बेलायत । ग्रेटर रशमोर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले आइतबार, १२ अप्रिल २०२६ का दिन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा नेपाली नयाँ वर्ष ऐतिहासिक तथा भव्य रूपमा मनाएको छ ।
संस्थाका अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव लेफ्टिनेन्ट सुनिल राना मगरले गरेका थिए भने उपाध्यक्ष एवं कार्यक्रम संयोजक उत्तरबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रशमोर बरो काउन्सिलका मेयर कालम स्टिवार्ट, विशेष अतिथिमा बेलायती सांसद अलेक्स बेकर रूपमा उपस्थित थिए । अन्य विशेष अतिथिहरूमा नेपाली दूतावास लन्डनका द्वितीय सचिव संजोक राई, काउन्सिल लिडर ग्यारेथ विलियम्स, डिपुटी लिडर सोफी पोटर, काउन्टी काउन्सिलर आलेक्स क्रोफोर्ड, एनआरएनए आईसीसीका उपाध्यक्ष एवं पत्रकार विश्वास दीप तिगेला, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, प्रमुख संरक्षक डेबिट (दीपक) गुरुङ, नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राई उपस्थिति थिए ।

यस्तै तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, किरात राई यायोक्खा यूकेका अध्यक्ष मेजर दिलकुमार राई, मगर संघ यूके, तमु प्ये ल्हु संघ यूके, सिर्जनशील नेपाली समाज यूके, किरात याक्थुङ चुम्लुङ यूके, किरात सुनुवार वेलफर सोसाइटी यूके, पासा पुछ गुथि यूके, क्षेत्री समाज यूके, थकाली समाज यूके, तामाङ सोसाइटी यूके, शेर्पा संघ यूकेका अध्यक्ष तथा प्रतिनिधि उपस्थित थिए ।
यस्तै बीसीसी यूके, सहारा यूके, सयपत्री कल्चर ग्रुप, पाँचथर समाज यूके, लमजुङ समाज यूके, स्याङ्जा समाज यूके, तेह्रथुम समाज यूके, ताप्लेजुङ समाज यूके, इलाम समाज यूके, कालीगण्डकी सेरोफेरो यूके, बिगेसो यूके, तमु लामा समाज यूके, पाँचथर थर्पु समाज यूके, नादा तमु समाज यूके, एडिएस यूके, विभिन्न संघ–संस्थाका अध्यक्ष एवं पदाधिकारीहरू तथा क्युओजीएलआरका अफिसरलगायत सयौं नेपाली तथा गैर नेपालीहरु र जीआरएनसीका संस्थापक पूर्वअध्यक्ष, पूर्वअध्यक्षहरु, पदाधिकारी, ट्रस्टी, सल्लाहकार, वर्तमान कार्यसमितिका पदाधिकारी, सदस्य, पूर्वकाउन्सिलरलगायतको सहभागिता रहेको थियो ।

गोर्खा मेजर विवेकजंग शाह एमभीओ एमबीई, मेजर चक्र खत्री एमबीईलगायत थुप्रै गोर्खा मेजरहरु सहभागी थिए । राफल ड्रको पहिलो पुरस्कार विजेता क्युओजीएलआर टेबल बनेको थियो । उक्त पुरस्कार जीआरएनसीकी अध्यक्ष माबोलाई नै संस्थाको सहयोग स्वरुप प्रदान गरिएको थियो ।
सांस्कृतिक समारोहमा ज्येष्ठ नागरिक क्याप्टेन वीर बहादुर थापा मगर र नेपालबाट आएकी लोकप्रिय गायिका तथा मोडल रेश्मा तामाङले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। साथै, स्थानीय कलाकारहरूले लिम्बू समुदायको च्याब्रुङ नृत्य, राईहरूको साकेला लगायत विभिन्न जातजातिको मौलिक नृत्यहरू प्रदर्शन गरेका थिए। सांस्कृतिक सत्रको सञ्चालन संस्थाका पूर्वअध्यक्ष रोहित गुरुङ र सह–मिडिया संयोजक गोमा राना मगरले गरेका थिए।
कार्यक्रममा शैक्षिक योग्यता तथा विभिन्न क्षेत्रमा विशेष उपलब्धि हासिल गर्ने सदस्यहरूलाई अध्यक्ष मावो र मेयर स्टिवार्टले सम्मान गरेका थिए । सो अवसरमा प्रमुख अतिथि सांसद अलेक्स बेकर, विशेष अतिथि द्वितीय सचिव संजोक राई, मेयर कालम स्टिवार्ट र संस्थापक अध्यक्ष राज लिम्बुले नयाँ वर्षको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा तीन सय पाउन्डभन्दा बढी प्रायोजन गर्ने व्यवसायीहरुको मञ्चमा भिडियो र मन्तव्य प्रस्तुत गरिएको थियो । जीआरएनसीको कार्यक्रममा १ सयभन्दा बढी व्यवसायी र व्यापारीहरुलाई एकै ठाउँ उभ्याउन विजनेस कोअर्डिनेटर तथा गोर्खा ट्राभल्सका प्रोपाइटर दिलरास गुरुङले भूमिका खेलेका थिए । कार्यक्रममा सांस्कृतिक संयोजक डिएमटी ब्यान्डका अध्यक्ष दिनेश गुरुङ, सहसंयोजक वीर बलाल (स्थानीय मौलिक संस्कार संस्कृति संयोजक) थिए ।
जीआरनसीका कोषाध्यक्ष मिलन रोका, भाइराजा थापा, बसन्त श्रेष्ठ, सचिव प्रजेश श्रेष्ठ, प्रोजेक्ट म्यानेजर सुशीला थापा, सञ्जय राई, ज्ञान गुरुङलगायत स्वयंसेवकहरुले पनि महत्वपूर्ण भूमिका निभाए । कार्यक्रममा नेपाली सञ्चारमाध्यमबाहेक अन्तर्राष्ट्रिय मिडियाका संवाददाता एवं प्रतिनिधि सहभागी भएका थिए ।
कार्यक्रम सञ्चालन सुष्मा गुरुङ, गोमा राना र रोहित गुरुङले गरेका थिए । सयपत्रीका डाइरेक्टर कविता घर्ती मगर गुरुङको निर्देशन एवं संयोजनमा नृत्य भएको थियो । मगर संघले कौरा नृत्य गरेको थियो । डा. विशाल गुरुङ, दुत पुन, मिलन तमु, मिना गुरुङ मिलन रोका वसन्त श्रेष्ठ सम्मानित भएका थिए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष लिला सेलिङ मावोले कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरिन्।




