लमजुङ समाज यूकेको १९औं बार्षिक साधारण सभा समाजका अध्यक्ष श्री पूर्ण राज गुरुङ को सभापतित्वमा शनिबार १८ मे २०२६ का दिन ठमेल रेष्टुरेण्ट अल्डर्सटमा सम्पन्न भयो ।
महासचिब कृष्ण गुरुङले संचालन गरेको बैठकलाई अध्यक्ष पूर्ण राज गुरुङ , संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ र आमा समुहकी निबर्तमान अध्यक्ष तथा सातौं कार्यसमितिकी बर्तमान उपाध्यक्ष श्रीमती माला घलेले पानसमा दिपप्रज्वोलन गरी औपचारिक रुपमा समुद्घाटन गरिएको थियो । नेपालको तथा बेलायतको राष्ट्रिय धुन पश्चात् समाजका दिवांगत भएका सदस्यहरुको सम्झनामा १ मिनेट मौन धारणा पनि गरिएको थियो । सो बैठकमा उपस्थित भएका महानुभावहरुलाई सम्बोधन गर्दै समाजका बरिष्ठ उपाध्यक्ष परशु गुरुङले बैठकको महत्व बारे मन्तव्य दिंदै उपस्थिति को लागि धन्यबाद दिंदै स्वागत गरेको थियो ।
बैठकमा संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ, पूर्बाध्यक्षहरु कृष्ण गुरुङ, तुलाराम गुरुङ, बिश्व जंग गुरुङ, ट्रष्टी शेर सुनार , सल्लाहकार पूर्णचन्द्र म्हेगीलामा गुरुङ र आमा समुहकी संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीमती ईन्द्र गुरुङले बैठकको भव्य अनि सभ्य सफलताको शुभकामना मन्तव्य दिएका थिए । महासचिव द्वारा १८औं वार्षिक साधारण सभा देखि अहिले सम्मको समाजको गतिबिधिहरुबारे बार्षिक प्रतिबेदन प्रस्तुत गरेको थियो ।
त्यस्तै गरी कोषाध्यक्ष उमर जंग (यूजे) गुरुङले आर्थिक प्रतिबेदन प्रस्तुत गरेको थियो । आमा समुहकी उपाध्यक्ष श्रीमती मनिता (मुना) गुरुङले आमा समुहको बार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । समाज घर खरिद गर्ने बारे योजना संयोजक तथा संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङले पावरपोइण्टद्वारा कार्ययोजना प्रस्तुत गरेको थियो । त्यस्तै गरी क्याप्टेन देव घलेले ट्रष्टी मेम्बरहरुको जिम्मेवारी र कर्तव्यबारे Power Point Presentation गरेको थियो ।
युवा संयोजक सुश्री लुईस गुरुङले युवाहरुको प्रतिबेदन अनि आउने भावीकार्यक्रमबारे प्रस्तुत गरेकी थिइन् । त्यस्तै गरी सचिब अनुप गुरुङले डारेक्ट डेबिट वा स्ट्याण्डर डेबिट गरेबापत समाजलाई के कति आर्थिक लाभ हुन्छ भन्ने बारे प्रष्ट पारेको थियो । क्याप्टेन दिपक घलेले नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्री भण्डारी (साम्बा) को उपचारार्थ समाजका सदस्यहरुले सहयोग गरेको रकम हस्तान्तरण गरेको बारे प्रस्तुत गरेको थियो । समाजको भलाईको लागि अन्य धेरै बिषयमा छलफल गरी सर्वसम्मत अनुमोदन गरिएको थियो । गत वर्ष को मुख्य तीन बिशेष कार्यक्रमका संयोजकहरु बरिष्ट उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्षद्वय कुमार गुरुङ र श्रीमती माला गुरुङलाई अध्यक्ष पूर्ण राज गुरुङले क्रेगी खादालगाई सम्मान गरिएको थियो ।
त्यस्तै गरी नेपालबाट भरखर बेलायत आएकी चर्चित तथा लोकप्रिय गायिका मन्जु बिकलाई समाजकी प्रथम महिला श्रीमती जमुना गुरुङले खादा लगाई पूष्प गुच्छा दिई स्वागत गरेकी थिइन् । अध्यक्ष पूर्ण राज गुरुङले यस बर्षको समरपार्टी तथा हाउजिंग प्रोजेक्ट च्यारिटी डिनर कार्यक्रमको संयोजक बरिष्ठ उपाध्यक्ष परशु गुरुङ, नेपाली मेलाको सहभागिताको लागि संयोजक उपाध्यक्ष श्रीमती माला घले र विण्टर पार्टी संयोजक उपाध्यक्ष कुमार गुरुङलाई जिम्मेवारी दिएको थियो ।
कार्यक्रमकाे अन्त्यमा अध्यक्ष पूर्ण राज गुरुङले समाजलाई सुव्यवस्थित गराउककंनको लागि बिबिध बिषयमा आफ्नो बिचार व्यक्त गर्दै समाजको मान प्रतिष्ठाको लागि समाजका सदस्यहरुको योगदानप्रति आभार व्यक्त गर्दै यो १९औं बार्षिक साधारण सभालाई समापन गरेका थिए । बैठकमा चिया कफी पानी र खानाको पनि व्यवस्था गरिएको लमजुङ समाज यूकेका बरिष्ठ उपाध्यक्ष परशु गुरुङले जानकारी दिए ।





