एल्डरशट । नेपालिज ज्वेलरी एसोसिएसन यूके (NJA UK) को त्रैमासिक बैठक बिहीबार, ४ जुन २०२६ मा एल्डरशटस्थित डे लाउन्ज रेष्टुरेन्टमा सम्पन्न भयो। प्रत्यक्ष तथा भर्चुअल (हाइब्रिड) माध्यमबाट आयोजना गरिएको उक्त बैठकमा बेलायतका विभिन्न स्थानमा रहेका सदस्यहरूको सक्रिय सहभागिता रह्यो।
हाल NJA UK मा २२ वटा नेपाली स्वामित्वका सुनचाँदी तथा गरगहना व्यवसाय आबद्ध रहेका छन्। अधिकांश सदस्यहरूको उपस्थितिमा सम्पन्न बैठकले ग्राहक संरक्षण, संस्थागत सुदृढीकरण, सदस्यता विस्तार तथा आगामी वार्षिक साधारण सभाको तयारीसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरे।
सन् २०१८ मा स्थापना भएको NJA UK को मुख्य उद्देश्य ग्राहकहरूको विश्वास अभिवृद्धि गर्नु, सुनचाँदी व्यवसायमा उच्च मापदण्ड कायम गर्नु तथा बेलायतस्थित नेपाली ज्वेलरी व्यवसायीहरूलाई सहयोग प्रदान गर्नु हो। एसोसिएसनले ग्राहक अधिकार संरक्षण, गुणस्तर सुनिश्चितता, पारदर्शी व्यापारिक अभ्यास तथा सदस्य व्यवसायीमार्फत बाइब्याक (Buy-back) ग्यारेन्टी सेवा प्रवर्द्धन गर्दै आएको छ। ग्राहकहरूलाई NJA UK का सदस्य व्यवसायीहरूबाट मात्र गरगहना खरिद गर्न अनुरोध गर्दै एसोसिएसनले सुरक्षित, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः व्यक्त गरे।
NJA UK का सदस्य व्यवसायहरू:
बेलायतभर सञ्चालनमा रहेका निम्न व्यवसायहरू हाल NJA UK का दर्ता सदस्य रहेका छन्:
1st Anugraha Jewellery – Aldershot
Anugraha Jewellers – Aldershot
Ashir Jewellery – Aldershot
Ashmi Jewellers – Northolt
Buddha Jewellers – Maidstone
Dip Jewellers – Aldershot
Gracy Jewellers – Swindon
Gurkha Jewellers – Reading
Hong Kong Jewellers – Reading
Jay Santoshi Maa Jewellers – Hounslow
Jay Shree Krishna Jewellers – Northolt
Kathmandu Jewellers – Ashford
Kathmandu Raw Gold – Ashford
Lama Jewellers – Aldershot
Lucky Jewellery – Nuneaton
Nepal Jewellers – Ashford
Padma Shree Jewellers – Aldershot
Sanvi Jewellers – Aldershot
Shree Akala Jewellers – Plumstead
Shree Lucky Jewellery – Aldershot
Sidhanth Jewellers – Hayes
Sumnima Jewellers – Aldershot।
ग्राहक सचेतना अभियान:
बैठकले सर्वसम्मत रूपमा ५ जुन २०२६ शुक्रबार बिहान ११ बजे बेलायतभर रहेका सदस्य व्यवसायीहरूले एकै समयमा फेसबुक, टिकटक, भाइबर, व्हाट्सएपलगायत विभिन्न सामाजिक सञ्जालमार्फत ग्राहक सचेतना सन्देश सार्वजनिक गर्ने निर्णय गरे।
उक्त अभियानमार्फत NJA UK को परिचय गराइने, ग्राहक संरक्षण तथा सेवाप्रतिको संस्थाको प्रतिबद्धता सार्वजनिक गरिने र ग्राहकहरूलाई NJA UK का सदस्य व्यवसायीहरूबाट मात्र सुनचाँदी तथा गरगहना खरिद गर्न प्रोत्साहित गरिनेछ। खरिदअघि सम्बन्धित व्यवसाय एसोसिएसनको सदस्य हो वा होइन भन्ने सुनिश्चित गर्न समेत आग्रह गरिनेछ। साथै, सदस्य व्यवसायीहरूबाट खरिद गरिएका गरगहनामा गुणस्तर, तौल तथा शुद्धताको ग्यारेन्टीका साथै एसोसिएसनद्वारा समर्थित बाइब्याक (Buy-back) सुविधा उपलब्ध हुने जानकारी दिइनेछ।
वार्षिक साधारण सभा (AGM) २०२६:
एसोसिएसनको वार्षिक साधारण सभा (AGM) आगामी सेप्टेम्बर २०२६ मा आयोजना गर्ने प्रस्ताव गरिएको छ। यसबारे अन्तिम मिति, स्थान तथा कार्यक्रमको औपचारिक जानकारी अध्यक्षले पछि गराउने बताए।
सदस्यहरूको योगदानको प्रशंसा:
बैठकमा सहभागी भई रचनात्मक सुझाव तथा योगदान पुर्याउने सम्पूर्ण सदस्यहरूप्रति अध्यक्ष मेजर श्री योगेश राईले हार्दिक धन्यवाद व्यक्त गरे। विशेष रूपमा निम्न सदस्यहरूको सक्रिय सहभागिता र उल्लेखनीय योगदानको प्रशंसा गरियो:
-
श्री दीपेश लामा – लामा ज्वेलर्स
-
श्री सुमन राई – अनुग्रह ज्वेलर्स
-
श्री प्रेम विश्वकर्मा – दीप ज्वेलर्स
-
श्री जोन – पद्माश्री ज्वेलर्स
-
श्रीमती बानु गुरुङ – श्री अकेला ज्वेलर्स
-
श्री पवित्र केसी – सान्भी ज्वेलर्स
बैठकको सफल आयोजनामा सहयोग पुर्याउने सम्पूर्ण सदस्य तथा सहभागीहरूप्रति एसोसिएसनले आभार व्यक्त गरे।
नेपालिज ज्वेलरी एसोसिएसन यूके (NJA UK)
"ग्राहक संरक्षण, गुणस्तर सुनिश्चितता र व्यवसायिक उत्कृष्टताका लागि सहकार्य।"