लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले केमन आइल्यान्डमा घुम्ती शिविर सञ्चालन गरी राहदानी तथा अन्य कन्सुलर सेवा प्रदान गर्ने भएको छ ।
शिविर १४ अप्रिल २०२६ मा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म जर्ज टाउनस्थित Elmslie Memorial Church मा सञ्चालन हुने दूतावासले जनाएको छ ।
दूतावासले ३० अप्रिल २०२७ भित्र राहदानीको म्याद सकिन लागेका नेपाली नागरिकलाई शिविरमा उपस्थित भई नवीकरण गर्न आग्रह गरेको छ । साथै, राहदानी बाहेक अन्य आवश्यक कन्सुलर सेवासमेत उपलब्ध गराइने जानकारी दिइएको छ ।
राहदानी नवीकरणका लागि अनलाइन फाराम भरी आवश्यक कागजातसहित इमेलमार्फत पठाउनुपर्नेछ । शिविरमा सक्कल राहदानी, नागरिकता र अन्य सम्बन्धित कागजात अनिवार्य रूपमा ल्याउनुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
राहदानी नवीकरणका लागि ११० पाउन्ड, हराएको राहदानीका लागि २२० पाउन्ड र १० वर्ष मुनिका नाबालकका लागि ५५ पाउन्ड शुल्क लाग्नेछ ।
राहदानी तयार भएपछि आवेदकलाई इमेलमार्फत जानकारी गराइने र आवश्यक परे कुरियर सेवा मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साथै, थप जानकारी आवश्यक भए दूतावासको वेबसाइट तथा इमेलमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।
शिविरले केमन आइल्यान्डमा रहेका नेपालीलाई सहज रूपमा सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास दूतावासले लिएको छ ।