लन्डन । इलाम समाज बेलायतको सातौँ अधिवेशनले धनबहादुर राईलाई आगामी तीन वर्षका लागि अध्यक्षमा चयन गरेको छ । अधिवेशन अप्रिल ११ मा एम्पायर हल अल्डरसटमा सम्पन्न भएको थियो ।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा कृष्णबीर तामाङ र मेजर नवल किरण याक्खा, महिला उपाध्यक्ष मिना गुरुङ, महासचिव चोक गुरुङ, सचिव इन्द्रबहादुर राई, कोषाध्यक्ष डम्बर राई तथा सहकोषाध्यक्ष धन अशोक राई, खेल संयोजक लेख राज राई,जनसम्पर्क/मिडिया संयोजक प्रेमबहादुर राई चयन भएका छन् ।
नयाँ कार्यसमिति चयनका लागि संस्थाका पूर्वअध्यक्ष प्रमीला लाबुङको संयोजकत्वमा रमेश बुर्जा सदस्यसचिव र मानबहादुर राई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिका संयोजकले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष टेक वीर राईले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरे । नव निर्वाचित अध्यक्ष धनबहादुर राईले संस्थालाई अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाए ।
यसअघि उद्घाटन सत्र अध्यक्ष टेकवीर राईको अध्यक्षता र महासचिव याम कमल गुरुङले कार्यक्रम सञ्चालन गरेकम थिए । उपाध्यक्ष धन बहादुर राईले स्वागत मन्तव्य राखेका थिए । पूर्वअध्यक्ष राजेन्द्र राईले शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनमा महासचिवले प्रगति प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । कोषाध्यक्ष घनश्याम गुरुङले आर्थिक प्रतिवेदन पेस गरेका थिए । छलफल पछि दुवै प्रतिवेदन पारित गरिएको थियो ।