अल्डरसट । पाचोक समाजको यूकेको अध्यक्षमा हर्कमान गुरुङ चयन भएका छन् । शनिबार अल्डरसटमा सम्पन्न तेस्रो वार्षिक साधारणसभाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्ष/कोअर्डिनेटरमा सिंग गोले, सचिवमा प्रवीण घले, कोषाध्यक्षमा हिरा गुरुङ, आमा समूह अध्यक्षमा कुमाया घले, व्यवस्थापनमा दिलप्रसाद गुरुङ, सहकोअर्डिनेटर हेम तामाङ चयन भएका छन् ।

यसैगरी, सल्लाहकारहरूमा लेखबहादुर घले, संस्थापक अध्यक्ष लालबहादुर घले र गंगाबहादुर तामाङ रहेका छन् । नयाँ कार्य समितिलाई खादाले सम्मान गर्दै बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
त्यसअघि हर्कमान गुरुङले सञ्चालन गरेको कार्यक्रममा सिंग गोलेले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए । ज्येष्ठ नागरिक आइतसिंह घले र लाल घलेले दिप प्रज्जलन गरेर कार्यक्रम औपचारिक रूपमा सुरुवात गरेका थिए ।
सो अवसरमा आइतसिंह घलेलाई ज्येष्ठ नागरिक सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष लाल घलेले संस्थाको बारेमा केही कुरा राखेका थिए । गोर्खाको पहिलो चेल्सी पेन्सिनरमा चयन भएका हर्कमान गुरुङलाई फेटा लगाएर सम्मान गरिएको थियो ।

नवनिर्वाचित अध्यक्षले संस्थाको भावी योजनाको बारेमा जानकारी गराएका थिए । लोकगायिका मिरा थापा मगरको प्रस्तुतिमा सबैजना झुमेका थिए । एकआपसमा रमाइलो गरेका थिए ।
अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।