बेलायत । ५ मार्च २०२६ Folkestone Nepalese Community ले Folkestone and Hythe District Council को सहकार्यमा आफ्नो community भवनमा Armed Forces Covenant को वार्षिक बैठक आयोजना गरेको छ ।
कार्यक्रममा बेलायतका विभिन्न स्थानका संस्थाहरूबाट ४० जनाभन्दा बढी प्रतिनिधिहरू, स्थानीय काउन्सिलरहरू तथा Armed Forces Covenant Community को हितमा कार्यरत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । बैठकका क्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
फोक्स्टोन नेपाली समुदायका अध्यक्ष क्याप्टेन रामबहादुर पुनले Community को महत्व, यसको स्थापना र इतिहासका बारेमा प्रकाश पारेका थिए । उनले नेपाली संस्कृतिको प्रवद्र्धनमा भइरहेका कार्यहरु, भूतपूर्व गोर्खाहरु र तिनीहरुका परिवारलाई समुदायले पु¥याउँदै आएको सहयोगका साथै गोर्खाहरूले बेलायतका लागि दिएको अतुलनीय र गौरवशाली योगदानका बारेमा चर्चा गरेका थिए । नेपाली समाजले विभिन्न क्षेत्रमा पु¥याउन सफल भएको योगदानका बारेमा उनले प्रस्तुत गरेको संक्षिप्त जानकारीलाई उपस्थित प्रतिनिधिहरूले उच्च प्रशंसा गरेका थिए ।
बैठकले Armed Forces Community को महत्व र प्रगतिका निम्ति विभिन्न विषयहरूमा छलफल गर्नुका साथै असल अभ्यासहरू आदान–प्रदान गर्न र आपसी सहकार्यलाई अझ सुदृढ तुल्याउन महत्वपूर्ण अवसर प्रदान गरेको थियो । यस्तो उच्चस्तरीय बैठक आयोजना गर्नु फोक्स्टोन नेपाली समुदायका लागि ठूलो उपलब्धि र गर्वको विषय बनेको छ । यस सफल आयोजनाले समुदायको बढ्दो पहिचानका साथै सेवा, सहकार्य र समावेशिताप्रतिको निरन्तर प्रतिबद्धतालाई स्पष्ट रूपमा झल्काएको छ ।
बैठकमा Folkestone and Hythe District का Leader को समापन मन्तव्य र प्रश्नोत्तर कार्यक्रमपछि लेमन लिफ भोजनालयद्वारा प्रबन्ध गरिएको स्वादिष्ट भोजनसँगै कार्यक्रम सौहार्दपूर्ण वातावरणमा समापन भयो । जसले नेपाली आतिथ्यताको न्यानोपनलाई प्रस्तुत गरेको थियो ।
यस कार्यक्रमलाई सफल बनाउन निरन्तर सहयोग र मेहनत गर्नुहुने फोक्स्टोन नेपाली समुदायका महासचिव, कार्यसमिति सदस्यहरु, संरक्षकहरु, सल्लाहकारहरु, सदस्यहरु, स्वयंसेवकहरू तथा लेमन लिफ भोजनालयप्रति समुदायले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।


