अल्डरसट । तमु प्ये ल्हु संघ यूकेको वार्षिक भेटघाट तथा समर बीबीक्यू २७ जुनमा हुने भएको छ । संघको आफ्नै सामुदायिक भवन, रिडिङमा हुने कार्यक्रम हुने भएको हो ।
कार्यक्रमको प्रारम्भिक तयारीबारे छलफल गर्न ३१ मे आइतबार बैठक बसेको थियो । संघका अध्यक्ष क्या. डेम बहादुर योज तमुको सभापतित्वमा बसेको उक्त बैठकले कार्यक्रमलाई सभ्य र भव्य बनाउन कार्यविभाजन गरेको छ ।
खाना र बीबीक्यूको क्याटरिङका लागि खाना संयोजक कृष्णकाजी खक्यु तमु र उनको सहयोगी मोहन पर्जु तमुलाई जिम्मेवारी दिइएको छ । ड्रिंक्स संयोजक केशर प्ल्हेँ तमु र उनको सहयोगी लेख ल्हेँगे तमुलाई हार्ड ड्रिंक्स र सफ्ट ड्रिंक्सको बन्दोबस्त मिलाउने जिम्मेवारी दिइएको छ ।
पूजालाई प्रभावकारी बनाउन खेगी संयोजक पच्यु चिवा जीत क्रोम्छे तमु तथा कार पार्किङ र सुरक्षा व्यवस्था सुरक्षा संयोजक चन्द्रबहादुर योज तमुले मिलाउनेछन् ।
सांस्कृतिक संयोजक जुम टु क्ल्हेप्री तमु र उनको सहयोगी बिमला प्हच्यु तमुलाई सांगीतिक धमाकाको जिम्मेवारी दिइएको छ । अतिथि कलाकारको रूपमा शर्मिला (सरु) गुरुङ, तिलक गुरुङ र मन्जु विकलाई आमन्त्रण गर्ने निर्णय गरेको छ ।
राफल ड्र, प्रतियोगितात्मक एवं रमाइलो खेलहरूको राम्रो व्यवस्था मिलाई आकर्षक र रमाइलो प्रदर्शनीको लागि तृतीय उपाध्यक्ष डम्बर टु क्ल्हेप्री तमुलाई जिम्मेवारी दिएको छ । साउन्ड सिस्टम र टिकेट प्रिन्टिङको लागि कोषाध्यक्ष याम प्हच्यु तमु र सहकोषाध्यक्ष झक पर्जु तमुलाई अनुरोध गरिएको छ ।
सचिवालय कामकाजका तयारी एवं प्रचार प्रसारको जिम्मेवारी सचिव भेग च्हाक्ली तमु र सहसचिव दिलीप तेलैंजे तमुलाई दिएको छ । आमा समूहलाई विशेष सहयोगीको रूपमा सजावट र सत्कार कार्यको जिम्मेवारी दिइएको छ ।
कार्यक्रमको समग्र संयोजन अध्यक्ष क्या. डेम बहादुर योज तमुले गर्नेछन् । रिस्क एसेस्मेन्ट र एसाईन्मेन्ट इन्स्ट्रक्सन तयार पार्ने जिम्मा पनि उनकै रहेको छ ।
कार्यक्रमको अन्तिम तयारी बैठक ७ जुनमा भर्चुअल रूपमा बस्नेछ ।