काठमाडौँ । नेपाल सरकारले नेपाली पूर्वप्रधानसेनापति गौरव शमशेर जबरालाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायतसहित विभिन्न १३ देशका लागि राजदूत सिफारिस गरेको हो ।
को हुन् थापा ?
पूर्व प्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा एक विशिष्ट सैन्य नेता र रणनीतिकार हुन्, जसले नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरी प्रधानसेनापति (२०१२–२०१५) का रूपमा आफ्नो कार्यकाल पूरा गरेका थिए । उनले विस्तृत शान्ति सम्झौताअनुसार पूर्व माओवादी लडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने कार्यको निर्देशन दिएका थिए ।
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरणको समयमा सेनाको नेतृत्व गरेका थिए र सेनाको ‘१० वर्षे दीर्घकालीन योजना’ तथा ‘सैन्य सिद्धान्त २०१३’ लागू गरेका थिए । प्रधानसेनापतिको रूपमा उनले सन् २०१५ को भूकम्पपछि नेपालको सैन्य उद्धार कार्य ‘अपरेशन संकट मोचन’को नेतृत्व गर्दै राहत कार्यमा १८ वटा विदेशी सैन्य टोलीको सहभागिताको समन्वय गरेका थिए ।
यसअघि उनले बलाधिकृत, DGMO विभागका महानिर्देशक र दक्षिण लेबनानमा नेपालको युनिफिल (UNIFIL) शान्ति सेना बटालियनको कमान्ड सम्हालेका थिए। उनले पाकिस्तानको कायदे-आजम युनिभर्सिटीबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर (M.Sc.) र त्रिभुवन विश्वविद्यालयबाट इतिहास तथा राजनीतिशास्त्रमा स्नातक (B.A.) गरेका छन् ।
उनी रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट (यूके), यु.एस. आर्मी कमान्ड एण्ड जनरल स्टाफ कलेज (फोर्ट लिभनवर्थ) र पाकिस्तानको नेशनल डिफेन्स युनिभर्सिटीका स्नातक हुन् । उनी हाल कन्जर्भेसन एलायन्स नेपालको अध्यक्ष छन् र हार्भरर्ड युनिभर्सिटी, इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्र्याटेजिक स्टडिज (लन्डन) तथा संयुक्त राष्ट्रसंघको पहिलो डिफेन्स चीफ्स कन्फरेन्सजस्ता संस्थाहरूमा नियमित वक्ताका रूपमा सहभागी हुँदै आएका छन् ।
थापासहित मन्त्रिपरिषद्ले सिफारिस गरेका नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतको नाम सम्बन्धित मुलुकबाट अग्रिमो लिन पठाइनेछ । सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले उनीहरूलाई सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्नेछन् ।
राजदूत नियुक्तिको प्रक्रिया संसदीय सुनुवाइ र सम्बन्धित मुलुकको अग्रिमो प्राप्त भएपछि अन्तिम चरणमा पुग्नेछ ।
प्रस्तावित राजदूत
१. डा. निश्चलनाथ पाण्डे: भारतका लागि प्रस्तावित राजदूत
२. डा. कल्याणराज शर्मा:— चीनका लागि प्रस्तावित राजदूत
३. चिरनजंग थापा: संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त): संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत
५. जिग्यान कुमार थापा: जापानका लागि प्रस्तावित राजदूत
६. सुरेशकुमार कर्ण: इजरायलका लागि प्रस्तावित राजदूत
७. प्राप्ति शेरचन: स्पेनका लागि प्रस्तावित राजदूत
८. शरू जोशी: जर्मनीका लागि प्रस्तावित राजदूत
९. डा. पद्माक्षी राणा: ओमानका लागि प्रस्तावित राजदूत
१०. चूडामणि खरेल: मलेसियाका लागि प्रस्तावित राजदूत
११. प्रा. डा. सङ्गम श्रेष्ठ: दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
१२. डा. मञ्चला झा: श्रीलङ्काका लागि प्रस्तावित राजदूत
१३. गिरीबहादुर सुनार: साउदी अरेबियाका लागि प्रस्तावित राजदूत