लन्डन । मेडस्टोन गोर्खा नेप्लिज कम्युनिटीमा नयाँ नेतृत्व चयन भएको छ ।
आफ्नै समाज घरमा शनिबार २४ जनवरी २०२६ मा सम्पन्न अधिवेशनबाट मेरि एकबहादुर गुरुङको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मतबाट चयन भएको हो ।
अध्यक्षमा मेरि एकबहादुर गुरुङ, उपाध्यक्ष डिल्लीकेशर राई, प्रथम उपाध्यक्ष सविता लिम्बु (महिला अध्यक्ष), द्वितीय उपाध्यक्ष तिलक थापा (भेट्रान अध्यक्ष), सचिव मिलन राई चयन भएका प्रमुख निर्वाचन अयुक्त मेरि धनबहादुर चनले जानकारी दिए । उनका अनुसार सहसचिव रिक्त राखिएको छ ।
यस्तै कोषाध्यक्ष विष्णु गुरुङ छन् भने सहकोषाध्यक्ष पद रिक्त छ ।
मनोरञ्जन अमर गुरुङ, सहमनोरञ्जन इन्दु गुरुङ, खेलकुद सचिव लोक लिम्बु, सहायक खेलकुद सचिव डा. तुला मेघी लामा गुरुङ, मिडिया/पब्लिक रिलेसन दीपा कठायत क्षत्री, सहायक मिडिया, प्रोपर्टी म्यानेजर पद रिक्त राखिएको छ भने समाजघर म्यानेजरमा चन्द्र गुर्गम बुढा मगर चयन भएका छन् ।
युवा प्रतिनिधिमा अनुज थापा चयन भएको निर्वाचन मण्डलले जानकारी दियो । पाँच सदस्यीय निर्वाचन मण्डलमा सुनिल (डिल्लीचन्द्र) मेघी लामा गुरुङ, ध्रुवा गौतम, शोभा रुपछा र विनोद बुढाथोकी मगर थिए । रिक्त पदहरुमा पछि पदपूर्ति गर्ने जनाइएको छ ।
सबै नवनियुक्त कार्यसमितिलाई समाजका ज्येष्ठ नागरिकद्वय वरिष्ठ समाजसेवी गणेशबहादुर गुरुङ (सल्लाहकार तथा मेडस्टोन गोर्खा भेटेरनका संस्थापक अध्यक्ष) र ल्याप्टेन दमबहादुर गुरुङ (सल्लाहकार तथा पूर्वअध्यक्ष)ले खादाद्वारा सम्मान गरेका थिए ।
