लन्डन । नेपालको गोरखा जिल्ला धार्चे गाउँपालिकाकी उपाध्यक्ष, लोक तथा दोहोरी गायिका सुनिला गुरुङलाई स्वागत सम्मान गरेको छ ।
यही आइतबार १८ जनवरी २०२६ मा तमु धीं यूकेले मिचेटस्थित आफ्नै भवनमा एक कार्यक्रमबीच उपाध्यक्ष तथा गायिका सुनिलालाई स्वागत, सम्मानका गरेको हो । उपाध्यक्ष सुनिलालाई तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, वर्तमान महासचिव डा विशाल गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, आजीवन सदस्य भीम गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले खादा, पछ्यौरा र मायाको चिनोसहित सम्मान गरिन् ।
तमु धीं भवन प्रवेश गर्नुअघि अध्यक्ष जुमकाजी गुरुङ लगायतले सुनिलालाई भवनबारे जानकारी दिएका थिए । कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै अध्यक्ष जुमकाजी गुरुङले सांगीतिक भ्रमणमा आएकी सुनिला गुरुङलाई तमु धीं यूकेको आफ्नै भवनमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
धार्चेकी उपाध्यक्ष तथा गायिका सुनिला गुरुङले विदेश जस्तो ठाउँमा आफ्नो संस्कार, संस्कृति जोगाउँदै बेलायतमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको तमु धीं यूके र त्यसको नेतृत्व गरिरहेका जुमकाजी गुरुङबाट सम्मान थाप्न पाउँदा आफूलाई धेरै खुसी लागेको बताइन् । उनले भावी नयाँ पुस्तालाई समुदायको संस्कार, संस्कृति र भाषालगायत हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।
महासचिव डा विशाल गुरुङले सुनिलाकोबारे संक्षिप्त चर्चा गरेका थिए । सम्मान कार्यक्रमपछि तमु धीं यूकेका ट्रस्टी सूर्य गुरुङ सञ्चालक रहेको गोर्खा प्यालेसमा लन्च ग्रहण गरेर सबैजना बिदा भएका थिए ।




