आर के त्रिपाठी
नागरिक स्तरबाट म आर के त्रिपाठी तमुधी युकेको लामो समय देखिको निरन्तर परोपकारी कार्यको लागी नेपाल सरकारलाई राष्ट्रपती समक्ष सम्मान र प्रसंसाको लागी गोरखा दक्षिण बाहु Award दिन सिफारिश गर्दछु।
नेपालमा आएको विनाशकारी हिमताल विस्फोटजन्य बाढी (Glacial Lake Outburst Flood—GLOF) ले धेरै नेपालीको अमूल्य जीवन खोसेको पीडादायी खबरले संसार भर रहेका नेपालीको मन मर्माहत बनाएको छ।प्राकृतिक विपत्तिबाट भएको यस अकल्पनीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस कठिन घडीमा सम्पूर्ण नेपाली समुदाय उहाँहरूको दुःखमा साथमा छ भन्ने सन्देश दिन चाहन्छु।यही पीडा र संवेदनशीलताको बीचमा बेलायतमा सम्पन्न तमुधीं यूकेको १७ औँ नेपाली मेला केवल एउटा सांस्कृतिक कार्यक्रम रहेन।यसले संस्कृति,परम्परा, सामाजिक एकता, मानवीय संवेदना र मातृभूमि प्रतिको जिम्मेवारीलाई एउटै मञ्चमा उभ्याउँदै एउटा ऐतिहासिक सन्देश दिएको छ।
करिब १० हजारभन्दा बढी नेपाली मूलका मानिसहरूको सहभागिता रहेको यस मेलाले बेलायतमा नेपालीहरूको एकता, सद्भाव,पहिचान र सामूहिक शक्तिलाई विश्वसामु प्रस्तुत गरेको छ।नेपाली संगीत,नृत्य, भेषभूषा,खानपान, परम्परा र संस्कृतिले मेलालाई जीवन्त बनाएको थियो।तर यस वर्षको मेलाको सबैभन्दा गहिरो र हृदयस्पर्शी पक्ष थियो—नेपालमा भएको प्राकृतिक विपत्तिका पीडितहरूप्रति देखाइएको सम्मान र मानवीय ऐक्यबद्धता।
कार्यक्रम रद्द गर्नुको सट्टा आयोजकले त्यसलाई मानवीय संवेदनासँग जोडेर नयाँ अर्थ प्रदान गर्नु अत्यन्त प्रशंसनीय निर्णय हो। कार्यक्रमका बीचमा बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरू प्रति दुई मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गर्नु केवल औपचारिकता थिएन,त्यो हजारौँ उपस्थित नेपालीहरूको सामूहिक हृदयको आवाज थियो।
त्यसैगरी,कार्यक्रमबाट बचत तथा संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री आपत्कालीन उद्धार तथा राहत कोषमा जम्मा गर्ने घोषणा अझ महत्वपूर्ण र सकारात्मक कदम हो।यसले विदेशमा रहेका नेपाली समुदाय र नेपाल सरकारबीचको सहकार्य,विश्वास र राष्ट्रिय जिम्मेवारीको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।
सन्देश स्पष्ट छ—विपत्ति परेको बेला हामी सरकारसँग छौँ,हामी नेपालसँग छौँ र हामी हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग छौँ।कार्यक्रम बन्द होइन,भावनालाई नयाँ दिशामा मोडौँ/
मेरो विचारमा कुनै पनि व्यक्ति,समाज,संस्था, राजनीतिक दल वा पूर्व-निर्धारित कार्यक्रमलाई विपत्तिका कारण अनिवार्य रूपमा रद्द गर्नुपर्ने आवश्यकता हुँदैन।बरु परिस्थिति र संवेदनशीलता हेरेर कार्यक्रमको स्वरूप परिवर्तन गर्न सकिन्छ।सांस्कृतिक कार्यक्रमलाई श्रद्धाञ्जली कार्यक्रमसँग जोड्न सकिन्छ।सामाजिक कार्यक्रमलाई राहत संकलनको अवसर बनाउन सकिन्छ। उत्सवलाई पीडित प्रतिको सहयोगको माध्यम बनाउन सकिन्छ।मनोरञ्जनलाई मानवताको सन्देशसँग जोड्न सकिन्छ।यसरी हामीले जीवनलाई रोक्दैनौँ,तर जीवनप्रतिको जिम्मेवारीलाई अझ गहिरो बनाउँछौँ।
नेपालमा विपत्ति आएको छ भन्दैमा किसानले खेती रोक्न सक्दैन।उद्योगले उत्पादन बन्द गर्न सक्दैन।व्यवसाय सधैँका लागि बन्द हुन सक्दैन।अस्पताल चल्नैपर्छ।विद्यालय र शिक्षकले सम्भव भएसम्म शिक्षण जारी राख्नुपर्छ।खेलाडीहरूले खेल्नुपर्छ।समाज चल्नुपर्छ।अर्थतन्त्र चल्नुपर्छ।किनकि विपत्तिपछि सबै कुरा बन्द गर्नु समाधान होइन।यदि दुःख र पीडाका कारण समाजका सबै गतिविधि रोकिदियौँ भने त्यसले प्राकृतिक विपत्तिसँगै आर्थिक,सामाजिक र मानसिक संकटलाई अझ गहिरो बनाउन सक्छ।त्यसैले हाम्रो बाटो हुनुपर्छ—दैनिक जीवन चलाउँदै अघि बढ्ने,स्वेच्छिक सेवा गर्ने,राहतमा सहयोग गर्ने,सरकारको उद्धार प्रयासमा साथ दिने,
पीडित परिवारसँग उभिने,र नेपाललाई पुनः उठाउन हातेमालो गर्ने।
हामी नेपालीले इतिहासमा अनेकौँ कठिनाइ पार गरेका छौँ।भूकम्प,बाढी, पहिरो,महामारी, आर्थिक संकट र अन्य अनेकौँ चुनौतीसँग हामीले सामना गरेका छौँ।अहिले पनि हामी एकताबद्ध भयौँ भने यो दुःखद् अवस्थाबाट अवश्य अघि बढ्न सक्छौँ।
तमुधीं यूकेको नेतृत्व, अध्यक्ष जुमकाजी गुरुङ ज्यू तथा सम्पूर्ण आयोजक टोलीलाई यस ऐतिहासिक कार्यक्रमका लागि हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु।
वर्षौं देखि नेपाली मेला आयोजना गरेर बेलायतमा नेपाली संस्कृति,परम्परा र पहिचानलाई निरन्तर जीवित राख्दै आएको तमुधीं यूकेले यसपटक त्यसमा मानवताको अध्याय समेत थपेको छ।यो मेला नेपाली समुदायको मात्र कार्यक्रम रहेन।यसले बेलायतमा रहेका नेपालीहरूको सांस्कृतिक शक्ति र मानवीय संवेदनालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने काम गरेको छ।विशेष रूपमा यति विशाल कार्यक्रममा नेपालमा भएको प्राकृतिक विपत्तिका पीडितलाई सम्झिएर मौनधारण गर्नु, श्रद्धाञ्जली अर्पण गर्नु र संकलित रकम नेपाल सरकारको उद्धार तथा राहत कोषमा दिने घोषणा गर्नु अत्यन्त अर्थपूर्ण कार्य हो।
कार्यक्रममा नेपाली दूतावास बेलायतका कार्यवाहक राजदूत लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिले यसको गरिमा र महत्वलाई अझ बढाएको अनुभूति भयो।एकातिर बेलायतको भूमिमा नेपाली संस्कृति गर्वका साथ प्रस्तुत भइरहेको थियो,अर्कोतिर सबैको मन नेपालमा रहेका पीडित नेपालीहरूसँग जोडिएको थियो।यही नै प्रवासी नेपालीको वास्तविक शक्ति हो।
हामी जहाँ बसे पनि हाम्रो मन नेपालसँग जोडिएको छ।हाम्रो भाषा,हाम्रो संस्कृति, हाम्रो परम्परा र हाम्रो मानवीय भावना नै हाम्रो पहिचान हो।
एक लेखक,
अभियानकर्ता तथा विश्लेषकका रूपमा म व्यक्तिगत रूपमा एउटा गम्भीर सुझाव राख्न चाहन्छु।तमुधीं यूकेले लामो समयदेखि विदेशमा नेपाली संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको छ।यस पटकको १७ औँ नेपाली मेलाले भने त्यसलाई अझ उच्च तहमा पुर्याउँदै संस्कृति र मानव सेवालाई एउटै मञ्चमा जोडेको छ।
त्यसैले नेपाल सरकार तथा सम्बन्धित निकायले तमुधीं यूकेको निरन्तर मानवीय तथा परोपकारी कार्यको प्रशंसा र सम्मान स्वरूप ‘गोरखा दक्षिण बाहु’ प्रदान गर्न राष्ट्रपति समक्ष नेपाल सरकारको मन्त्रिपरिषद्बाट आवश्यक प्रक्रिया अघि बढाउन नागरिक स्तरबाट खुला सिफारिस गर्न चाहन्छु।
यो सिफारिस कुनै व्यक्तिगत आग्रह वा राजनीतिक पूर्वाग्रहबाट प्रेरित होइन।यो विदेशमा बसेर नेपाली संस्कृति, पहिचान,सामाजिक एकता र मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउने संस्थाको योगदानको सम्मान हुनुपर्छ भन्ने मेरो धारणा हो।
यो सुझाव राख्ने मेरो आधार म पनि विभिन्न संघ–संस्थाको नेतृत्व र सामाजिक अभियानमा लामो समयदेखि संलग्न व्यक्ति हुँ।देश,समाज, राजनीतिक क्षेत्र र विभिन्न सामाजिक संस्थासँग नजिक रहेर काम गरेको अनुभवका आधारमा कार्यक्रम आयोजना,व्यवस्थापन, जनसहभागिता जुटाउने र संस्थागत समन्वय गर्ने कार्य कति चुनौतीपूर्ण हुन्छ भन्ने कुरा मैले नजिकबाट भोगेको छु।
बेलायत कांग्रेसको नेतृत्व गर्दा,दुई पटक NRN UK को Two term महासचिव हुँदा तथा करिब १४ वर्ष बेलायतको NRN मा विभिन्न जिम्मेवारीमा रहँदा मैले प्रवासी नेपाली समुदायका विविध पक्षमा काम गर्ने अवसर पाएँ।त्यसैगरी NRN ICC Honorary Council मा पटक–पटक सदस्यका रूपमा समेत काम गरेको अनुभव छ।
हाल पनि नेपाली जनसम्पर्क समिति बेलायतको प्रमुख सल्लाहकार,NRNA UK को प्रमुख सल्लाहकार,Society of Nepali Engineers UK को सल्लाहकार,NBC UK को सल्लाहकार, CODEK UK को सल्लाहकार,CAN UK को सल्लाहकार, अन्तर्राष्ट्रिय धादिङ समाजको सल्लाहकार, नेपाली कलाकार संघ UK को सल्लाहकार, Yeti Nepali Association UK को सल्लाहकार लगायत विभिन्न संस्थामा सल्लाहकार तथा सहभागीका रूपमा सामाजिक कार्यमा निरन्तर जोडिएको छु। नेपाली कांग्रेस पार्टीको केन्द्रीय विभागमा पटक–पटक केन्द्रीय विभाग सदस्यका रूपमा तथा पार्टीका लागि विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी विषयमा विज्ञका रूपमा समेत जिम्मेवारी निर्वाह गरेको अनुभव छ।अन्य करिब दुई दर्जन सामाजिक संस्थासँग पनि विभिन्न भूमिकामा जोडिएर काम गर्दै आएको छु।
त्यसैले कार्यक्रम आयोजना गर्नु,संस्था सञ्चालन गर्नु, स्वयंसेवक परिचालन गर्नु,स्रोत व्यवस्थापन गर्नु र हजारौँ मानिसलाई एउटै उद्देश्यमा जोड्नु कति कठिन हुन्छ भन्ने कुरा म केवल बाहिरबाट हेरेर होइन,भोगेर लेखिरहेको छु।त्यसैकारण १७ औँ नेपाली मेलाको सांस्कृतिक पक्ष मात्र होइन,विपत्तिको समयमा आयोजकले प्रदर्शन गरेको मानवीय संवेदना,सामाजिक उत्तरदायित्व र राष्ट्रिय भावनालाई समेत उच्च मूल्यांकन गरिनुपर्छ भन्ने मेरो दृढ धारणा हो।
१७ औँ नेपाली मेला एउटा उत्सव मात्र थिएन।यो एउटा सन्देश थियो—संस्कृति जोगाऔँ,एकता बलियो बनाऔँ,मानवता बचाऔँ र मातृभूमि प्रतिको जिम्मेवारी कहिल्यै नभुलौँ।बेलायतमा नेपाली संस्कृति जीवित राख्ने अभियानसँगै विपत्तिमा परेका मातृभूमिका नेपालीहरू प्रति हात बढाउने यो प्रयास आगामी पुस्ताका लागी १७ औँ नेपाली मेला संस्कृति,एकता र मानवताको ऐतिहासिक संगम बन्न सकेको छ/
विपत्तिमा नेपाल रोइरहँदा,प्रवासी नेपालीको मन पनि रोइरहेको छ/नेपालमा आएको विनाशकारी हिमताल विस्फोटजन्य बाढी (GLOF) ले नेपाली मनलाई फेरि एकपटक गहिरो पीडामा डुबाएको छ।घर उजाडिएका छन्, परिवार छुटेका छन्, सपनाहरू बगेका छन् र कतिपय आमाबुबाले आफ्ना सन्तान गुमाएका छन्।कतिपय बालबालिकाले अभिभावक गुमाएका छन्।कसैको घर छैन, कसैको सहारा छैन, कसैको भोलिको भरोसा छैन।यो केवल नेपालमा भएको प्राकृतिक विपत्ति होइन।
यो संसारको जुनसुकै कुनामा बसेका नेपालीको साझा पीडा हो।यस दुःखद् घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।शोकमा डुबेका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।आज नेपालका ती पीडित परिवारलाई हाम्रो ठूलो भाषणभन्दा बढी हाम्रो साथ चाहिएको छ।
हाम्रो सहानुभूति भन्दा बढी हाम्रो सहयोग चाहिएको छ।हाम्रो चिन्ताभन्दा बढी हाम्रो हात चाहिएको छ।
त्यसैले आज हामी सबैले आफैँलाई एउटा प्रश्न सोधौँ—नेपाल दुःखमा हुँदा म के गर्न सक्छु?सानो सहयोग होस् वा ठूलो,त्यो पीडितका लागि ठूलो आशा बन्न सक्छ।
यही पीडा र संवेदनशीलताको बीचमा बेलायतमा सम्पन्न तमुधीं यूकेको १औँ नेपाली मेला केवल एउटा सांस्कृतिक उत्सव रहेन।यो मेला नेपाली संस्कृति,परम्परा, एकता,पहिचान र मानवताको एउटा जीवन्त उदाहरण बन्यो।
करिब १० हजारभन्दा बढी नेपाली मूलका मानिसहरूको सहभागिताले बेलायतमा नेपाली समुदाय कति बलियो, संगठित र एकताबद्ध छ भन्ने संसारलाई देखायो।
नेपाली गीत बज्यो।
नेपाली नृत्य भयो।
नेपाली भेषभूषा झल्कियो।
नेपाली खानाको सुगन्ध फैलियो।
हाम्रो संस्कृति र परम्पराले बेलायतको भूमिलाई नेपाली रंगले रंगायो।तर हजारौँ मानिसहरूको त्यो भीडमा पनि एउटा मन थियो—नेपालको मन।
किनकि त्यही समयमा नेपालमा हाम्रा दाजुभाइ,दिदीबहिनी, आमाबुबा र छोराछोरीहरू प्राकृतिक विपत्तिको पीडामा थिए।
त्यसैले यस वर्षको नेपाली मेलाको सबैभन्दा सुन्दर पक्ष मनोरञ्जन थिएन।
सबैभन्दा सुन्दर पक्ष थियो—मानवता।
दुई मिनेटको मौनता, हजारौँ नेपालीको एउटै धड्कन,कार्यक्रमका बीचमा प्राकृतिक विपत्तिमा ज्यान गुमाउने नेपालीहरूको सम्झनामा दुई मिनेट मौनधारण गरियो।
त्यो केवल दुई मिनेटको मौनता थिएन।त्यो मौनतामा हजारौँ नेपालीका आँसु थिए।
त्यो मौनतामा नेपालप्रतिको माया थियो।त्यो मौनतामा पीडित परिवारप्रतिको सम्मान थियो।त्यो मौनतामा एउटा प्रतिज्ञा थियो—तिमीहरू एक्लै छैनौ,नेपाल।
बेलायतको भूमिमा उभिएर हजारौँ नेपालीको मन केही क्षणका लागि नेपालका ती बस्तीहरूमा पुग्यो, जहाँ बाढीले घर बगाएको थियो,जहाँ परिवारको सदस्य हराइरहेको थियो,जहाँ एउटा आमाले आफ्नो सन्तान खोजिरहेकी थिइन्।त्यो दृश्य सम्झिँदा मन भारी हुन्छ।तर त्यही पीडाबीच आशाको एउटा किरण पनि देखिन्छ।हामी एक भयौँ भने नेपाल फेरि उठ्न सक्छ।कार्यक्रम रोक्ने होइन,मानवताको दिशामा मोड्ने
विपत्ति आयो भन्दैमा जीवन रोकिनु हुँदैन।
किसानले खेती गर्नुपर्छ।
श्रमिकले काम गर्नुपर्छ।
उद्योग चल्नुपर्छ।
व्यवसाय चल्नुपर्छ।
विद्यालय खुल्नुपर्छ।
अस्पताल चल्नुपर्छ।
खेलाडीले खेल्नुपर्छ।
कलाकारले सिर्जना गर्नुपर्छ।
समाज चल्नुपर्छ।
अर्थतन्त्र चल्नुपर्छ।तर
हाम्रो हृदय पनि चल्नुपर्छ।त्यसैले कार्यक्रम रद्द गर्नुको सट्टा त्यसलाई मानवताको अभियानमा बदल्न सकिन्छ/सांस्कृतिक कार्यक्रमलाई राहत अभियान बनाउन सकिन्छ।उत्सवलाई सहयोगको अवसर बनाउन सकिन्छ।
संगीतलाई पीडितको आवाज बनाउन सकिन्छ।मनोरञ्जनलाई मानवताको सन्देश बनाउन सकिन्छ।
जन्मदिनलाई सहयोगको दिन बनाउन सकिन्छ।विवाह,सभा, सम्मेलन र सामाजिक कार्यक्रमलाई राहत संकलनसँग जोड्न सकिन्छ।जीवन रोक्नु समाधान होइन, जीवनलाई जिम्मेवार बनाउनु समाधान हो।
आज हामी सबैले केही गरौँ/नेपालमा विपत्ति पर्दा हामीमध्ये धेरैले सामाजिक सञ्जालमा दुःख व्यक्त गर्छौँ।
तर अब एउटा कदम अगाडि बढौँ।दुःख व्यक्त मात्र नगरौँ,सहयोग गरौँ।
सक्नुहुन्छ भने आर्थिक सहयोग गर्नुहोस्।
सक्नुहुन्छ भने राहत सामग्री पठाउनुहोस्।
सक्नुहुन्छ भने स्वयंसेवक बन्नुहोस्।
सक्नुहुन्छ भने आफ्नो संस्था परिचालन गर्नुहोस्।सक्नुहुन्छ भने अरूलाई सहयोग गर्न प्रेरित गर्नुहोस्।र यदि आर्थिक रूपमा सहयोग गर्न सक्ने अवस्था छैन भने पनि चिन्ता नगर्नुहोस्।
एउटा सही सूचना शेयर गर्नुहोस्।एउटा सहयोग अभियानबारे अरूलाई बताउनुहोस्।एउटा पीडित परिवारको आवाज सम्बन्धित निकायसम्म पुर्याउनुहोस्।किनकि मानवताको मूल्य सहयोगको रकमले मात्र नापिँदैन।
विदेशमा बसेका नेपालीलाई विशेष आग्रह छ,
हामी संसारका विभिन्न देशमा छरिएर बसेका छौँ।कोही बेलायतमा छौँ।कोही अमेरिका।
कोही अस्ट्रेलिया।कोही जापान।कोही युरोप।
कोही खाडी मुलुकमा।
कोही भारतमा।कोही संसारको कुनै कुनामा।
तर हाम्रो परिचय एउटै छ—हामी नेपाली हौँ।
हामीले विदेशमा घर बनायौँ होला,व्यवसाय गर्यौँ होला,सफलता हासिल गर्यौँ होला।तर हाम्रो बाल्यकालका सम्झना,हाम्रो भाषा, हाम्रो संस्कार,हाम्रा चाडपर्व र हाम्रा पुर्खाको माटो नेपालमै छ।हामीले विदेशबाट नेपाल सम्झिनुपर्ने दिन मात्र होइन।नेपाललाई हाम्रो आवश्यकता परेको दिन नेपालका लागि उभिनुपर्ने दिन पनि हो।
आज त्यही दिन हो।
एउटा सानो सहयोग, कसैको ठूलो आशा बन्न सक्छ/हामीमध्ये कसैले सोच्न सक्छौँ—मैले दिएको सानो रकमले के फरक पर्छ र?तर कल्पना गर्नुहोस्—यदि एक नेपालीले रु.१०० सहयोग गर्यो,
अर्कोले रु.१,०००,
अर्कोले रु. १०,०००,
र लाखौँ नेपालीले आफ्नो क्षमता अनुसार हात बढाए भने?
त्यो सानो–सानो सहयोग मिलेर एउटा परिवारको छानो बन्न सक्छ।कसैको औषधि किन्न सकिन्छ।कसैको बच्चाको पढाइ जोगाउन सकिन्छ।कसैको भान्सामा केही दिनको खाना पुग्न सक्छ।
कसैलाई फेरि आफ्नो खुट्टामा उभिन सुरु गर्ने साहस मिल्न सक्छ।
त्यसैले रकम सानो भयो भनेर सहयोग रोक्नु हुँदैन।मन ठूलो भयो भने सानो सहयोग पनि ठूलो बन्छ।
तमुधीं यूकेको १७ औँ नेपाली मेलाबाट एउटा ठूलो सन्देश
तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ ज्यू तथा सम्पूर्ण आयोजक टोलीलाई हार्दिक धन्यवाद र बधाई दिन चाहन्छु।वर्षौँदेखि नेपाली संस्कृति र पहिचानलाई बेलायतमा जीवन्त राख्दै आएको तमुधीं यूकेले यसपटक नेपाली मेलालाई मानवताको अभियानसँग जोडेर नयाँ उचाइ दिएको छ।
बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति मौनधारण गर्नु र संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री आपत्कालीन उद्धार तथा राहत कोषमा जम्मा गर्ने घोषणा गर्नु एउटा महत्वपूर्ण उदाहरण हो।
यसले हामीलाई सिकाएको छ,नेपाली हुनु भनेको नेपाली भाषा बोल्नु मात्र होइन।
नेपाली हुनु भनेको दुःखमा अर्को नेपालीको हात समात्नु पनि हो।
राष्ट्रिय सम्मानका लागि मेरो खुला सिफारिस:
एक लेखक, अभियानकर्ता तथा विश्लेषकका रूपमा म नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष एउटा गम्भीर सुझाव राख्न चाहन्छु।तमुधीं यूकेले लामो समयदेखि विदेशमा नेपाली संस्कृति,परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ। यसपटक भने उसले संस्कृतिसँग मानव सेवालाई जोडेर अझ उच्च उदाहरण प्रस्तुत गरेको छ।
त्यसैले तमुधीं यूकेको दीर्घकालीन सांस्कृतिक, सामाजिक तथा मानवीय योगदानको उच्च सम्मान गर्दै ‘गोरखा दक्षिण बाहु’ प्रदान गर्न राष्ट्रपति समक्ष नेपाल सरकारको मन्त्रिपरिषद्बाट आवश्यक प्रक्रिया अघि बढाउन नागरिकस्तरबाट खुला सिफारिस गर्दछु।
यो सम्मान एउटा संस्थालाई मात्र दिइने सम्मान हुने छैन।
यो विदेशमा बसेर नेपालका लागि निरन्तर काम गरिरहेका सम्पूर्ण नेपालीप्रतिको सम्मान हुनेछ।म यो कुरा किन यति दृढताका साथ भन्दैछु?संस्था सञ्चालन र सामाजिक अभियान कति कठिन हुन्छ भन्ने कुरा म बाहिरबाट हेरेर लेखिरहेको छैन।मैले आफैँ भोगेको छु।
बेलायत कांग्रेसको नेतृत्व गर्दा, दुई पटक NRN UK को महासचिव हुँदा,१४ वर्ष बेलायतको NRN मा विभिन्न जिम्मेवारीमा रहँदा तथा NRN ICC Honorary Council मा पटक–पटक सदस्यका रूपमा काम गर्दा प्रवासी नेपाली समुदायसँग नजिक रहेर काम गर्ने अवसर पाएँ।
आज पनि नेपाली जनसम्पर्क समिति बेलायतको प्रमुख सल्लाहकार,NRNA UK को प्रमुख सल्लाहकार, Society of Nepali Engineers UK, NBC UK, CODECK UK, CAN UK, अन्तर्राष्ट्रिय धादिङ समाज, नेपाली कलाकार संघ UK, Yeti Nepali Association UK लगायत विभिन्न संस्थासँग सल्लाहकार तथा सहभागीका रूपमा जोडिएको छु।
नेपाली कांग्रेसको केन्द्रीय विभागमा पटक–पटक केन्द्रीय विभाग सदस्यका रूपमा तथा विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी विषयमा समेत काम गरेको अनुभव छ। अन्य थुप्रै सामाजिक संस्थासँग पनि लामो समयदेखि जोडिएर काम गर्दै आएको छु।
त्यसैले हजारौँ मानिसलाई एउटै ठाउँमा ल्याउनु, कार्यक्रम आयोजना गर्नु, स्वयंसेवक परिचालन गर्नु, स्रोत व्यवस्थापन गर्नु र सबैलाई एउटै उद्देश्यमा जोड्नु कति कठिन हुन्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ।
त्यही अनुभवबाट म भन्छु—
१७ औँ नेपाली मेला एउटा कार्यक्रम मात्र थिएन।यो एउटा सन्देश थियो।यो एउटा भावना थियो।यो एउटा जिम्मेवारी थियो।
र यो एउटा उदाहरण थियो।अब हाम्रो पालो
आज नेपालका बाढीपीडित नेपालीहरूलाई हामीले एउटा कुरा भन्नुपर्ने समय आएको छ—
तिमीहरू एक्लै छैनौ।
नेपालका पहाडबाट टाढा भए पनि हाम्रो मन त्यहीँ छ।हामी समुद्रपार भए पनि हाम्रो माया त्यहीँ छ।हामीले विदेशमा पसिना बगाए पनि हाम्रो पहिचान त्यहीँ छ।हाम्रो पुर्खाको माटो त्यहीँ छ र आज त्यो माटो रोइरहेको छ।
त्यसैले आउनुहोस्—
एक नेपालीले अर्को नेपालीलाई समातौँ।
एक परिवारले अर्को परिवारलाई सहारा दिऔँ।एक संस्थाले अर्को संस्थासँग हातेमालो गरौँ।
देशभित्र र विदेशमा रहेका सबै नेपाली एक ठाउँमा उभिऔँ।
सरकारको उद्धार अभियानलाई साथ दिऔँ।विश्वसनीय राहत अभियानलाई सहयोग गरौँ।पीडितको पुनर्स्थापनामा योगदान गरौँ।र नेपाललाई फेरि उठाउने यात्रामा सहभागी बनौँ।किनकि विपत्तिले हाम्रो घर भत्काउन सक्छ,
तर हाम्रो एकता भत्काउन सक्दैन।
बाढीले हाम्रो धन बगाउन सक्छ,
तर हाम्रो मानवता बगाउन सक्दैन।
प्राकृतिक विपत्तिले केही जीवन खोस्न सक्छ,तर बाँचेका लाखौँ नेपालीको आशा खोस्न सक्दैन।अन्तिम शब्द
आज हामीले मृतकप्रति श्रद्धाञ्जली मात्र अर्पण नगरौँ।उहाँहरूको सम्झनामा एउटा जीवन बचाउने प्रयास गरौँ/शोक मात्र नगरौँ/सहयोग गरौँ।दुःख मात्र व्यक्त नगरौँ।कसैको दुःख कम गरौँ/नेपाललाई सम्झेर आँसु मात्र नझारौँ।नेपालका लागि हात पनि बढाऔँ।
किनकि अन्ततः हामी जहाँ पुगे पनि हामी नेपाली हौँ।नेपाल हाम्रो घर हो।नेपालको पीडा हाम्रो पीडा हो।नेपालको आँसु हाम्रो आँसु हो।
र नेपालको पुन-र्निर्माण हाम्रो साझा जिम्मेवारी हो।
आउनुहोस्,आजैबाट एउटा संकल्प गरौँ-
विपत्तिमा परेका नेपालीलाई म एक्लो हुन दिनेछैन।मेरो क्षमताले भ्याएसम्म म सहयोग गर्नेछु।नेपाल रोएको बेला म चुप लागेर बस्नेछैन।हामी सबै मिलेर नेपाललाई फेरि उठाउनेछौँ।
नेपाल बाँचोस्।नेपाली बाँचून्।मानवता बाँचोस्/हाम्रो एकता सधैँ बाँचिरहोस्।
जय नेपाल।