लन्डन । साउथ ईस्ट रिजनल तमु धीं लन्डनले गुरुङ समुदायको 'तमु ल्होछार' धुमधामका साथ मनाएको छ ।
बेलायतको प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा आइतबार २८ डिसेम्बर २०२५ मा विशेष कार्यक्रम आयोजना गरी ल्होछार मनाइएको हो । साउथ ईस्ट रिजनल तमु धीं लन्डनका अध्यक्ष शिवराम गुरुङ बीईएमको अध्यक्षता र तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको प्रमुख आतिथ्यतामा ल्होछार कार्यक्रम भएको हो ।
औपचारिक कार्यक्रम तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ,विशेष अतिथि रोयल बरो अफ ग्रीनवीचका काउन्सिलर एवं पूर्वमेयर जित रानाभाट, ज्येष्ठ नागरिक तथा साउथ ईस्ट रिजनल तमु धीं लन्डनको संस्थापक आमा प्रमुख मायारानी गुरुङ, अध्यक्ष शिवराम गुरुङ बीईएम, संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ, डायमण्ड बुद्धिस्ट सेन्टरका पूजा प्रमुख लोप्पेन रामप्रसाद गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
औपचारिक कार्यक्रम सञ्चालन सचिव कमल गुरुङले गरेका थिए भने हेल्थ एन्ड सेफ्टीबारे जानकारी पूर्वअध्यक्ष श्रीचन्द्र गुरुङले गराए । उपाध्यक्ष याम गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली, बेलायत र गुरुङको राष्ट्रिय गान बजाइएको थियो भने स्थानीय कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरे ।
सोही अवसरमा अवार्ड वितरण, सम्मान र बधाई कार्यक्रमसमेत भएको थियो । संस्थामा उत्कृष्ट योगदान पुर्याउने डम्बरकाजी गुरुङ र लक्ष्मी गुरुङलाई कम्युनिटी अवार्डबाट सम्मान गरिएको थियो ।
साउथ ईस्ट रिजनल तमु धीं लन्डनमा आबद्ध रहेर बेलायतका विभिन्न संस्थामा नेतृत्वदायी भूमिकामा पुगेका समाजसेवीहरुलाई पनि सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । जसमा पुम्दीभुम्दी समाज यूकेका अध्यक्ष योगेश गुरुङ, रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजीएनएस)का अध्यक्ष ह्यारी गुरुङ, तमु लम परिवार यूकेका अध्यक्ष रामचन्द्र गुरुङ र शिरुबारी नाँसा बेलायतका अध्यक्ष डेबिट गुरुङ (दिपक) संस्थाका तर्फबाट फेटा, खादासहित अध्यक्ष शिवराम गुरुङ बीईएमलगायतले सम्मान तथा बधाई दिएका थिए ।
यसैगरी संस्थाका सल्लाहकार एवं ल्होछार कल्चर ओआईसी सूर्य गुरुङलाई आदिवासी संगीत तथा चलचित्र अवार्डमा आदिवासी गीतकार विधामा अवार्ड जित्न सफल भएकोमा बधाई तथा सम्मान गरिएको थियो । उनले पुस १० गते काठमाडौँस्थित चलचित्र विकास बोर्डमा आयोजित अवार्ड समारोहमा अवार्ड जित्न सफल भएका थिए ।
ल्होछार कार्यक्रमका अवसरमा प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, पूर्वमेयर एवं काउन्सिलर रानाभाटले शुभकामना मन्तव्य राखेका थिए । संस्था स्थापनाको २००२ देखि हालसम्मको गतिविधि समेटिएको भिडियो देखाइएको थियो ।
औपचारिक कार्यक्रमको अन्त्यमा अध्यक्ष शिवराम गुरुङ बीईएमले अथिति र कार्यक्रम तयारीमा खटिएका संस्थाका सम्पूर्ण पदाधिकारीसहित सहभागीलाई धन्यवाद दिए । औपचारिक कार्यक्रम समापनपछि ल्होछार सांस्कृतिक कार्यक्रम भएको थियो । त्यस क्रममा नेपालबाट आएका कलाकारहरु सलोमी गुरुङ, केशबहादुर गुरुङ तथा स्थानीय कलाकारले बेजोड प्रस्तुति दिएका थिए । डिजेको भूमिका हेम बिष्टले निभाएका थिए ।
कलाकारहरूलाई प्रमाणपत्र दिइएको थियो भने साउथ ईस्ट रिजनल तधीं लन्डनकी उपाध्यक्ष नीना गुरूङले राफल ड्र सञ्चालन गरेकी थिइन् ।
तमु समाज युकेकी अध्यक्ष विन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ,पूर्वअध्यक्षहरु शिवकुमार गुरुङ, शिवचन्द्र गुरुङ, अर्जुनकुमार गुरुङ लगायतको उपस्थिति थियो ।


कार्यक्रममा तमु धीं यूकेका उपाध्यक्षहरु कमल गुरुङ, दिलमाया गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरु ज्ञाम गुरुङ, रामचन्द्र गुरुङ, उनीहरुका पत्नी, तमुधीं यूकेका ट्रस्टी एकेन्द्र गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङ, सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङ, उनकी पत्नी, संस्थापक अध्यक्ष विजय गुरुङ र उनकी पत्नी माया गुरुङ, निवर्तमान अध्यक्ष श्रीप्रसाद गुरुङ उनकी पत्नी तथा आमा समूहकी अध्यक्ष मनदेवी, तमु धीं लन्डन इकाइका अध्यक्ष भरत गुरुङ र उनकी पत्नी,जिगेसाका अध्यक्ष हरिकुमार मल्ल, तमु फोरम यूकेका निर्देशक क्या राजु गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, नेपाली समुदाय, पत्रकारलगायतको बाक्लो उपस्थिति थियो ।







