अल्डरसट । यूकेमा फ्रिम्ली पार्क नेप्लिज सोसाइटीको वार्षिक भेटघाट तथा क्रिसमस पार्टी सम्पन्न भएको छ । अल्डरसटको दी लाउन्ज रेस्टुरेन्टमा २० डिसेम्बरका दिन धूमधामका साथ कार्यक्रम भएको थियो ।
सोसाइटीका अध्यक्ष टकमाया गुरुङको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष टंक मार्टिन गुरुङले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।
स्वास्थ्य र सुरक्षाबारे पनि उपाध्यक्षले नै जानकारी गराउँदै कार्यक्रमसमेत सञ्चालन गरेका थिए । कलाकारहरू बिना गुरुङ, बालकुमारी गुरुङ, जुना गुरुङ र कविता गुरुङको प्रस्तुतिले कार्यक्रममा रौनक थपेको थियो ।
उनीहरूलाई निवर्तमान अध्यक्ष वविता गुरुङले मायाको चिनोद्वारा सम्मान गरेकी थिइन् । रेस्टुरेन्टका प्रबन्धक निर्देशक तुलाराम गुरुङलाई अध्यक्षले सम्मान गरेकी थिइन् ।
पार्टीका लागि राफल ड्र प्याक गर्न विशेष सहयोग गर्ने कोषाध्यक्ष भाईमति गुरुङ, विबा गुरुङ, मधु गुरुङ, सचिन बज्राचार्य तथा खानामा विशेष सहयोग गर्ने हिरा पुन, पुष्पा लिम्बू र डीजे टंक शेरचनसहित सम्पूर्ण एरिया रेपहरूलाई अध्यक्षले धन्यवाद दिएकी थिइन् ।
साथै उनले उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै समापन गरेकी थिइन् ।