बेलायत । नेपाली लोक तथा दोहोरी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ बेलायतमा नवौं लोक दोहोरी स्वर्णिम साँझ आयोजना हुने भएको छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, युके शाखाले अल्डरसटमा यो विशेष सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । आगामी ३० मे २०२६ शनिबारका दिन अल्डरसटस्थित एम्पायर बैङ्केटिङ एण्ड हलमा आयोजना हुने यस कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी कलाकारहरूको उल्लेख्य सहभागिता रहनेछ।
कार्यक्रममा सम्झना भण्डारी, शोभा त्रिपाठी, रमीला न्यौपाने, सबिना बुढा, सोनी कुँवर क्षेत्री, सपना रोका, सन्तु थापा, ललिता पुन, सरिश्मा मगर, कृष्ण सुवेदी, निरुता पुन मगर, मञ्जु बिक, रेश्मा तामाङ, रुपी सिञ्जाली मगर र गोबिन पुन लगायतका कलाकारहरूले आफ्नो सांगीतिक प्रस्तुति दिने तय भएको छ।
नेपाली कला–संस्कृति, लोक तथा दोहोरी गीतको संरक्षण, संवर्द्धन र उत्थानका लागि जुटौंू भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रम दिउँसो २स्३० बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रमका लागि टिकट दर समेत निर्धारण गरिएको छ, जसमा अग्रिम बुकिङका लागि २० पाउण्ड र गेट टिकटका लागि २५ पाउण्ड तोकिएको छ। ६ देखि १२ वर्षसम्मका बालबालिका र ज्येष्ठ नागरिकका लागि भने १५ पाउण्डको सहुलियतपूर्ण दर राखिएको छ।
प्रवासमा नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्ने यो अभियानमा सम्पूर्ण नेपाली समुदायको गरिमामय उपस्थितिका लागि प्रतिष्ठानका अध्यक्ष मनसुधन थापाले आग्रह गरेका छन् । कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक तयारीहरू तीव्र पारिएको उनले बताए ।