लन्डन । नेपाली एकता समाज (पानस) बेलायतको अध्यक्षमा सोनाम शेर्पा चयन भएका छन् ।
अल्डरसटस्थित एम्पायर हलमा आइतबार सम्पन्न संगठनको पहिलो अधिवेशनले शेर्पाको नेतृत्वमा नयाँ पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षहरुमा कुमार गुरुङ, विष्णु गुरुङ र कृष्णप्रसाद खतिवडा एवं महिला उपाध्यक्षमा शर्मिली लामा, महासचिवमा रमेश शाही ठकुरी, सचिवमा रोमियन लिम्बु लिङ्देन, सहसचिवद्वयमा राकेश शाह र अमन गुप्ता, कोषाध्यक्षमा गौरव काङ्दवा, सहकोषाध्यक्षमा प्रकाश थापा चयन भए ।
प्रवक्ताको जिम्मेवारी भुपाल कार्कीले पाएका छन् ।
केन्द्रीय सदस्यहरूमा महेन्द्रप्रसाद लिङ्देन, सुरेन्द्र बम, रत्न शाही (गोपाल), विश्व गुरुङ, भुपसिंह शाही, मोहन राई, सोनाम क्षेत्री, सागरिका मल्ल र राम प्रवेश यादव छन् ।
अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचन समिति गठन गरिएको थियो जसमा संयोजक एस.के. श्रेष्ठ र डा. डेभिड थापा तथा सदस्यहरूमा क्याप्टेन वालकृष्ण गुरुङ, देवेन्द्र कुँवर र गणेश गुरुङ थिए ।
नयाँ कार्यसमितिले आगामी दिनमा प्रवासमा रहेका नेपालीहरूको हकहित र राष्ट्रियताको सवालमा अझ सशक्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।