फार्नबोरो । युवा व्यवसायी सरमान गुरुङ, राजेन्द्र गुरुङ र आलोक लिम्बूले नयाँ पसल City’s Bazaar सञ्चालनमा ल्याएका छन् ।
फार्नबरोस्थित GU14 7TN मा सञ्चालनमा आएको City’s Bazaar ४ अप्रिलमा भव्य समारोहबीच औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित स्थानीय, आफन्तजन र शुभेच्छुकहरूले नयाँ स्थानमा व्यवसाय सुरु गरेकोमा तीनै जनालाई फूलको गुच्छासहित सफलताको शुभकामना दिएका थिए ।
यसअघि सिटी स्टोरका रूपमा फार्नबरोकै हाउली डाँडामा सञ्चालन भइरहेको व्यापारलाई विस्तार गर्दै यो दोस्रो शाखा खोलिएको हो । पसलमा एसियन, इङ्ग्लिस, मलेसियन, चाइनिज, सिंगापुरे र फिलिपिनो परिकार उपलब्ध छन् ।

साथै, लुंगी, स्वेटरजस्ता कपडादेखि चामल, ताजा तरकारी, प्रेसर कुकर, भाँडाकुँडासहित दैनिक उपभोग्य सामग्री पनि एकै स्थानबाट खरिद गर्न सकिने जनाइएको छ । उक्त बजारमा नेपाली बजारमा पाइने चाउचाउ, मम भाँडादेखि नेपालको खानेकुराहरु पनि उपलब्ध छन् ।
उद्घाटनको अवसरमा ग्राहकहरूलाई १० प्रतिशत छुट प्रदान गरिएको छ । त्यस्तै, आगामी जुलाईसम्म ब्रिटिस आर्मी तथा एनएचएसका कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएमा १० प्रतिशत विशेष छुटको अफर पनि रहेको छ ।
अन्त्यमा सञ्चालनले सबै पाहुनालाई धन्यवाद दिएका थिए ।