लन्डन । तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङ एनआरएनए यूके सल्लाहकारमा र निवर्तमान अध्यक्ष कोअप सदस्यमा मनोनीत भएका छन् ।
एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सोमबार स्कटल्यान्डमा बसेको पूर्ण बैठकले जुमकाजी सल्लाहकार, हरि कोअप सदस्यसहित विभिन्न पदमा मनोनीत लगायत निर्णय गरेको हो ।
यस्तै तमु धीं यूकेका ट्रस्टी एकेन्द्र गुरुङ, सल्लाहकार ले.रि. कुसाङ गुरुङ र साउथ इष्ट रिजनल तमु धीं लन्डनका पूर्वअध्यक्ष ह्यारी गुरुङ पनि सल्लाहकारमा नियुक्त भएका छन् ।
एनआरएनए यूकेको संरक्षकमा चिरञ्जीवी ढकाल नियुक्त भएका छन् भने अन्य सल्लाहकारहरुमा इन्जिनियर तुल्सी फुयाल,मिन गुरुङ, माधवलाल श्रेष्ठ, लक्ष्मी केसी, रोमनाथ पाण्डे, दिनेश घिमिरे, सुशीला राई, रामचन्द्र पोखरेल, विनोद पुरी, राजु आचार्य, रामप्रसाद न्यौपाने, डा.मुकुन्द बास्तोला र मेजर इन्द्रप्रसाद राई, डा. प्रमोद कोई राई, रामप्रसाद बगाले, मोती खरेल, विष्णु बलाल मगर, सुरेश गौतम, श्रीमती प्रकृति थापा प्याकुरेल, डा. केशव भट्टराई, मनिष खत्री, शशी कार्की, डा. बिना घिमिरे, शिव पराजुली, परशुराम पाण्डे, यज्ञ क्षेत्री, गणेश गुरुङ छन् ।
कोअप सदस्यहरुमा गौतम राई, पद्म गोले र रिता कार्की गौतममा मनोनीत भएका एनआरएनए यूकेले जनाएको छ ।