लन्डन । सोंपाल समाज यूकेको वार्षिक समर भेटघाट तथा बीबीक्यू कार्यक्रम आगामी ११ जुलाईमा हुने भएको छ ।
वेम्बलीमा हुने कार्यक्रमको तयारी तीव्र पारिएको हो । कार्यक्रममा नेपालबाट आएका लोकदोहोरी गायक एवं नायक राजु गुरुङ ज्युको विशेष प्रस्तुति रहनेछ ।
गुरुङ तमु ह्युल छोंज धींका काठमाडौँ उपत्यका प्रमुख एवं समाजसेवीसमेत हुन् । साथै, स्थानीय युवा कलाकारले पनि थप मनोरञ्जन गराउनेछन् ।
कार्यक्रममा उमेर समूहअनुसार फुटबल, छेलो फाल्ने दौड, म्युजिकल चेयर, घैटो फोड्नेजस्ता मनोरञ्जनात्मक खेल पनि हुने जनाइएको छ । बालबालिकाको लागि बौन्सी क्यासल पनि राख्ने तयारी छ ।
विजेतालाई उचित एवं आकर्षक पुरस्कार राखिएको छ । फुटबलमा लन्डनका र लन्डन बाहिरका युवाको सहभागिता रहनेछन् । यसको प्रबन्ध युवा सदस्य ओमकार गुरुङले गर्नेछन् ।
कार्यक्रम तीन भागमा हुनेछ । पहिलो भाग औपचारिक कार्यक्रम हुनेछ । दोस्रो भाग खेलकुद र तेस्रो सांस्कृतिक कार्यक्रम । कार्यक्रम सफल बनाउन समाजका अग्रज सदस्य, मान्यजन र चेलीबेटी, ज्वाइँ तथा भान्जाभान्जी र युवाहरूलाई उपस्थितिका लागि समाजले अनुरोध गरेको छ ।
कार्यक्रम सफल बनाउन संयोजकको भूमिकामा दिपा गुरुङ तथा खेलकुद संयोजकमा भीमबहादुर गुरुङ रहेका छन् । साजका अध्यक्ष जगदीश गुरुङ अध्यक्षतामा हुने औपचारिक कार्यक्रम महासचिव क्या मोहन गुरुङले सञ्चालन गर्नेछन् ।