बेलायत । १३ मार्च, २०२६ मा अल्डरसटस्थित सुसीमोटोमा तमु धीं यूके प्रतिनिधिसहित अल्डरसटका व्यापारीहरुले फारहम एन्ड बोर्डनबाट प्रतिनिधित्व गर्ने सांसद जर्ज स्टाफोर्डसँग भेटघाट गरेका छन् ।
भेटघाट कार्यक्रममा बेलायतमा बसोबास गर्ने नेपाली समुदायसँग सम्बन्धित विभिन्न विषयहरूमा महत्वपूर्ण छलफल भएको थियो । बेलायतमा बसोबास गर्ने नेपाली समुदायसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल गरिएको भेटघाट कार्यक्रममा संयोजक तथा तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले जानकारी दिए ।
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले भेटघाट कार्यक्रमका बारेमा जानकारी गराएका थिए । सोही अवसरमा तमु धीं यूकेले सञ्चालन गर्दै आएको विभिन्न कामहरूबारे पनि जानकारी गराइएको थियो ।
सांसद जर्ज स्टाफोर्डसले आफ्ना पार्टीले गरेका कामका बारेमा जानकारी दिदैं गोर्खा सैनिकहरूको गौरवपूर्ण इतिहास स्मरण गरेका थिए । भेटघाटमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ, पूर्व काउन्सिलर प्रवेश केसी, पेपर वर्क सोलुसनका डाइरेक्टर श्याम श्रेष्ठ, किंग्स गेटका प्रजेश श्रेष्ठ, एनआरएनएका पूर्वप्रमुख संरक्षक शेरबहादुर सुनार, मेजर जिएल डेभिस, गणेश गुरुङ, व्यवसायी सुमन राईलगायतको उपस्थिति थियो ।
कार्यक्रमपछि तमु धीं यूकेले आफ्नो फेसबुक पेज मार्फत फारहम एन्ड बोर्डनबाट प्रतिनिधित्व गर्ने सांसद जर्ज स्टाफोडलाई धन्यवाद् दिएको छ । तमु धीं यूकेको फेसबुकमा लेखिएको छ, ‘हाम्रो समुदायको आवाज सुन्न र खुला संवादका लागि समय निकाल्नु भएकोमा उहाँप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस्ता संवादहरूले नेपाली समुदाय र ब्रिटिश साझेदारहरूबीच अझ मजबुत सहकार्य र समझदारी निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।’






