लन्डन । मानिसभित्र रहेको क्षमता गुणात्मक अभिवृद्धि गर्न सघाउने तालिम हुने भएको छ ।
यूकेस्थित प्रशिक्षक मन गुरुङको प्रशिक्षणमा फार्नबोरोमा २४ जुलाई र २५ जुलाईमा आन्तरिक क्षमता अभिवृद्धि तथा सशक्तीकरण तालिम हुने भएको हो ।
‘अनलिस योर इनर सेल्फ ९ ’ नामक उक्त तालिम अल्डरसटस्थित वेस्ट इन्ड सेन्टर मा बिहान साढे ८ : ३० बजेदेखि हुने गुरुङले जनाए । तालिममा सहभागी हुन शुल्क भने लाग्नेछ । तालिमबाट बचत रकमको केही हिस्सा नेपाल र यूकेका अति आवश्यक च्यारिटी संस्थालाई सहयोग गरिने पनि प्रशिक्षक गुरुङले जानकारी दिए ।
“हरेक मानिस सफल, स्वस्थ्य, समृद्ध र खुसी हुन चाहन्छ । तर त्यसका लागि आफूसँग रहेको क्षमता उजागर गर्न मानिस सकिरहेको हुँदैन । हामी त्यही सिकाउँछौँ,” गुरुङले भने । उनले मानिस खुशी, स्वास्थ्य , संवृद्धि, सफल हुन र १०औँदेखि माथि प्रगति गर्न यस्तो तालिम आवश्यक रहेको पनि बताए ।
यस तालिम व्यापार व्यवसायमा र करिअर मा सफलता हासिल गर्ने उपाय, आफूभित्रको डर हटाएर आत्मविश्वास वृद्धि, डर, त्राश र संकोच हटाउने, धेरै गुना आत्मा विश्वास अभिवृद्धि , सकारात्मक विचार बीजारोपण, समृद्धि, अनुशासन र सशक्तीकरण, नवप्रवर्तन सुदृढ संगठन र नेतृत्व विकास, रणनीति, आर्थिक ज्ञान, आयआर्जनका उपाय आदि विषयमा केन्द्रित हुने बताइएको छ ।
तालिम घरमै बसेर पनि आफ्नो अनुकूल समयमा सिक्ने गरी व्यवस्था मिलाइने गुरुङले जानकारी दिए । यूकेबाट उच्च शिक्षा हासिल गरेका, आइ सी अफ कोच , कम्युनिटी लिडर, सिनियर प्रशिक्षक तैची एन्ड किकोंग, स्पोर्ट्स इन्थुजिअस्त , बिपस्सना मेडिटेटर मन गुरुङसँग यस क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव छ ।