरु सेयर गर्दै पनि थिए । हल्का चिसो सिमसिम पानी परिरहेको पनि थियो । डिलमाया दिद्ज्यूले एक बाकेट चटपटे ल्याऊनु भएको रहेछ । सबैलाई सोधेरै प्लेट प्लेटमा दिंदै हुनुहुन्थ्यो । मैलै झुक्कीएर हरियो खुर्सानी टोकेछु यति पिरो रहेछ ! चटपटेमा लुकेर बसेको खुर्सानीले मलाई राम्रै सॅंग चिमट्यो ।
हामी सबै लन्च लिई सकेर जति पनि खाली क्यान, पानीको बोतल खाली प्लेट, कांटा चम्चा सबै बिन ब्यागमा राख्यौं। हामीले ओगटी बसेको ऐरिया क्लिएर गर्यौं । सबैजना कोचमा जानु अनुरोध गरियो । ठिक सांझको ६ः०० बझ्न केही मिनेट बांकी थियो । वेलायतको ब्यस्त जीवनमा पनि समय मिलाई भ्रमणमा जोडिनुहुने सबैलाई अध्यक्ष दाई सॅंगै संयोजकको नाताले सबैलाई श्रद्बपूर्वक धन्यवाद दियौं । तपांईहरुको साथ समर्थन सहयोगले मात्रै लण्डन इकाईको हरेक कार्यक्रम सफल हुंदै आईरहेको छ ।
भावी दिनहरुमा पनि यस्तै रमाईलो भ्रमणको आयोजना गर्नेछौं । यसपटकको भ्रमणमा छुट्नु भएका सदस्य तथा शुभचिन्तकहरुलाई अर्को बर्षहरुमा जोडिन समय मिलाऊन अनुरोध गर्ने नै छौं ।
भ्रमण संयोजक र सह-संयोजक भाईहरुलाई धेरै धेरै धन्यवाद भन्दै अध्यक्ष दाजुले छिटो छरितो रुपमा सम्बोधनको बिट मार्दै अव घर फर्किने यात्रामा पूनः रमाईलो गर्नु पर्दछ भन्ने संकेत पनि गर्नुभयो ।
वेलायतको सभ्यता परम्परा संस्कार पनि धेरै ऊच्च छ । त्यसैमा हाम्रो संस्कार पनि कम छैन । हाम्रो मन ठूलो र दिलदार छ । हामीलाई सहज रुपमा सुरक्षित आनन्दसॅंग गन्तब्यमा पुराईदिने चालकलाई धन्यवाद स्वरुप अर्पण गरिने हेतुले सबैबाट संकलन गरिएको पाऊण्ड एऊटा रातो लिफामा तयार पारिसकेका थियौं । आमा समुह अध्यक्ष दिद्ज्यूले स्वदिष्ट खानाहरुको परिकार बनाऊनुहुने सम्पूर्ण दिदिबहिनीहरुलाई धन्यवाद दिंदै अध्यक्ष दाई र दिदिले जेष्ट नागरिकको बाहुलीबाट चालकलाई धन्यवादको साथ रातो लिफा दिनुभयो । चालक अति खुशी भएको हामीले महशुषका साथ प्रत्यक्ष देख्यौं ।
हाम्रो यात्रामा चालकले धेरै प्राबिधिक कुराहरुमा सहयोग पनि गर्नु भयो । क्षेत्रिय तबरले पनि लण्डनबाट दक्षीण पूर्व क्षेत्रमा बसोबास गर्नुहुने हाम्रा बिशेष सल्लाहकार श्रीप्रसाद मामा र मनदेवी फूपु डोभर क्षेत्रबाट नजिक अनि सिधाबाटो पर्ने त्यसैलै स्वयं कार ड्राईभ गरि जाने भएको हुनाले ऊहांहरुलाई कोचबाट हामी सबैले शुभयात्राको कामना सहित बिदाईका हातहरु हल्लाऊन बाध्य भयौं ।
कोचमा रहनै सबैजनाको नाम लिस्ट चेक गरि घर फर्किनलाई शुरु भयो हाम्रो यात्रा,जव जव Motorway को सडक आऊॅंछ त्यती नै बर्षेझरी अनि बादलले सडक ढाकेको देखीन्थ्यो । ढिलो लन्च अनि थकाईले होला एकछिन सबैजना शान्त रह्यौं । अध्यक्ष दाई र मेरो सिट बांया तिर पहिलो पडंतीमा थियो । हामी गाऊॅं घर तिर हुंदा जेष्ट अषाढको जस्तो मौसम हैन दाई भन्दै गाऊॅंले जीवनको ऊकाली ओराली लेख ब्यांसीमा मेलापात गर्दा परम लगाईने चलन हिंजो आज छ कि छैन होला दाई ? भन्दै यस्तै यस्तै हामी गाऊॅंले जीवनमा हुर्कीएका जाीवन अनुभवका रमाईला दुःख सुखका अनुभवहरु सेयर गरियो ।
यतिमै श्रद्बय धर्म गुरुहरुको साथ हाम्रा आमा समुह दिदिबहिनी बाबाहरुले शुभयात्राको लागि मोलम शुरु गर्नु साथ हामी पनि दुईहात जोड्दै मनभित्रबाट कामनाको मोलममा सहभागी भयौं । मोलम पाठ समाप्ती पश्चात लगत्तै शुरु भयो।नेपाली लोक संगीत तथा गुरुङ गीत संगीतका मन छुने गायनका अवाजमा संगीतका झंकारहरुले छुट्टै ऊत्साह छायो ।
दुई घण्टाको Motorway यात्रा यति चांडै बिहान जहांबाट कोच चढेका थियौं त्यही ठाऊॅं Northolt leisure Centre सकुसल आईपुगियो । हाम्रो एकदिने समुन्द्रिय भ्रमण हामी सबैको लागि अविसमरणीय रह्यो । कोचबाट सबैजना और्लियौं । कसैको केही सामन छुट्यो कि ? भन्दै सबैलाई राम्ररी चेक गर्न सम्झायौं । एक आपसमा बिदाई धन्यवाद दिन क्रममा सल्लाहकार देउबहादुर काका, बरिष्ट समाजसेवी क्या.रि.रामकाजी मामा,क्या.रि.प्रेम मामा ऊहांहरुले हौसलाको लागि महत्वपूर्ण हरफ भन्नु भो । महासचिव छोरा, भान्जा रक ,कुनै पनि कुरा काम कार्यहरुको शुरुवाती हामीले रहर अनि रमाईलोको लागि गरिएता पनि अति भब्यरुपमा सफल पनि भयो ।
तर यो सफलतालाई निरन्त्रता दिनलाई त्यती नै च्यालेन्ज पनि हुन्छ well done धेरै धेरै धन्यवादको साथ काका मामाहरुको सॅंधै आशीष शुभकामना छ ।
सबैजनालाई हांसी खुशी धन्यवादको साथ बिदाई हुंदै चालकलाई पनि धन्यवादको साथ वाईवाई गरियो । साच्चीकै सामुहिक रुपमा एकदिने भ्रमण पनि जीवन भरकै सम्झनमा सॅंधै अटाई रहनेछ ।
जीवन पनि यात्रा हो ! जीवन रहुन्जेल यस यात्रा अर्थात जीवनमा पनि धेरै अविस्मरणीय क्षणहरुको अनुभव संग सॅंधै रम्ने गरेका हुन्छौ ।
-बिकास गुरुङ 'रक', महासचिव, तमु धीं लण्डन इकाई