लन्डन । नेप्लिज ब्रिटिस गोरखा एसोसिएसन (एनबीजीए) इलिङ, लन्डनको पहिलो भेटघाट तथा दिवाभोज कार्यक्रम सम्पन्न भएको छ । एभरेस्ट स्पाइस लाउन्ज, फेल्थाममा २४ जनवरी २०२६ मा कार्यक्रम भएको हो ।
संस्थाको पहिलो भेटघाट भएकाले कार्यक्रम रोचक बनेको थियो । कार्यक्रम सञ्चालन संस्थाका महासचिव रन मगरले गरेका थिए । अध्यक्ष देव आङबुहाङ लिम्बुले संस्थाको उद्देश्यबारे बारेमा प्रकाश पारे ।
उनले नवनिर्वाचित सहकोषाध्यक्ष महेन्द्र गुरुङ र इभेन्ट संयोजक अन्जु श्रेष्ठ, भेला सफल गराउन सहयोग गर्ने समितिका सदस्य, रेस्टुरेन्टका मीन खनाल, गणेश भण्डारीलगायत सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमको शुभारम्भ परिचयमार्फत भएको थियो । कोषाध्यक्ष अमर राई र नवनिर्वाचित कोषाध्यक्ष महेन्द्र गुरुङले कार्यक्रमको लेखा पक्षको जिम्मेवारी लिएका थिए । उपाध्यक्ष तुल पुनले पनि संस्थाको विषयमा जानकारी गराउँदै उपस्थितलाई स्वागतसहित धन्यवाद ज्ञापन गरे ।
संस्थाका सल्लाहकार कर्ण दर्लामी,पब्लिक रिलेसनका धन घले, समिति सदस्य रुद्र श्रेष्ठ, समिति सदस्य/सर्भेयर अशोक ढकाल, आर्किटेक्ट रचना श्रेष्ठ, काठमाडौँ कर्नरका सुनिल थापाले पनि शुभकामना दिएका थिए ।

संरक्षक महन्त श्रेष्ठले संस्था स्थापना भएको र संस्थाको पहिलो भेटघाटको कार्यक्रम गर्न सफल भएकोमा आभार व्यक्त गरेका थिए । उनले यूकेमा इलिङवरोवासी नेपालीले सुरुवातदेखि नै महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
मनोरञ्जनतर्फ भने मेमिसा घले र नेपालबाट युके भ्रमणमा आएका कलाकार डीआर सुजनले कर्णप्रिय लोकगीत गाएर सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए ।

