फार्नबोरो । बेलायतको ह्याम्पसायरस्थित फार्नबोरोमा रहेको रियलस्टेट कम्पनी SAJA Estate Agents ले स्थानीय समुदायलाई सर्वसुलभ र भरपर्दो प्रोपर्टी सेवा प्रदान गरिरहेको छ ।
सन् २०२१ अक्टोबरमा स्थापना भएको यो कम्पनीले घर खरिदबिक्री, भाडामा लागाउने (लेटिङ) तथा मोर्गेज सेवामार्फत ग्राहको मन जित्न सफल भएको हो ।
कम्पनीका मेनेजिङ डाइरेक्टर जित मेन्याङवोका अनुसार SAJA Estate Agents केवल लेटिङ एजेन्ट मात्र नभई सम्पूर्ण प्रोपर्टी व्यवस्थापन समाधान दिने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । ‘घरधनीलाई पूर्ण शान्ति मिलोस् भन्ने हाम्रो लक्ष्य हो—उनीहरूको सम्पत्ति सही तरिकाले बजारमा प्रस्तुत होस्, उपयुक्त भाडावाल चयन होस् र सम्पत्ति राम्रोसँग व्यवस्थापन होस्,’ उनले भने ।
उनका अनुसार कम्पनीले प्रभावकारी मार्केटिङ, गुणस्तरीय टेनान्ट स्क्रिनिङ, सक्रिय व्यवस्थापन तथा कुनै पनि लुकेका शुल्क बिना सेवा प्रदान गर्दै आएको छ। ‘हामीले एजेन्टहरूसँग काम गर्दा हुने झन्झट हटाउने सोचले व्यवसाय सुरु गरेका हौँ र फरक तरिकाले सेवा दिँदै आएका छौँ,’ उनले थपे ।
-1775831586.jpg)
मेन्याङवोले यसअघि म्यानचेस्टर क्षेत्रमा प्रोपर्टी लगानी तथा व्यवस्थापनमा अनुभव हासिल गरेका थिए । उनी प्रोपर्टी इन्भेस्टरको रूपमा थिए । ‘धेरै पोर्टफोलियो भएपछि यो व्यवसाय सुरु गरेको हुँ,’ उनले भने ।
हाल कम्पनीले फार्नबोरो, अल्डरसट, बेजिङस्टोक, रेडिङ, क्याम्बर्ली, फ्रिम्ली, ब्ल्याकवाटर, फर्नहम र स्यान्डहर्स्टलगायत क्षेत्रमा सेवा दिइरहेको छ । फार्नबोरोस्थित आफ्नै कार्यालयबाट सञ्चालन हुँदै आएको SAJA Estate Agents ले घर किन्ने, बेच्ने र भाडामा दिने सेवासँगै नयाँ ग्राहकलाई सहज रूपमा घर उपलब्ध गराउने काम गरिरहेको छ ।
विशेषगरी नेपालबाट भर्खरै बेलायत पुगेकाहरूका लागि आफ्नै भाषामा परामर्श तथा सेवा उपलब्ध गराउँदै आएको कम्पनीले समुदायमैत्री सेवा विस्तारलाई प्राथमिकता दिएको मेन्याङवो बताउँछन् । यो उनको एकल व्यवसाय भए पनि Everest Property Service, MW UK, Saja Property Investment Limited मा पनि लगानी गरेका छन् । उक्त कम्पनीहरूमा उनका हङकङका साझेदारहरू रहेका छन् ।
‘हामी दीर्घकालीन सम्बन्धमा विश्वास गर्छौं र प्रत्येक ग्राहकको आवश्यकता अनुसार उपयुक्त प्रोपर्टी मिलाउन पहल गर्छौं,’ उनले भने, ‘साझा मार्फत सर्वसुलभ र छिटोछरितो सेवा दिने हाम्रो प्रतिबद्धता हो ।’