बेलायत । KSWS UK द्वारा आयोजित मौलिक किरात–सुनुवार सांस्कृतिक तथा धार्मिक पर्व “श्यादर–पिदार २०२६” भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रममा समुदायका सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनजाति महासंघ UK का अध्यक्ष Major (Retd.) Yogesh Koyi Rai रहनुभएको थियो भने विशेष अतिथिहरूमा Tamu Dhee UK का अध्यक्ष Jumkaji Gurung, Magarsangh प्रतिनिधि Netra Pun, Greater Rushmoor Nepali Samaj का अध्यक्ष Lila Seling Mabo तथा समाजका विशेष अतिथि Gurkha Major Subaraj Sunuwar रहेका थिए ।
समाजको मौलिक संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा पूजा, सांस्कृतिक प्रस्तुति तथा ढोले ताल विशेष आकर्षण बनेका थिए। कार्यक्रम सफल बनाउन VC KEDAR को नेतृत्व तथा मार्गदर्शन, VC PRAKASH को प्रशासनिक सहयोग, सचिव SUKUN (SUMI) को सचिवालय भूमिका, कोषाध्यक्ष KHAJENDRA र MILAN को आर्थिक व्यवस्थापन तथा कार्यसमिति सदस्य PRAYAS र SAMIR को सक्रिय सहयोग उल्लेखनीय रहेको अध्यक्षले बताए ।
महिला टोली PARBATI दिदी and Team ले पूजा प्रसाद तथा सजावट व्यवस्थापन गरेको तथा ढोले टोलीले कार्यक्रमलाई जीवन्त र उत्साहपूर्ण बनाएको उल्लेख गरिएको छ। साथै INDRA र GITRAJ लगायत सम्पूर्ण स्वयंसेवकहरूको योगदानको पनि प्रशंसा गरिएको थियो। कार्यक्रममा सल्लाहकार BIJAY Mukhiya, CHHATRA Sunuwar, MOTI Sunuwar, BADRI YATA Sunuwar, JITENDRA Sunuwar, YADAV Sunuwar, JANGA Sunuwar तथा पुजारी LOK Sunuwar लाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो।
KSWS UK का अध्यक्षले सम्पूर्ण सहयोगी, अतिथि तथा समाजका सदस्यहरूप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले समुदायको एकता, संस्कृति र पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।






