कास्की । बेलायतमा सक्रिय तमु धीं, पोखरेली मञ्च, तमु समाज यूकेसहित ७ संस्थाबाट सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि १२ लाख ५३ हजार सहयोग उपलब्ध गराएको छ ।
फागुन २ (शनिबार १४ फेब्रुअरी २०२६) मा पोखरामा आयोजित २० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि तमु धीं यूकेबाट ४ लाख १५ हजार रुपैयाँ, पोखरेली मञ्च यूके ४ लाख ५ हजार रुपैयाँ, रामबजार सोसाइटी यूके १ लाख ३३ हजार रुपैयाँ, सहारा यूके १ लाख रुपैयाँ, क्वोंने (घोताने/घोण्डै) तमु (गुरुङ) समाज यूके १ लाख रुपैयाँ, तमु समाज यूके ५० हजार र बगर भाइ खलक यूकेले ५० हजार रुपैयाँ सयोग गरेका हुन् ।
सहयोग रकम तमु धीं यूकेका तर्फबाट उपाध्यक्ष कमल गुरुङ, महासचिव डा.विशाल गुरुङ, पोखरेल मञ्ज यूकेका अध्यक्ष गंगाबहादुर गुरुङ, रामबजार सोसाइटी यूकेका संस्थापक अध्यक्ष राम गुरुङ र महेश गुरुङ,क्वोंने (घोताने/घोण्डै) तमु (गुरुङ) समाज यूकेका अध्यक्ष कुमार र चेलीबेटी प्रमुख लीना गुरुङ, सहारा यूके अध्यक्ष शारदा गुरुङ र निवर्तमान अध्यक्ष कृष्ण गुरुङ, पूर्वअध्यक्षहरु कुमार गुरुङ,लेरि कुसाङ गुरुङ, मिनबहादुर गुरुङ, बगरभाइ खलक यूकेका अध्यक्ष कमल गुरुङ, चन्द्रमान गुरुङलगायतले दिएका थिए । सहयोग रकमको चेक आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चको नाममा दिइएको हो ।
कार्यक्रम पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा भएको हो । म्याराथन शनिबार सम्पन्न भएको छ ।





