लन्डन । चार भन्ज्याङ तमु समाज यूकेको च्यारिटी डिनर नाइट अल्ड्रउड स्कुल अल्डरसटमा भव्य रूपमा सम्पन्न भएको छ । समाजका अध्यक्ष दुर्गा गुरुङको अध्यक्षता तथा नेपालका कार्यवाहक राजदूत विपिन डुवाडीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा प्रमुख कमला गुरुङ, पूर्व अध्यक्षहरू कमल गुरुङ, रामचन्द्र गुरुङ, ग्याम गुरुङ र हरी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, तमु धीं आमा महासचिव शान्ता गुरुङ, बुद्धिस्ट गुम्बा आमा अध्यक्ष शारदा गुरुङ, तमु धीं लन्डन अध्यक्ष भरत गुरुङको उपस्थिति रहेको थियो ।

यसैगरी, सहारा यूकेका अध्यक्ष शारदा गुरुङ, पूर्वअध्यक्ष कुमार गुरुङ र ले कुसाङ गुरुङ, महासचिव प्रकाश गुरुङसहित स्विन्फेन च्यारिटी ट्रस्टका सदस्य, टेलिमेडिसिनका सहयोग दातासमेत उपस्थित थिए ।
बेलायतमा प्रभुत्व सामाजिक संस्थाका अभियन्ता, समाजसेवी, भूपू गोर्खा अभियन्ता मेजर उदयबहादुर गुरुङ एमबीई, उपमेयर लक्षबहादुर गुरुङ, एनआरएनएका पूर्वअध्यक्ष पुनम गुरुङ, तमु समाज यूकेका अध्यक्ष बिन्दु गुरुङ, गल्याम समाजका अध्यक्ष श्री गुरुङ, बुद्धिजीवी तमु धीं यूकेका ट्रस्टी एकेन्द्र गुरुङ, सहारा यूके र तमु धीं यूकेका सल्लाहकार, शुभेच्छुक, चार भन्ज्याङ तमु समाज यूकेका संस्थापक अध्यक्ष ले नारायण प्रसाद गुरुङ बीईएम, पूर्वअध्यक्ष हरू ले चन्द्रबहादुर गुरुङ, मेजर कृष्ण बहादुर गुरुङ, बेन कुमार गुरुङ, आमा अध्यक्ष अमाला गुरुङ, उपाध्यक्ष अमर गुरुङ, प्रमुख सल्लाहकार क्या. कृष्ण गुरुङ, संस्थापक आमा अध्यक्ष शान्ति गुरुङ, विमला गुरुङ सल्लाहकारहरू, ज्वाइँ चेलीबेटीहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा समाजका आमा समूह र बाल कलाकारको सांगितीक प्रस्तुतिले थप रौनक भरेको थियो । समाजका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । नेपालबाट आएकी कलाकार सोनी कुँवरले भरपुर मनोरञ्जन दिएकी थिइन् ।
अन्त्यमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सबैलाई अध्यक्ष दुर्गा गुरुङले आभारसहित धन्यवाद दिए । नेपालस्थित चार भन्ज्याङ गाउँमा अवस्थित टेलिमेडिसिनको सहयोगार्थ आयोजित कार्यक्रम महासचिव अनिल गुरुङ र उपाध्यक्ष अमर गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रमको व्यवस्थापन संयोजक समाजका युवा सदस्य हितमान घलेले गरेका थिए ।

