लन्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूके महिला विभागले ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बृहत् स्वास्थ्य सचेतना तथा परीक्षण कार्यक्रम आयोजना गरेको छ ।
अल्डरसटस्थित एम्पायरमा ८ मार्चका दिन अध्यक्ष राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूके महिला विभागले कार्यक्रम आयोजना गरेको हो ।
विभागका संयोजक बिनु लामिछानेले संयोजन गरेको कार्यक्रम एनआरएनए यूके उपाध्यक्ष डा. रक्षा थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न पेसाका नेपाली महिला तथा समुदायका सदस्यले विचार आदानप्रदान गरेका थिए ।
प्रमुख अतिथि एवं बेलायतका लागि नेपाली कार्यवाहक राजदूतकी धर्मपत्नी माया भुसालले दिवसको शुभकामना सन्देश व्यक्त गरेकी थिइन् । नेपाली समुदायका महिला तथा सर्वसाधारणलाई लक्षित गर्दै स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना तथा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।
उपस्थित सबैको स्वास्थ्य परीक्षण Nepalese Doctors’ Association UK र Nepalese Nursing Association UK का स्वास्थ्यकर्मीहरूले गरेका थिए । NDA UK की अध्यक्ष डा. आरती थापा, डा. आयस्ता सुब्बा, राजेन्द्र थापा तथा अप्सरा चित्रा सञ्जेलले सहभागीहरूलाई CPR अर्थात् आकस्मिक अवस्थामा गरिने प्राथमिक उपचारसम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा इंग्ल्यान्ड राज्य परिषद् अध्यक्ष राम माया विष्टले स्वागत मन्तव्यले राखेकी थिइन् । एनआरएनए यूके उपाध्यक्ष डा. रक्षा थापाले शुभकामना दिँदै महिला सशक्तीकरणका विषयमा मन्तव्य राखेकी थिइन् ।
डा. रचयिता लामिछानेले दन्त स्वास्थ्य सचेतना तथा परीक्षणबारे बोलेकी थिइन् । कार्यक्रममा विभिन्न संघसंस्था तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रमले नेपाली समुदायको स्वास्थ्यप्रति जागरूकता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको संयोजक लामिछानेले बताइन । उनले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गरिन् ।
गायिका शर्मिला बर्देवाको सांगीतिक प्रस्तुतिमा उपस्थित दर्शकले भरपुर मनोरञ्जन लिएका थिए । Everest law solicitors,Mortgage matters,Sansaya academy Demand heating and plumbing ,Bizz education, Hi tech, Health and wellness coach poonam joshi लगायतले कार्यक्रममा सहयोग गरेका थिए ।