लण्डन । तमुधीं लण्डन इकाईका पदाधिकारीहरुले हरेक बर्षको समरमा आफ्ना सदस्यहरु तथा बृद्ब अनि जेष्ठ नागरिकहरुलाई वेलायतको विभिन्न ऐतिहासीक तथा समुन्द्रिय क्षेत्रमा एक दिने भ्रमणको कार्यक्रम आयोजना गर्दै आईरहेका छन । सोही अनुसार यस बर्ष पनि जुन ६ शनिबारको दिन एक दिने भ्रमणमा झण्डै ६२ जनाको समुहमा दुईजना बौद्ब धर्म गुरुहरु खेन्पो केल्साङ थिग्डंले र लोपेन लामा कुनच्योकको साथमा वेलायतको Dover Beach ,white Cliffs क्षेत्रको अवलोकन गरि भ्रमण ऊत्कृष्ट रुपमा सम्पन्न गरेको छ ।
भ्रमण संयोजक तथा तमुधीं लण्डन इकाईका महासचिव बिकास रक गुरुड•ले जानकारी दिएनुसार गत शनिबार बिहान Northolt Leisure Centre बाट 8:00 बजे भ्रमण टोली गन्तब्य तर्फ प्रस्थान गरि झण्डै दुई घण्टाको यात्रा शुरुवतमा संयोजकले यात्रु तथा आफ्ना सदस्यहरुलाई Helth & safety बारे जानकारी दिएर यात्रा शुरु गरेका थिए । यात्रामा दुई जना श्रद्बय धर्म गुरुले शुभयात्राको म्हलम वाचन गरे पश्चात लण्डन इकाईका मिडिया सचिव तथा भ्रमण सह- संयोजक शुसील गुरुङले Dover Beach,white Cliffs र Dover Castle को ईतिहास बारे सारांसमा जानकारी दिंदै यात्राको माहोललाई थप ऊत्साह र रमणीय बनाऊन कसैले हसाऊॅंने चुट्किला भने यात्रामा सहभागी धेरैजनाले नेपाली जनाजिब्रोमा अति नै प्रचालित नेपाली लोक गीत संगीतमा रम्ने रहरले गाऊॅंदै नाच्दै पनि गरे साथ साथै Motorway को वरिपारी देखीने प्राकृतिक सुन्दर दृष्यहरुको अवलोकन गर्दै यात्रा अति नै रमाईलो सॅंग गन्तब्यमा पुग्न साथ मौसम खुलेर ऊज्यालो घाम,खुल्ला निलो सफा आकाशको तल डोबर समुन्द्रिय किनारामा रमाईलो सॅंग पुग्न सफल भए।
यस संस्थाले यसरी हरेक बर्ष समरको मौसममा भ्रमणको आयोजना गर्नु मुख्य ऊदेश्य आफ्ना समुदयका बृद्ब आमा बाबाहरु तथा स्थानिय समुदयमा रहनुहुने जेष्ठ नागारिकहरुलाई वेलायतको बिभिन्न ऐतिहासीक स्थलहरुमा घुमाऊने र साथै सामाजिक सेवाको भावनाले सहयोग तथा सेवा पुग्ने हेतुको साथै संस्थाका सस्दयहरु एक आपसमा थप संगठन हुंदै अझै घनिष्टताको साथ एक भएर सामाजिक सेवाहरुमा अगाडी बढ्नलाई टेवा पुर्याऊनुमा यस्तै भ्रमणहरुले मद्दत पुराऊनेमा विश्वास रहेको संस्थाका अध्यक्ष भरत गुरङ र आमा समुह अध्यक्ष देलकला गुरङले जानकारी दिए।
भ्रमणमा विभिन्न संघ संस्थालाई नेतृत्व गरि सक्नुभएका सोंपाल समाज यूकेका निबर्तमान पूर्व अध्यक्ष क्या.प्रेम बहादुर गुरुङ, निबर्तमान अध्यक्ष तथा NRNA ICC सदस्य श्रीप्रसाद गुरुङ, BCCUK का पूर्व अध्यक्ष चार भन्ज्याडं यूकेको संस्थापक अध्यक्ष ले.रि.नारायण प्रसाद गुरुङ(BEM), तमुबौद्ब सेवा समिति काठमाण्डौका पूर्व अध्यक्ष एवं बरिष्ठ समाजसेवी क्या.रि.रामकाजी गुरुङ,तमुधीं यूकेको प्रथम महिला ऊपाध्यक्ष तथा BCC London Branch आमा प्रमुख डिलमाया गुरुङ, BGNAUK का पूर्व अध्यक्ष समाजसेवी देऊ बहादुर गुरुङ,बरिष्ठ समाजसेवी भोज बहादुर गुरुङ,लोक गायक तिलक बहादुर गुरुङ,फोटोग्राफर जोन घोथाने गुरुङलगायत धेरै जना समाज, संस्थाका नेतृत्व गरि सकेका बरिष्ठ समाजसेवीहरुको पनि सहभागीता रहेको हुनाले भ्रमण सफल अनि ऊतकृष्ठ रहेको बताइएको छ ।


