बेलायत । अल्डर्शटस्थित ओ जोन (O Zone) रेस्टुरेन्टमा आइतबार, २९ मार्च २०२६ का दिन फ्रिम्ली पार्क हस्पिटल नेपाली सोसाइटीको वार्षिक साधारण सभा तथा अधिवेशन भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रमले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनको औपचारिक प्रक्रिया सुरु गर्दै पाँचौँ कार्यसमितिकी अध्यक्ष टक माया गुरुङले वर्तमान कार्यसमिति विधिवत रूपमा विघटन भएको घोषणा गर्नुभएको थियो। नयाँ कार्यसमिति चयनको प्रक्रियालाई व्यवस्थित बनाउन पूर्व अध्यक्ष छवि माया पुनको अध्यक्षतामा एक निर्वाचन आयोग गठन गरिएको थियो, जसमा सल्लाहकारद्वय टंक शेरचन र झुमा पौडेल सदस्यका रूपमा रहनुभएको थियो।
निर्वाचन आयोगको प्रत्यक्ष समन्वय र सहजीकरणमा सम्पन्न निर्वाचन प्रक्रियाबाट संस्थाको छैटौँ नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवनिर्वाचित कार्यसमितिको नेतृत्व अध्यक्ष टंक मार्टिन गुरुङले सम्हाल्नुहुने भएको छ। कार्यसमितिको उपाध्यक्षमा पार्वती सुनुवार, सचिवमा सचिन बज्राचार्य, कोषाध्यक्षमा भाइमति गुरुङ, सह-सचिवमा दिल राई र सह-कोषाध्यक्षमा विबा गुरुङ निर्वाचित हुनुभएको छ।
संस्थाको विभिन्न विभागहरूलाई गतिशील बनाउन खाद्यान्न संयोजकमा मधु गुरुङ, सांस्कृतिक संयोजकमा बिना गुरुङ, सह-सांस्कृतिक संयोजकमा ईश्वर थापा र प्रचारप्रसार तथा टिकट विभागको जिम्मेवारी गजेन्द्र गुरुङलाई प्रदान गरिएको छ। यसैगरी, विभिन्न कार्यक्षेत्रहरूको प्रतिनिधित्वका लागि हाउसकिपिङ एरिया प्रतिनिधिमा हिरा पुन र पुष्पा लिम्बु, पोर्टर एरिया प्रतिनिधिमा गोपाल गुरुङ र डिल्ली राई, वार्ड होस्ट एरिया प्रतिनिधिमा टिकामान गुरुङ तथा किचन एरिया प्रतिनिधिमा दिल गुरुङ चयन हुनुभएको छ।
संस्थालाई मार्गनिर्देशन गर्नका लागि एक सल्लाहकार समितिको पनि चयन गरिएको छ, जसमा छवि माया पुन, बबिता गुरुङ, टक माया गुरुङ, झुमा पौडेल, चन्द्र सिंह गुरुङ, रत्न शाही, भुवन थापा, दिल गुरुङ, यांजिन लामा, बाल कुमार गुरुङ र टंक शेरचन रहनुभएको छ। अधिवेशनको अन्त्यमा नवनिर्वाचित अध्यक्ष टंक मार्टिन गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।