बेलायत । स्याङ्जा समाज यूकेको तेस्रो कार्यसमितिको दोस्रो बैठकले यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङलाई मनोनीत गरेको छ ।
अध्यक्ष रुपा गुरुङको अध्यक्षतामा शनिबार २ मे २०२६ मा अल्डरसटस्थित दि लाउन्ज रेष्टुरेन्ट एण्ड बारमा बसेको बैठकले जिल्लाभरिका विभिन्न संस्थाहरुको सिफारिस र अनुमतिमा संरक्षक, ट्रस्टी र सल्लाहकार मनोनीत गर्ने निर्णय गरेको हो ।
बैठकले मेजर कुमार गुरुङलाई संरक्षक बनाउने निर्णय गरेको छ । यस्तै विद्यमान विधानको व्यवस्थाबमोजिम ५ जना ट्रस्टी मनोनीत गरेको महासचिव यमबहादुर गुरुङले जानकारी दिए । समाजको ट्रस्टीहरुमा श्रीप्रसाद गुरुङ, क्या. डोल गुरुङ, नारन गुरुङ, डा. बलराम ढकाल र होम राना रहेका छन् ।
प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ, सल्लाहकारहरुमा भरत गुरुङ (पूर्वअध्यक्ष), गोपाल गुरुङ, खर्कबहादुर गुरुङ, नोर राना, गीर गुरुङ, हरि गुरुङ, जगदीश गुरुङ, हेम थापा मगर, धनकाजी गुरुङ, क्या भीमबहादुर गुरुङ, चन्द्र गुरुङ, खुमा थापा, राजबहादुर गुरुङ, ज्यामबहादुर थापा, क्या भीमप्रसाद गुरुङ, एलबीजेड गुरुङ, घनबहादुर थापा, मेघबहादुर गुरुङ, भीम गुरुङ, देउबहादुर गुरुङ मनोनीत गरिएको उनले जानकारी दिए ।
यसैगरी देउबहादुर गुरुङ, डा विशाल गुरुङ, नवीन गुरुङ, किरन गुरुङ, श्री गुरुङ, कृष्ण भण्डारी, इन्द्र गुरुङ, चिनबहादुर आले, राजकुमार आले, कृष गुरुङ, क्या रामकाजी गुरुङ, तुल आले, मिन गुरुङ, रामप्रसाद बगाले, विनोद गुरुङ, तिजु गुरुङ, मदन राना, भेगलाल गुरुङ, ह्यारी गुरुङ, नारन आले, तेज आले, शिव सापकोटा, दिलबहादुर गुरुङ, राम खान, दिलबहादुर गुरुङ, राजेन्द्र गुरुङ, थमन सिङ थापा, हुमकुमारी गुरुङ, सन्तोषी गुरुङ, सिर्जना गुरुङ, मनदेवी गुरुङ, कमला गुरुङ, सीमा गुरुङ, इन्द्र आले सल्लाहकारमा चयन भएका छन् ।
यस्तै भूमाया थापा, कृष्ण गुरुङ, गंगा गुरुङ, गीता थापा, धनमाया गुरुङ, बेधी थापा, धनमाया गुरुङ, केभ गुरुङ, हेम थापा, लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आले, मेजर राजकुमार मल्ल, माया गुरुङ, टोल काम्च मगर र सावित्री गुरुङलाई सल्लाहकारमा मनोनीत गरेको महासचिव यमबहादुर गुरुङले जानकारी दिए ।
यूकेमा रहेका स्याङ्जा जिल्ला भित्रका १२ वटा संघ, संस्थाहरुलाई समेटेर एउटै छातामुनिबाट सामाजिक काममा लाग्ने हेतुले सबै जात, क्षेत्र र वर्गलाई समेटेर संरक्षक, सल्लाहकार र ट्रस्टी मनोनीत गरेको अध्यक्ष रुपा गुरुङले प्रस्ट पारिन् ।
बैठकले समानुकूल हुने गरी आगामी वार्षिक साधारणसभाबाट विधान संशोधन गर्ने, सदस्यता विस्तार गर्ने, सामाजिक सञ्जाल भाइबर, फेसबुक, ह्वाट्सयापलगायत संस्थाको आधिकारिक अकाउन्ट तथा ग्रुपलाई व्यवस्थित गर्ने निर्णय पनि गरेको छ ।
यस्तै आगामी २० जुनमा समाजले आयोजना गर्ने वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ लाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्लावासी तथा विभिन्न संघसंस्थालाई आग्रह गर्ने निर्णय पनि गरिएको छ । उक्त कार्यक्रमको संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष भक्त दर्जी र उपाध्यक्ष भीम गुरुङलाई दिइएको छ । कार्यक्रम फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा हुनेछ ।
बैठकको अवसरमा मनोनीत भएका संरक्षक, ट्रस्टी, वरिष्ठ सल्लाहकार, सल्लाहकारहरुलाई अध्यक्ष रुपा गुरुङले खादाले गरिएको थियो । सोही क्रममा स्याङ्जा जिल्लाबाट सांगीतिक कार्यक्रमका लागि बेलायत आएकी गायिका सपना रोकालाई स्वागत, सम्मान गरिएको थियो ।
बैठकमा निवर्तमान अध्यक्ष भरत गुरुङ र जिल्लाभरिका विभिन्न संस्थाहरुका वरिष्ठ तथा विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।