प्रकाश गुरुङ
लन्डन । २६ अप्रिलमा भएको TCS लन्डन म्याराथन २०२६ ले ऐतिहासिक नतिजा ल्याएको छ । केन्याका सबास्टियन सावेले पुरुष दौड १:५९:३० को विश्व रेकर्डमा जित हासिल गर्दै पहिलो आधिकारिक दुई घण्टाभन्दा कम म्याराथन धावक बने।
इथियोपियाका योमिफ केजेलचाले १:५९:४१ को समय निकालेर दोस्रो स्थान हासिल गरे र युगान्डाका ज्याकब किप्लिमोले २:००:२८ को समय निकालेर तेस्रो स्थान हासिल गरे। इथियोपियाकी टिग्स्ट असेफाले २:१५:४१ को समय निकालेर महिलाहरूको लागि मात्र विश्व रेकर्ड बनाए। हेलेन ओबिरी दोस्रो र जोयसिलिन जेप्कोसगेई तेस्रो स्थानमा रहे। मार्सेल हगले पुरुषहरूको ह्वीलचेयर दौड जितिन् भने क्याथरिन डेबरनरले महिलाहरूको ह्वीलचेयर प्रतियोगिता जितिन्।
यो विश्वभरको म्याराथन इतिहासमा एउटा ऐतिहासिक दिन थियो। विश्व भरि छरिएर बसेका नेपालीहरूको यसपटक उत्साहजनक सहभागित रहेको थियो। नेपाल रन संग आवद्ध विश्वका १० देशबाट ५८ जनाले भाग लिएका थिए। अमेरिका, अष्ट्रेलिया, जर्मनी, सर्बिया, नेपाल, अष्ट्रिया, सिंगापुर, बेल्जियम, यूएई जर्मनी लगायत वेलायतमा बस्ने नेपालीहरुले लन्डन म्याराथनमा भाग लिन आएका थिए। लन्डन म्याराथनमा भाग लिएका नेपाली धावकहरुलाई लन्डन नेपाली दूतावास र नेपाल रन यूकेले स्वागत सम्मान गरेका थिए।
कार्यवाहक राजदूत दुवाडीले धावक स्वंयसेवक सबैलाई बधाई दिंदै भने, 'म त ४२ कि.मी. दौडन कल्पना पनि गर्न सक्दिन,तपाईहरुले पुरा गर्नुभयो। धेरै बधाईछ। यहाँ एक जना धावक ६४ वर्षका हुनुहुन्छ। उहाँले १६० वटा म्याराथन कुदिसक्नुभयो। मलाई गौरव लाग्छ। तपाईहरुलाई बधाई सम्मान गर्न पाउँदा।'









नेपाल रन यूके संस्थापक, कोच सन्तोष राईले स्वयंसेवकहरुलाई विशेष धन्यवाद दिंदै नयां रेकर्ड राखेका र सहभागिता जनाएका सबै धावकहरुलाई बधाइ,सम्मान गरेका थिए। नेपाल रन क्लबको मुख्य स्वयंसेवकहरु शिव सैंजु,विष्णु दिवान, निलु दिवान, अम्बिका राई आधिकारिक स्वयंसेवकहरू केशव पुडासैनी,कुश गुरुङ,भान चन्द, भरत पौडेल,सरोज थापा, खिम थापा, शिव गुरुङ,चिज गुरुङ, राम धन राई, दर्पण गौतम,नरेन्द्र प्रधान,सलिना राजभण्डारी,मोहन कार्की, नारायण पन्त गेष्ट रनिङ्ग कमिनिटिज, रन्डरबोल्ट रनिङ्ग कमिनिटी, हाम्रो रन क्लब सबैलाई कार्यबाहक राजदूत विपिन दुवाडीले धन्याबाद स्वरुप खादा लगाइदिएका थिए।
सिङ्गापुरबाट आएका खेलाडी सुवास गुरुङले 2:23:35 मा दौड पुरा गरि नेपाल रन टिमको सबै भन्दा फास्ट रनर भए। संयुक्त राज्य अमेरिकाबाट आएका अनुप श्रेष्ठ, आमोद आचार्य, डिक्की छिरिङ,विरेन्द्र गुरुङ, बिकल गुरुङ, उज्ज्वल लम्साल, अस्ट्रेलियाबाट दिनेश पाण्डे, किशोर अर्याल, चन्द्र गुरुङ, नेपालबाट आएका सहदेव ब्यंजकर, सबिना मानन्धर, स्कटल्याण्डबाट आएका उज्ज्वल कार्की, जर्मनीबाट आएका फलिन्द्र चौलागाईं, अस्ट्रियाबाट आएका, सुजाता घिमिरे, बेल्जियमबाट आएका राजा राम महत, सर्बियाबाट आएका ६४ वर्षका खोप गुरुङले ७५ भन्दा बढि देशमा १ सय १६ पटक म्याराथनमा भाग लिएका छ । कार्यक्रममा डबल ६ स्टार फिनिशर सबैलाई राजदूतले बधाई दिएका थिए । हालै नेपाल रन क्लबबाट 6 प्रमुख म्याराथन फिनिशरहरू पाण्डव मोहतो शेफ पोशाक लगाएर कुदेको, नारायणबाबु पन्त र प्रदीप गुरुङलाई पनि विशेष बधाई दिइयो।
नेपाली परम्परागत पोशाकमा सबैभन्दा छिटो म्याराथन महिलाको गिनिज वोल्ड कीर्तिमान, ७७७ नेपाल म्याराथन प्रथम महिला, ७ विश्व प्रमुख म्याराथन फिनिशर, धरानको तेस्रो भेट्रेन नेवा च्यारिटी दौड १० हजार दौड २०२६ का तेज माया रेग्मी सिग्देललाई बधाई दिएको थियो।
नेपाल रन क्लबबाट ७७७ नेपाल म्याराथन चुनौतीका २०२६ फिनिसरहरू
सुष्मा गुरुङ - ७ हाफ
पुस्कर नेपाल - ७ पूर्ण
अन्जु सिग्देल - ७ पूर्ण
जुलियट - ७ हाफ
सरबजित डोनोआ - ७ आधा
विल्टन ग्रे - ७ हाफ
क्लबको वेष्ट इम्प्रुट् धावक
महिला - सुष्मा गुरुङ
पुरुष - लक्ष्मण गुरुङ
अहिलेसम्म डोनेसन सङ्कलन
अष्ट्रेलियाबाट चन्द्र गुरुङ - AUD$6357
अष्ट्रेलियाबाट दिनेश पाण्डे र किशोर अर्याल AUD$10253
स्कटल्याण्डबाट उज्ज्वल कार्की - £१००० सबैलाई खादा र मायाको चिनो दिएर राजदूतले बधाइ दिएका थिए।
विषेश कार्यक्रम वीच "नेपाल रन ग्लोबल" नामको घोषणा सन्तोष राईले गरे। नेपाल रन बाहेक पनि धेरै नेपालीहरुले आ-आफ्नै तवरबाट च्यारिटीका लागि लन्डन म्याराथन कुदेका थिए। मिन सुनुवारले खाली खुट्टा दौडेर रेकर्ड कायम गरेकोछ। त्यस्तै गोर्खा वेलफेयर ट्रष्टका लागि डोको बोकेर पनि कुदेको देखियो। राजदूतबासमा भएको कार्यक्रम डा. जगन कार्कीले संचालन गरेका थिए। डिफेन्स अटाची ब्रिगेडिएर जनरल अनुप शाह, पत्रकारहरु र केहि धावकका परिवारहरुको सहभागित रहेको थियो।